माओवादी र काँग्रेसबीचको झडपमा २७ घाइते, १ बेपत्ता
काठमाडाैं | बैशाख २९, २०७९
तस्बिरः शिव सिलवाल
धादिङ- नीलकण्ठ नगरपालिकास्थित वडा नम्वर ६ देउरालीछाप भन्ने स्थानमा माओवादी र नेपाली काँग्रेस कार्यकर्ताबीच झडप हुँदा २७ जना धाइते हुनुका साथै एक जना बेपत्ता भएका छन् ।
गएराती भएको झडपमा परी घाईते भएकाहरुमध्ये २१ जना नेपाली काँग्रेस र अन्य नेकपा माओवादी केन्द्रका कार्यकर्ता रहेका छन् । बेपत्ता हुने सुनौला बजार निवासी धनबहादुर मग्राती रहेको सुनौला बजार प्रहरीले जनाएको छ । बेपत्ताको खोजी पनि भईरहेको प्रहरीको भनाइ छ ।
घाइतेहरुको जिल्ला अस्पताल धादिङ र स्थानीय स्वास्थ्य संस्थाहरुमा उपचार भईरहेको जनाईएको छ । जिल्ला अस्पतालमा उपचारका लागी ल्याईएका घाईतेहरुमध्ये अधिकांशको टाउकोमा चोट लागेको छ भने हातखुट्टा भाँचिएको छ ।
घाइते हुनेमा नेपाली काँग्रेसको तर्फबाट वडा नम्वर ५ का उमेद्वार भुपेन्द्र श्रेष्ठ समेत गम्भिर घाईते भएका छन् । श्रेष्ठको जिल्ला अस्पतालमा उपचार भईरहेको छ भने गम्भिर घाईते र टाउकोमा चोट लागेका घाईते चार जनाको अवस्था गम्भिर भएकाले थप उपचारका लागि काठमाण्डौं लगिएको बताइएको छ ।
उनिहरुलाई भोर्ले भन्ने गाउँबाट सुनौला बजार घर फर्कने क्रममा माओवादीका कार्यकर्ताहरुले बाटो छेकेर आक्रमण गरेको आरोप लगाएका छन् ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

