‘दिगो विकास लक्ष्य प्राप्तिका लागि बहुमतको सरकार’: उम्मेदवार भट्टराई

पाेखरा | कात्तिक २९, २०७९

‘दिगो विकास लक्ष्य प्राप्तिका लागि बहुमतको सरकार’: उम्मेदवार भट्टराई

पोखराः   नेकपा एमालेका उम्मेदवार विद्या भट्टराई अधिकारीले मुलुकमा दिगो विकासका लागि बहुमतको सरकार आवश्यक रहेको बताएकी छिन् ।


मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन प्रचारप्रसार कार्यक्रमको अवसरमा मंगलवार पोखरा १६ मा भएको घरदैलो कार्यक्रममा उनले मुलुकको राष्ट्रियता, स्वाभिमान र समग्र विकासका लागि एउटै दलको बहुमतको सरकारको खाँचो औल्याईन् ।


घरदैलो कार्यक्रममा मतदातासँग मत माग्दै स्थानीयका आवश्यकता र सुझाव संकलन गर्दै आएकी उनले  सडक पूर्वाधार, खानेपानी, शिक्षा, स्वास्थ्य, विद्युतीकरण एवम् कृषि बजारीकरणमा प्रतिवद्ध भएर लाग्ने प्रतिवद्धता व्यक्त गरिन् ।


नेकपा एमालेको समृद्ध नेपाल, सुखी नेपालीको अभियानलाई सार्थक बनाउन बहुमतको सरकार आवश्यक रहेको बताउँदै उम्मेदवार भट्टराईले गठबन्धनको सरकारले मुलुकलाई अस्थिर बनाउने दावी गरिन् ।


जनतालाई रुवाएर होईन विकासले खुशीयाली ल्याउनु पर्ने आवश्यकता औल्याउँदै सवैको सहभागिता र समन्वयका आधारमा सडक पूर्वाधार निर्माणमा प्राथमिकता दिनेमा उनको जोड छ ।


निर्वाचन क्षेत्र नंं. २ (ख) का उम्मेदवार मिना गुरुङले पोखरामा नयाँ थपिएका वडाका वासिन्दाले महानगरवासीको अनुभूति हुने गरी विकास निर्माण जुटने प्रतिवद्धता व्यक्त गर्दै सडक पूर्वाधारलाई पहिलो प्राथमिकतामा राखेर अघि बढ्ने विश्वास व्यक्त गरिन् । मतदाताको घरदैलो कार्यक्रममा गण्डकी प्रदेश समानुपातिक उम्मेदवार डा। छममाया पुनको पनि सहभागि थिईन् ।

 
नेकपा एमाले पोखरा १६ का अध्यक्ष राजेश गुरुङका अनुसार मंगलवार घार्मी, कुरेचौर, हर्पाक, काउरे, अम्मरेस्वारा, हरिपाउ, गर्लुङ, अर्मला र बाटुलेचौरका विभिन्न स्थानमा घरदैलो एवम् कोणसभा सम्पन्न भएको छ । पोखरा १६ महानगरको सवैभन्दा मतदाता धेरै भएको उक्त वडामा ११ हजार ८४२ मतदाता रहेका छन् ।  
 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्