‘समस्या सुल्झाउँछौं, सम्भावना खोज्छौं’:  उम्मेदवार गुरुङ

पाेखरा | कात्तिक २९, २०७९

‘समस्या सुल्झाउँछौं, सम्भावना खोज्छौं’:  उम्मेदवार गुरुङ

पोखराः   धेरै मानिस पहिला समस्या देख्छन्, सम्भावनातिर ध्यान दिँदैनन् । यसका कारण हुन्ः मान्छे नकारात्मक कुरामा रमाउँछ, सम्भावना देखिए पनि मेहनत गर्न र धर्य गर्न चाहँदैन । समस्या राम्ररी सुन्ने, बुझ्ने, योजना बनाउने र कार्यान्वयन गर्नेहरुले समाजको नेतृत्व गर्छन्, राजनीतिको नेतृत्व गर्छन् । 


मंगलबार एमाले नेतृ मीना गुरुङले पोखरा १६ का स्थानीयका समस्या सुनिन्, गुनासा बुझिन् । कास्की २ (२)मा एमालेकी प्रदेश सभाकी उम्मेदवार उनी समानुपातिकबाट निवर्तमान प्रदेशसभा सदस्य भएकाले धेरै कुराबारे जानकारै थिइन् । उनले भनिन्, ‘यहाँहरुका समस्याबारे केही हदमा जानकार छु । यहाँहरुकै सहभागिता र विज्ञको सुझाव अनुसार योजना बनाएर समृद्धिको यात्रा हामीअघि बढाउँछौं ।’


उम्मेदवार गुरुङले गएको कार्यकालमा स्रोतको सीमितता र सरकार परिवर्तनले धेरै काम गर्न नपाएको सुनाइन् । उनले सुन्दर भूगोल र प्रकृति रहेको यो क्षेत्र चाडै समृद्ध र पर्यटनको केन्द्र बन्ने उनले उल्लेख गरिन् । भन्छिन्, ‘एकै पटक सबै काम भइहाल्छन् भन्ने आश्वासन म दिन्नँ तर प्राथमिकीकरण गरेर हामी यसका समस्या सुल्झाउँछौं । सम्भावना खोज्छौं । जनताका माग पूरा गर्न संघ र प्रदेशमा एमालेको सरकार चाहिन्छ ।’


एमाले नेतृत्वमा गण्डकी र संघ सरकार हुँदा दुवैतिर जग राख्नेदेखि राष्ट्रिय महत्वका योजना सुरु भएको उनले उल्लेख गरिन् । ‘बीचमा सरकार ढल्यो, सँगसँगै हाम्रा योजना पनि रोकिए । अबको चुनावपछि हाम्रो सरकार बन्छ तर हामी त्यस्तो खालको पूर्वाग्रही राजनीति गर्दैनौं ।’पार्टीको प्रतिवद्धता र अगाडी सारेका विकासका योजना र नीतिहरु नै जितका आधार भएको उनको भनाई छ । 

पोखरा:  पोखराको पुरानो टुँडिखेलमा जारी तेस्रो संस्करणको ऐतिहासिक टँुडिखेल तीज महोत्सव २०८२ अन्र्तगत मंगलबार एकल नृत्य प्रतियोगिता सुरु भएको छ  ।  ‘हाम्रो सँस्कृति हाम्रो पहिचान लोपो...

थप पढ्नुहोस्

पोखरा:  गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले परम्परागत तीज गीत प्रतियोगिताले मौलिक तीजे भाकाहरू जीवन्त राख्न सघाउ पुग्ने बताउनुभएको छ । पोखराको मालेपाटन स्थित सूर्यचन्द्र विकास समाजले आयोजना ग...

थप पढ्नुहोस्

पोखरा:  पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) को आयोजनामा मंगलबारदेखि पोखराको लेकसाइडस्थित बाराहीघाट चौरमा ‘तेस्रो तीज सांस्कृतिक महोत्सव–२०८२’ सुरु भएको छ ।  हरितालिका...

थप पढ्नुहोस्