आहा! रारा गोल्डकप: जावलाखेलसँग मछिन्द्र स्तब्ध
पाेखरा | माघ २९, २०८२
PHOTO: RAM GURUNG
पोखरामा जारी २५ औं संस्करणको आहा रारा पोखरा गोल्डकपमा बुधबार भएको खेलमा जावलाखेल युवा क्लब विजयी भएको छ ।
पोखरा रंगशालामा भएको प्रिक्वाटरफाइनलमा जावलाखेलले मछिन्द्र फुटबल क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेको हो ।
जावलाखेलको जितमा दुवै गोल दोस्रो हाफमा विदेशी खेलाडीले गरे ।
पहिलो हाफमा दुवै टिमले केही राम्रा अवसरलाई गोलमा परिणत गर्न नसक्दा बराबरीमा सकिएको थियो । दोस्रो हाफको सुरुआती समयमा जावलाखेलले अग्रता बनाएको थियो ।
५४ औं मिनेटमा मछिन्द्रका डिफेन्डरले बल क्लियर गर्न नसक्दा निकोलस ओडेन ह्यामिल्टनले उक्त बललाई गोलमा परिणत गरे । निकोलस नै खेलमा म्यान अफ दी म्याच चुनिए ।
६६ औं मिनेटमा निकोलसको पासमा बुबाकर सिसोखोले गोल गर्दै जावलाखेलको अग्रता दोब्बर बनाए । मच्छिन्द्रले दोस्रो हाफमा गोल गर्न नसकेपछि २–० को पराजय भोगेको हो । जावलाखेलले अब क्वाटरफाइनलमा चर्च ब्बाइजसँग प्रतिष्पर्धा गर्नेछ ।
सहारा क्लब पोखराको आयोजनामा भएको प्रतियोगिता फागुन ९ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगिताको उपाधि विजेताले १४ लाख १ हजार रुपैयाँ प्राप्त गर्ने छ भने उपविजेता टिमले ७ लाख १ हजार रुपैयाँ पाउनेछ । प्रतियोगितालाई हिमश्री फुड्सको उत्पादन आहा तथा रारा तयारी चाउचाउले प्रायोजन गरेको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

