पोखरामा भतिजी करणी आरोपमा ठुलोबुवा प्रकाउ
पाेखरा | जेठ १०, २०८०
पोखरा: पोखरा महानगरपालिका ११ मा आफ्नै भतिजीलाई करणी गरेको आरोपमा ठुलोबुवा प्रकाउ परेका छन् ।
कास्की प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक श्रवण कुमार विकका अनुसार ४४ वर्षिय एक पुरुष पक्राउ परेका हुन् ।
पक्राउ परेका उनीविरुद्ध पीडित परिवारले किटानी जाहेरी दिएको थियो ।
सोही आधारमा कास्की प्रहरीले ति व्यक्तिलाई हिजो (मंगलबार) बेलुकी पक्राउ गरेको डिएसपी विकले बताए । ‘जाहेरीकै आधारमा पक्राउ गरेर करणी कसुरमा मुद्धा दर्ता भएको छ, सुनगाभा न्यूजसँग डिएसपी विकले भने,
‘अहिले म्याद थप गर्नका लागि अदालत लगिएको छ । त्यसपछि विस्तृत रुपमा थप अनुसन्धान हुन्छ ।’
उनका अनुसार पक्राउ परेका ति व्यक्तिले ४ वर्षीया नाबालिगलाई करणी गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको कास्की प्रहरीले जनाएको छ । (घटना पारिवारिक भएकाले पीडक र पीडितको नाम गोप्य राखिएको)
नेपाल फोटो पत्रकार संघ, कास्कीले मादी गाउँपालिका–३ याङ्जाकोटमा ‘मादी गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा फोटो पत्रकार भूमिका’ विषयक अन्तरक्रिया गरेको छ । मादी गाउँपालिकाको सहयोगमा...
काठमाडौंः नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा ५०७ जनाविरुद्ध उजुरी परेको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेक...
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ चयन हुनुभएको छ । एमालेको केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा भएको बैठ...

