आज कानुन दिवस मनाइँदै
काठमाडाैं | बैशाख २६, २०८०
काठमाडौं: आज कानुन दिवस विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ ।
नेपालमा प्रधान न्यायालय स्थापना भएको दिनलाई कानुन दिवसका रूपमा मनाउने गरिन्छ । नेपालमा प्रधान न्यायालय ऐन, २००८ बने पनि त्यसको लागू भने विसं २००९ वैशाख २६ गतेदेखि भएको थियो । त्यही दिनको सम्झनामा हरेक वर्ष वैशाख २६ गतेको दिनलाई कानुन दिवसका रूपमा मनाउने गरिएको छ ।
सर्वोच्च अदालतले यो दिवस हरेक वर्ष मनाउने गरेको छ । न्यायपालिकाको स्वतन्त्रता, विधिको शासन तथा आधुनिक न्याय प्रणालीको स्थापनाका लागि यो ऐनले खडा गरेको जगलाई थप बलियो भन्दै दिवस मनाउने गरिन्छ ।
कानुन दिवसका अवसरमा सर्वोच्च अदालतले हरेक वर्ष शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम गर्ने गरेको छ । आज पनि दिउँसो २ बजे चियापान कार्यक्रम हुने सर्वोच्चले जनाएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

