चुनावको मुखैमा नेकपा (एस) कास्की सचिव होम एमालेमै फर्किए, अरु पनि फर्कदैं
पाेखरा | कात्तिक १२, २०७९
पोखराः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) कास्कीका सचिव होमबहादुर नेपाली नेकपा एमालेमा फर्किएका छन् ।
एमालेको मुक्ति समाज कास्की क्षेत्र नम्बर २ को विस्तारित बैठकमा एसका सचिव नेपालीले आफु पुनः एमालेमै फर्किएको बताएका छन् । ‘कम्युनिष्ट पार्टीको मुलधार नै एमाले हो’ बैठकमा धारणा राख्दै नेपालीले ‘हामी केही भ्रमित पनि भयौं तर चुनावमा देखिएको गठबन्धनको घृणित खेल कम्युनिष्ट आन्दोलन विरुद्ध भएको पाए र एमालेमै फर्किए ।’
चुनावको मुखैमा एमाले फर्किएका नेपालीले एसबाट जिल्लाका धेरै साथीहरु उताबाट एतै आउने तयारी रहेको जानकारी दिए । एमाले कास्कीका एक नेताले बताए अनुसार आगामी २० गते पार्टी प्रवेश गराउने कार्यक्रम रहेपनि चुनाव प्रचारमा जुट्न भन्दै नेपाली आजै प्रवेश गरेका हुन् ।
‘एस जिल्लामा लगभत रित्तने क्रममा रहेको छ’ जिल्ला नेताले भने ‘हामी सशक्त हुँदै छौं, साथीहरुमा रहेको भ्रमको पर्दा खुलेको छ ।’
२० गते एमाले अध्यक्ष केपी शर्मा ओली पोखरा आउने कार्यक्रम रहेको र त्यसदिन धेरैजना एमालेमा भित्रने एमाले कास्की सचिव बैनबहादुर क्षेत्रीले जानकारी दिएका छन् ।
क्षेत्रीका अनुसार नेपाली निशर्त एमालेमा फर्किएका हुन् ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

