गठबन्धनको प्रतिबद्धता: ज्येष्ठ नागरिकलाई नि:शुल्क स्वास्थ्य परिक्षण

काठमाडाैं | कात्तिक ३०, २०७९

गठबन्धनको प्रतिबद्धता:  ज्येष्ठ नागरिकलाई नि:शुल्क स्वास्थ्य परिक्षण

पोखरा:  पाँच दलीय गठबन्धनको तर्फबाट कास्की निर्वाचन क्षेत्र नं.२ का साझा उमेदवारहरुले ज्येष्ठ नागरिकहरुलाई निःशुल्क स्वास्थ्य परिक्षण् उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । 


वृद्धवृद्धाको स्वास्थ्यलाई ध्यानमा राखी निशुल्क स्वास्थ्य परिक्षण, उपचार, परामर्श नर्सिङ सेवा, डाक्टर ईन कलजस्ता सुविधा उपलब्ध गराउने बताएको छ । आवश्यकता अनुसार ज्येष्ठ नागरिक स्याहार केन्द्र (एकीकृत सेवा) र दिवा सेवा कार्यक्रम अन्तरगत धार्मिक तथा आर्ट अफ लिभिङ जस्ता कार्यक्रम सञ्चालन गरि उनीहरूको प्रतिबद्धता पत्रमा भनिएको छ ।


यसैगरी समृद्ध राष्ट्र निर्माणका लागि स्वस्थ नागरिक आवश्यक पर्ने उल्लेख गर्दै उनीहरूले आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क र सर्वसुलभ बनाउन विशेष पहल गर्ने बताएका छन् । उनीहरूले पोखरामा ट्रमा सेन्टर, सरुवा रोग, बाल एवं प्रसूति अस्पताल निर्माण गर्न विशेष पहल गरिने समेत प्रतिवद्धता जाहेर गरेका छन् । 


पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र मातृ शिशु मितेरी अस्पतालमा जन साधारणको पहुँच पु¥याई सर्वसुलभ सेवा प्रदान गर्ने गरी स्तरोन्नति गरिने गठबन्धनले जनाएको छ । हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा दैनिक जसो हजारौँ बिरामीहरूको चापका कारण सबै नागरिकहरूले सेवा प्राप्त गर्न क्रममा निकै सास्ती भोग्नु परेको छ । 


हरेक नागरिकहरूलाई स्वच्छ मनोरञ्जन गर्न पार्क तथा विश्राम स्थल, बाल उद्यान, खेलकुद मैदान, व्यायामशाला, वाचनालय र भजनकृतन गर्न आवश्यक पूर्वाधार निर्माण गरी सेवा प्रदान विशेष पहल गरिने उनीहरूले प्रतिबद्धता जनाएका छन् । स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन आवश्यक रहेको बताएका उनीहरूले सुविधा सम्पन्न अस्पताल तथा उपचार केन्द्रहरू स्थापना गर्न आवश्यक रहेकामा जोड दिएका छन् ।


‘काश्यप ऋषिको तपोभुमिको रूपमा प्रसिद्ध पोखरामा उपचार र निदान भन्दा रोग लाग्नै नदिनु वेश भन्ने उक्तिलाई चरितार्थ गर्न आयुर्वेदको पठनपाठन र उपचारका लागि आरोग्य धाम सञ्चालन गर्न तथा यस क्षेत्रमा रहेका औषधीजन्य जडीबुटी, वनस्पति र वन स्रोतको संरक्षण, संवर्धन र उपयोगितालाई बढाउन जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न पहल गरिने छ, प्रतिबद्धता पत्रमा उल्लेख छ । 


बेरोजगारी, लागु औषध दुव्र्यसनी जस्ता समस्याहरूबाट उत्पन्न परिस्थितिलाई व्यवस्थापन र नियन्त्रण गर्न मनोसामाजिक परामर्श केन्द्र स्थापना गर्न पहल गरिने छ । पाँच दलिय गठबन्धन तर्फ कास्की २ बाट श्रीनाथ बराल, सोही क्षेत्रको प्रदेश सभा (क) बाट विश्वप्रकाश लामिछाने र (ख) बाट विन्कुकुमार थापा उम्मेदवार छन् । 

काठमाडौं:     ५  दिने कम्बोडिया भ्रमणमा रहनुभएका सभामुख देवराज घिमिरेले त्यहाँका प्रधानमन्त्री सम्देच हुन मानेट र माथिल्लो सदन सिनेटका अध्यक्ष सम्देच हुन सेनसँग शिष्टाचार भेट गर्नुभएको छ । ...

थप पढ्नुहोस्

काठमाडौं:     नेपाली बजारमा आज (सोमबार) सुनको मूल्यमा उच्च गिरावट आएको छ। यस दिन सुनको भाउ अघिल्लो दिनको तुलनामा प्रतितोला १५ हजार नौ सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासं...

थप पढ्नुहोस्

काठमाडौं:    प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग ९एनपिएल० ले नेपालको पर्यटन प्रवर्द्धन र युवा प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्न प्रत्यक्ष सहयोग पुग्ने बताउनुभयो । आज ऐतिहासिक ध...

थप पढ्नुहोस्