स्न्यापच्याटमार्फत यौन शोषण गर्ने पुरुन्चौरका मनिस पक्राउ
काठमाडाैं | जेठ १०, २०८०
पोखरा: सामाजिक सञ्जालमार्फत नाबालिगलाई यौन दुव्र्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका–१९ पुरुन्चौरका २१ वर्षीय मनिष भुजेल रहेका छन् ।
भुजेललाई प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोबाट खटिएको प्रहरी टोलीले कास्की प्रहरीको समन्वयमा पक्राउ गरेको हो ।
भुजेलले इस्न्यापच्याट एवम् भाइबरमार्फत नाबालिगसँग कुराकानीकै क्रममा विभिन्न प्रलोभन देखाएर अश्लील कुराकानी गर्ने भिडियो च्याटकोे स्क्रिन रेकर्ड गर्ने र भुजेलले भनेको नमानेको खण्डमा पीडितलाई धम्कीपूर्ण म्यासेज गर्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका भुजेललाई जिल्ला अदालत काठमाडौँबाट ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोले जनाएको छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

