स्थापना दिवसकाे अवसरमा गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको ‘नीति संवाद’
पाेखरा | चैत २५, २०८२
पोखरा । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले संघीयता सबलीकरणमा प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको भूमिका विषयक नीति संवाद कार्यक्रम सम्पन्न गरेको छ ।
प्रतिष्ठानको सातौं स्थापना दिवसको अवसरमा पोखरामा प्यानल डिस्कसनमार्फत आयोजना गर्दै संघीयता सबलीकरणमा प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको भूमिकाको सन्दर्भमा संवाद कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गरे ।
सो अवसरमा बोल्दै मुख्यमन्त्री पाण्डेले प्रदेशको औचित्य पुष्टि हुने खालका काम गर्ने सबै प्रतिष्ठान तथा विभिन्न निकायहरु लाग्नुपर्ने धारणा राखे ।
उनले संघीयता कार्यान्वयमका लागि केन्द्रीकृत मानसिकतालाई परिवर्तन गर्न अपरिहार्य रहेको बताए ।
मुख्यमन्त्री पाण्डेले तीन वटा संरचनामध्ये सबैभन्दा कम खर्चिलो प्रदेश संरचना रहेको स्पष्ट पारे ।
उनले पेश गरेको महालेखा परिक्षणको तथ्याङ्क अनुसार संघीय सरकारको खर्च ५०.४७ प्रतिशत, स्थानीयको खर्च ४४.८४ प्रतिशत र प्रदेशको जम्मा ४.६९ प्रतिशत खर्च रहेको उल्लेख गरेका थिए ।
नी
ति संवाद कार्यक्रममा गण्डकी प्रदेशका प्रमुख सचिव डण्डुराज घिमिरे, जिपिटिए प्रशिक्षण परिषद्का सदस्य रमेश अधिकारी, जिपिटिएका पूर्व कार्यकारी निर्देशक रिसिराम पाण्डे र गण्डकी प्रदेश सभा सदस्य कल्पनादेवी तिवारी सहभागी भए । भने, पोखरा रिसर्च सेन्टरका कार्यकारी निर्देशक सुजन रेग्मीले सहजीकरण गरे ।
सो संवादमा संघीयताको मर्म अनुसार प्रदेश तहको औचित्य तथा संघीयता सबलीकरणमा प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको भूमिकाको विषयमा चर्चा गरिएको थियो ।
यसअघि कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव डा. सोमलाल सुवेदी र जिपिटिएका कार्यकारी निर्देशक सुरेन्द्रबाबु तिवारीले संघीयता सबलीकरणमा प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको भूमिकाको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...
बन्दीपुर । पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ । गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...
पोखरा — नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

