पोखरामा ब्राउन सुगरसहित ३ जना पक्राउ
पाेखरा | माघ २९, २०८२
पोखरा: कास्की प्रहरीले ब्राउन सुगरसहित ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका ११ बस्ने ३० वर्षीय रोशन गुरुङ, अन्नपूर्ण गाउँपालिका ४ स्थायी घरभई हाल पोखरा ११ जनजाग्रिती टोल बस्ने ४४ वर्षीय विश्वास गुरुङ र म्याग्दी मालिका गाउँपालिका ६ स्थायी घरभई हाल पोखरा ३१ मोहरिया बस्ने ४१ वर्षीय गंगा पुर्जा रहेका छन् ।
पोखरा ११ जनजागृती टोलमा लागुऔषध ब्राउनसुगर (खैरो हिरोईन) को कारोबार भइरहेको भन्ने सूचनाको आधारमा नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, लागुऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखरा र वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले गत २६ गते पक्राउ गरेको हो ।
उनीहरुको साथबाट लागुऔषध ब्राउन सुगर (खैरो हिरोईन) २४.१५ ग्राम, डिजिटल तराजु १ थान, र नगद १ लाख ४२ हजार तथा विभिन्न कम्पनीका मोवाईल ४ थान बरामद गरिएको कास्की प्रहरीका प्रवक्ता हरि बहादुर बस्नेतले जानकारी दिए ।
उनका अनुसार कास्की जिल्ला अदालतबाट लागूऔषध सम्बन्धी मुद्दामा ५ दिन म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको छ ।
भक्तपुर: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ । सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रह...
भक्तपुर: पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको छ । जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले ...
काठमाडौं: नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्या...

