पोखरा १२ मा एमाले उम्मेदवार देशभक्तका १० प्रतिबद्धता
कास्की | बैशाख २०, २०७९

पोखरा: पोखरा महानगरपालिका १२ मा नेकपा एमालेले देशभक्त केसीलाई वडाध्यक्षको उमेद्वार बनाएको छ । उनी यसअघिको निर्वाचनमा वडा सदस्यमा विजयी भएका थिए । सदस्यमा रहेर समाजमा उनले देखाएको सक्रियता र कार्यसम्पादनकै कारण पार्टीले उनलाई वडाध्यक्षमा उठायो ।
जोश, जाँगरसँगै वडामा समयानुकुल परिवर्तनका लागि युवा अघि बढेको देख्दा यहाँका स्थानीय उत्साहित छन् । पार्टीभन्दा माथि उठेर वडावासीले सहयोग गर्नेमा आशावादी देखिन्छन् देशभक्त ।
भन्छन्, ‘वडा सदस्य हुनु अघि र भएपछि पनि वडाका हरेक नागरिकसँग प्रत्यक्ष सरोकार रहँदै आयो । प्रशासनिक कार्यका लागि वडा सदस्य भइसकेपछि थप नयाँ अनुभव पाएँ । नहुँदा पनि म समाजका हरेक तह तप्कासँग नजिक छु । आशा छ, पार्टीभन्दा माथी उठेर मलाई सहयोग गर्नुहुनेछ ।’
वडाध्यक्षका उमेद्वार केसीले वडाको समृद्धिका लागि खाका पनि तयार गरेका छन् । तीमध्ये केही प्रतिवद्धता हामीले यहाँ बुँदागत रुपमा प्रस्तुत गरेका छौंः
१. वडामा रहेका कच्ची बाटो पक्की बनाइने र मुल सडकमा भएका खाल्डा–खुल्डीलाई तत्काल मर्मत गरी व्यवस्थित बनाइने ।
२. मुल सडकमा सडकबत्तीको व्यवस्थापन गरी उज्यालो वडा कायम गरिने ।
३. धार्मिक तथा ऐतिहासिक महत्व बोकेको श्रीगणेश तथा भद्रकाली मन्दिर परिसर संरक्षण तथा सम्वद्र्धनका लागि मन्दिर व्यवस्थापन समितिसँग समन्वय गरी प्रस्तावित गुरुयोजना कार्यन्वयनका लागि आवश्यक पहल गरिने ।
४. वडामा रहेका मठमन्दिर, मस्जिद, गुम्बा, चर्च, चौतारी एवं सार्वजनिक जमिनको संरक्षण र सम्वद्र्धन गरिनुका साथै उपयुक्त खुला सार्वजनिक स्थलमा आधुनिक पार्क निर्माण गरी निःशुल्क वाइफाई सेवा उपलब्ध गराउने ।
५. वडाभित्र रहेका सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्न नयाँ प्रविधिको विकास गरी सर्वसुलभ शिक्षाको पहुँच प्रदान गरिने ।
६. वडाभित्र सञ्चालित सामुदायिक माध्यमिक विद्यालयमा वडा र विश्वविद्यालयको साझेदारीमा उच्च शिक्षा अध्ययनका लागि पहल गरिने ।
७. वडा नं १२सँग जोडिएका सिमा सडक, ढल, बत्ती लगायत भौतिक पूर्वाधार निर्माण तथा मर्मत सम्भारका लागि छिमेकी वडासँग समन्वय गरी साझेदारी कार्यक्रम सञ्चालन गरिने ।
८. आवश्यकता र समानुपातिक विकास गर्न वडाभित्र रहेका टोल विकास संस्था र आमा समुहसँग समन्वय गरी योजना तथा कार्यक्रम सञ्चालन गरिने ।
९. वडाबासी ननागरिकलाई प्रदान गरिने सेवाप्रवाहलाई बिना भेदभाव सरल, सहज र पारदर्शी बनाई वडालाई भ्रष्टाचार मुक्त, सुशासनयुक्त नमुना वडा बनाइने ।
१०. फरक क्षमता भएका नागरिकको तथ्यांक संकलन गरी उनीहरुको समस्या समाधानका लागि पहल गरिने ।
पोखरा १२ मा नेकपा एमालेका तर्फबाट वडाध्यक्षमा केसीसँगै महिला सदस्यमा लक्ष्मी कुँवर (रिमाल), दलित महिला सदस्यमा विष्णु विश्वकर्मा, खुला सदस्यमा निर्मल बहादुर थापा र शान्ती गुरुङ उमेद्वार छन् ।
हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ। सोमबार बिहान कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा छिटपुट वर्षा भएको छ। पछिल्लो ६ घन्टामा अर्घाखाँचीको राङसिङम...
अविरल वर्षाले कोशी प्रदेशका विभिन्न जिल्लामा ठूलो जनधनको क्षति पुर्याएको छ। सोमबार बिहानसम्म मृत्यु हुनेको संख्या ४४ पुगेको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी दिपक पोखरेलले जानका...
चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड प्रयोग गरी गन्तव्यमा जाने सवारी साधनहरुलाई आज बिहान ६ बजेदेखि बाटो खुला गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले आज बिहान ६ बजेसम्म नारायणगढ–मुग्लिन...