महानगरको विकास गर्न स्रोतको अभाव छैन: मेयर उम्मेदवार आचार्य

कास्की | बैशाख २०, २०७९

महानगरको विकास गर्न स्रोतको अभाव छैन:  मेयर उम्मेदवार आचार्य


पोखरा:   पोखरा महानगरमा पाँच दलीय गठबन्धनका मेयर पदका साझा उम्मेदवार धनराज आचार्यले महानगरको विकासका लागि श्रोत र साधनको अभाव नहुने बताएका छन् । पाँच दलीय गठबन्धन निर्वाचन परिचालन समितिले पोखरा १७ मा आयोजना गरेको घरदैलोसहितको कोणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

 

उनले फेवाताल, पाताले छाँगो, गुप्तेश्वर गुफा, सेती नदी लगायतका यहाँका सम्पदाको पारदर्शी ढंगले उपयोग गर्ने बताए ।

 

सबै सरोकारवालाहरुसँग बसेर उनीहरुको भावनालाई सम्बोधन गरेमा विना विवाद काम गर्नसकिने उनको प्रष्टोक्ति छ । ‘पोखरामा रहेका सम्पदाको उचित संरक्षण र यसको पारदर्शी उपयोगबाट नै धेरै काम गर्न सक्छौं । यहाँ पारदर्शीताको आवश्यकता छ । कयौं काम अध्यारो कोठामा बसेर गरिँदा समस्या आएका छन् । हामी त्यसो हुन दिँदैनौं । पारदर्शी ढंगले सबैको अपनत्व हुनेगरी काम गछौं’, उनले भने । 

 

मेयर उम्मेदवार आचार्यले अध्यारो कोठामा बसेर अपारदर्शी ढंगले कुनै निर्णय भएको भए त्यसको समेत छानविन गरिने बताए । आफूहरु महानगरमा केही गर्न र महानगरलाई महानगरको रुपमा विकास गर्न जाने भन्दै उनले महानगर स्तरका सम्पूर्ण सुविधायुक्त संरचना निर्माण गरिने उनले दृढता प्रकट गरे ।

‘हामी महानगरलाई महानगरको रुपमा विकास गर्न चाहन्छौं’, उनले भने, ‘त्यसका लागि हाम्रा योजना घोषणा पत्रमार्फत सार्वजनिक गरेका छौं । जे गर्छौं भनेका छौं, त्यो गर्नेछौं र एउटा सभ्य महानगर जो सबै हिसावले महानगर भन्न लायक हुनेछ । यहाँका नगरबासीले त्यसको अनुभव गर्ने र भोग्ने हुन्छ नै बाहिरका मानिसले समेत यहाँ फर्केर आइरहने बनाउँछौं’,उनले भने ।   

 

महानगरका सहरी क्षेत्रको फोहोर सहितको ढल बगेर बिरौटा र छोरेपाटनलाई कुरुप बनाउने गरेको भन्दै यसको उचित व्यवस्थापन गरिने उनले बताए । अझैपनि ४५ प्रतिशत विरुवा फाँट बचेको भन्दै त्यसलाई बचाएर व्यवस्थापन गर्ने तर्फ आफूहरुले ध्यान दिने प्रतिबद्धता उनको थियो । 

 

कार्यक्रममा उपमेयर पदका उम्मेदवार कोपिला रानाभाटले आफूहरु जनताको सेवामा केन्द्रीत हुने बताइन् । नेकपा एकीकृत समाजवादीका पोलिट्ब्युरो सदस्य श्रीनाथ बरालले गठबन्धनका उम्मेदवारलाई नगरवासीले मत दिए सुन्दर र समृद्ध पोखरा आफूहरुले दिने धारणा राखे ।  

 

कार्यक्रममा पोखरा महानगर वडा नम्बर १७ का वडाध्यक्ष उम्मेदवार देवराज आचार्य, एकीकृत समाजवादीका कास्की उपाध्यक्ष झपिन्द्रराज रेग्मी, कास्की कांग्रेसका पूर्व जिल्ला सदस्य पुण्डरी प्रसाद बराल र एकीकृत समाजवादी पोखरा १७ का अध्यक्ष शिवराज आचार्य लगायतले बोलेका थिए ।   
 

हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ।    सोमबार बिहान कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा छिटपुट वर्षा भएको छ।   पछिल्लो ६ घन्टामा अर्घाखाँचीको राङसिङम...

थप पढ्नुहोस्

अविरल वर्षाले कोशी प्रदेशका विभिन्न जिल्लामा ठूलो जनधनको क्षति पुर्‍याएको छ।   सोमबार बिहानसम्म मृत्यु हुनेको संख्या ४४ पुगेको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी दिपक पोखरेलले जानका...

थप पढ्नुहोस्

चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड प्रयोग गरी गन्तव्यमा जाने सवारी साधनहरुलाई आज बिहान ६ बजेदेखि बाटो खुला गरिएको छ ।   जिल्ला प्रहरी कार्यालय चितवनले आज बिहान ६ बजेसम्म नारायणगढ–मुग्लिन...

थप पढ्नुहोस्