नेपाल बैंक ८६ औँ वर्षमा प्रवेश
पाेखरा | कात्तिक ३०, २०७९
पोखरा: नेपाल बैंक लिमिटेड ८६ औं बर्षमा प्रवेश गरेको छ । बैंकले आफ्नो ८६ औं वार्षिकोत्सवको अवसरमा प्रभातफेरी गरेको छ । गण्डकी प्रदेश कार्यालय पोखराको आयोजनामा बुधबार पोखरामा प्रभातफेरी गरिएको हो ।
पोखरा–९ पृथ्वीचोकमा रहेको बैंकको प्रदेश कार्यालयबाट शुरु भएको र्याली नयाँबजार, महेन्द्रपुल, चिप्लेढुङ्गा, न्युरोड, सभागृह हुँदै पुनः पृथ्वीचोकमा पुगेर समापन भएको थियो । प्रभातफेरिमा पोखरा क्षेत्र भित्रका शाखामा कार्यरत ८६ जना कर्मचारीको सहभागिता रहेको थियो ।
प्रभातफेरी पश्चात कार्यक्रममा बोल्दै गण्डकी प्रादेशिक कार्यालय पोखराकी प्रमुख प्रतिमा श्रेष्ठले आगामी दिनहरुमा बैंकलाई अझ आधुनिक र प्रविधिमैत्री बनाउँदै ग्राहकहरुको सेवामा लाग्ने बताइन।
उप–प्रबन्धक धु्रब पौडेलले बैंकले बार्षिकोत्वको अवसरमा शुभकामना दिँदै कर्मचारीहरुलाई उच्च मनोबलको साथमा काम गर्न अनुरोध गरे।
बैंकका नेपालभर २२६ शाखा, १९९ एटिएम साथै ५० वटा एक्टेन्सन काउन्टरमार्फत बैंकले करिब २३ लाख ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । यस्तै बैंकका गण्डकी प्रदेशमा ३० वटा शाखा र पोखरा महानगरपालिकामा ८ वटा शाखा रहेको बैंकले जनाएको छ ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। छैटौँ तहका इन्जिनियर खड्काले पुलको...
पोखरा । युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ । भगवती युवा ...
फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ। अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

