अधुरा योजना पुरा गर्ने जिम्मा गठबन्धनको:  उम्मेदवार बराल

पाेखरा | कात्तिक २९, २०७९

अधुरा योजना पुरा गर्ने जिम्मा गठबन्धनको:  उम्मेदवार बराल

पोखराः   आगामी मंसिर चार गते हुने आम निर्वाचनमा कास्की क्षेत्र नम्बर ३ बाट पाँच दलीय गठबन्धनका साझा उम्मेदवार रामजी प्रसाद बराल जीवनले विकास निर्माणका योजना जसले शुरु गरेको हो उसैले सम्पन्न गरे मात्रै दीगो विकास हुने बताएका छन् ।


पोखरा महानगरपालिका वडा नम्बर ३ का मतदाताहरुसँगको भेटघाटका क्रममा उनले निर्माण सम्पन्न हुन लागेका योजनाहरु पुरा हुन गठबन्धनले जित्नुपर्ने बताए ।


उनले पोखराको नदीपुरमा रहेको ढललाई व्यवस्थापन गर्न नसक्दा हरेक वर्ष वर्षामा यहाँको क्षेत्र भासिने चर्कने समस्या भएको हुनाले यसलाई विशेष ध्यान दिने प्रतिवद्धता व्यक्त गरे । ‘वर्षा लागेपछि यहाँका जनतामा त्रास उत्पन्न हुन्छ, कतिबेला भासिन्छ भनेर, कतिबेला चर्किन्छ भनेर, यो समस्याको दीगो समाधान हुनु जरुरी छ ।’ उनले भने, ‘अब गठबन्धन सरकारले यसको दीर्घकालीन समाधान गर्छ ।’


उनले आफूले सुरूवात गरेका केही योजनाहरु पूरा गर्नका लागि पनि आफ्नो प्रतिनिधि सभामा उम्मेदवारी दिएको बताए ।


स्थानीय बासिन्दा उमेश पराजुलीले बरालले नदिपुरको भुगोल चिनेको केही कामको सुरूवात गरेको आधारमा उम्मेदवार बराललाई  मतदान गर्ने स्थानीयले बताए । उनले अबको समय विकासको समय भएकोले झुट्टा आश्वासन बाँड्नेलाई विश्वास नगर्न आम मतदातासँग आग्रह गरे ।


संविधान सभा सदस्य शारदा पौडेलले संविधान रक्षाको लागि गठबन्धनको जित आवश्यक भएको बताईन् । अबको समय स्थायी शान्ति कायम गरेर सम्बृद्धिको मार्गमा लाग्ने समय भएको बताउँदै पौडेलले देशमा अस्थिरता निम्त्याउनेहरुले फेरी जित्न नहुने तर्क गरिन् ।


काँग्रेस नेता नारायण उदासले लामो संघर्षपछि आएको लोकतन्त्र मासिने खतरा बढेकोले गठबन्धन गर्नुपरेको बताउँदै शान्ति र सम्बृद्धिका लागि सबै पक्ष एक हुनुपर्ने बताए ।


निर्वाचन प्रचार प्रसार समितिका सदस्य विष्णु खत्रीले अझै पनि प्रतिगमनले जित्ने हो भने नेपाली जनता सधैं व्यवस्था जोगाउने संघर्षमा समय खर्चिनुपर्ने भएकोले अहिलेनै विचार पुर्याउनुपर्ने बताए । 

काठमाडौं:  नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भएको छ ।  एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेतृत्व चयन प्रक्रिया...

थप पढ्नुहोस्

गण्डकी:  ण्डकी प्रदेशको राजधानी पोखरा प्राकृतिक सुन्दरताका साथै ऐतिहासिक सम्पदाका कारण विश्वमाझ परिचित छ । पोखरा मात्र नभई समग्र गण्डकी प्रदेशले प्रकृति, संस्कृति र साहसिक पर्यटनका कारण अन्तरराष्ट्रिय रूपमा चर्...

थप पढ्नुहोस्

तनहुँ:  मुग्लिन–पोखरा खण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ दुर्गा मन्दिर नजिक भासिएको सडक चार महिनापछि मर्मत गर्न थालिएको छ ।  दुई लेनमा रहेको उक्त सडक अस्थायी संरचना बनाएर चार ले...

थप पढ्नुहोस्