बाजुरा जाँदै गरेको बस डोटीमा दुर्घटना हुँदा ३० जना घाइते
काठमाडाैं | बैशाख २९, २०७९
तस्बिरः सुवास नेपाली
डोटी- डोटीमा बस दुर्घटना हुँदा ३० जना घाईते भएका छन् । कैलालीको अत्तरियाबाट बाजुराका लागि छुटेको सु.प.प्र. ०१००१ ख ३१०८ नम्बरको बस जिल्लाको पुर्बिचौकी गाउँपालिका ४ सानागाँउमा दुर्घटनामा परेको हो ।
सानागाँउ प्रहरी चौकी नजिक बस दुर्घटना हुँदा कम्तीमा ३० जना घाईते भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । बस सडकबाट करिब ३०-४० मिटर तल खसेको छ ।
दुर्घटनामा घाइते भएकाहरुको नेपाली सेना प्राथमिक उपचारसहित खटिएको निर्वाचन सुरक्षा टोलि, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उद्दार गरेको छ ।
घाइतेहरूमध्ये ६ जनाको अवस्था गम्भीर रहेको र बाँकीको अवस्था सामान्य रहेको भैरवप्रसाद गणको सह सेनानी सौरभ चौधरीले जानकारी दिनुभयो ।
घाइतेहरुको स्थानिय स्वास्थ्य संस्थामा उपचार भैरहेकाो र गम्भिर घाइतेहरूलाई उपचारका लागी जिल्ला अस्पताल डोटीमा ल्याइएको छ ।-
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

