अंशबण्डामा समेत कर बढाएपछि गण्डकी सरकारविरुद्ध उत्रियो नागरिक समाज
पाेखरा | भदौ १, २०७९
पोखराः गण्डकी प्रदेश सरकारद्वारा अंशबण्डामा जबर्जस्ती थोपरिएको अत्यधिक शुल्क खारेजी लगायत करवृद्धिका विरुद्ध आज नागरिक समाज कास्कीले शान्तिपूर्ण धर्नाको आयोजना गरेको छ ।
पोखराको शहीदचोकमा आयोजित आयोजित शान्तिपूर्ण विरोध प्रदर्शनमा नागरिक समाजसँगै वातावरण संरक्षणकालागि महाअभियान कास्कीको सहभागिता रहेको थियो ।
यसअघि नै समाज र अभियानले उक्त करको दायरा नघटाएमा विरोध जनाउने घोषणा गरेको थियो । सोही अनुरुप आज विरोध कार्यक्रम गरेको नागरिक समाजका अभियन्ता रामबहादुर पौडेलले जनाए । धर्नाबारे जानकारी दिँदै अभियानकर्मी लोकदर्शन कोइरालाले आफ्नै सम्पत्ति बाँडफाँड गर्दापनि उच्च कर बुझाउनुपर्ने भन्दैै आक्रोश व्यक्त गरे ।
‘जनताबाट कर उठाएर सरकार मन्दिर निर्माण समिति, आमा समूहलाई पैसा दिँदैछ’ अभियानकर्मी कोइराला भन्छन् ‘त्यहाँबाट भोट आउँछ, नेता त्यतै पैसा बाँड्न लागिपर्छन् ।’ आफु र अभियानकर्मीहरु धर्म विरोधी नभएको भन्दै उनले गण्डकीमै गतिलो क्यान्सर, मुटु अस्पताल बनाउन आवश्यक भएको उल्लेख गरे ।
पछिल्लो बजेटमा सरकार बाउँ–बाजेको नाममा ट्रष्ट बनाएर रकम विनियाजन गर्ने घृणित खेलमा लागेकोप्रति नागरिक समाज र वातावरण अभियानकर्मीहरुको विरोध रहेको उनले सुनाए । ‘नेताहरु चुनाव र भोट केन्द्रित भए’ कोइरालाको गुनासो छ ।
पोखरा: पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...
पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...
म्याग्दी: म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

