नागरिक पार्टीको चुनावी अभियान सुरु
कास्की | बैशाख २०, २०७९
पोखरा: पोखरा महानगरपालिकाको मेयर, वडा अध्यक्ष लगाएत सदस्यहरुमा उम्मेदवारी दिएको राष्ट्रिय नागरिक पार्टीले चुनावी अभियानलाई तिव्रता दिएको छ ।
पोखरा महानगरपालिका वडा नं. ९ को खुल्ला सदस्य पदमा उम्मेदवारी दिएका पत्रकार कृष्ण रानाभाटले निर्वाचन आचारसंहितालाई पुर्ण रुपमा पालना गर्दै मतदाताको घरदैलोमा गइ प्रत्यक्ष रुपमा भेटेर आफ्ना एजेन्डा राख्दै प्रचारप्रसार गरेका छन् ।
उनले पोखराको मुख्य वजार महेन्द्रपुल, साँधुमुख, नयाँवजार क्षेत्रमा घरदैलो गर्दै आफ्नो दलका उम्मेदवारलाई जिताउन चङ्गा चिन्हमा भोट हाल्न आग्रह गरेका छन् । साथै मतदानमा विना संकोच, विना डरत्रास सक्रिय सहभागि भई सहि तरिकाले मतदान गर्न पनि मतदाताहरुलाई अनुरोध गरेका छन् ।
राष्ट्रिय नागरिक पार्टीबाट पोखराको मेयरमा सृजनादेवि रिजाल कार्की, पोखरा २१ मा वडा अध्यक्ष पदमा लक्ष्मण सुनार, महिला सदस्यमा तुल कुमारी थापामगर, दलित महिला सदस्य नारायणी परियार र खुल्ला सदस्यमा प्रदिप सुनार र विष्णु बहादुर थापाले उम्मेदवारी दिएका छन् ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

