बागलुङमा पौडेल र सुवेदीलाई ‘स्मृति युवा सम्मान’
बाग्लुङ | भदौ १, २०७९
स्मृति प्रकाशन बागलुङले बर्सेनि प्रदान गर्ने ‘स्मृति युवा सम्मान’ यस वर्ष यहाँका दुई युवा स्रष्टालाई प्रदान गरिने भएको छ । मङ्गलबार बसेको प्रकाशनको बैठकले विसं २०७८ को सम्मान पर्वत पाङका स्रष्टा गुणराज पौडेल ‘गुराँस’ र विसं २०७९ को सम्मान जिल्लाको जैमिनी नगरपालिका निवासी स्रष्टा निर्मला सुवेदीलाई प्रदान गर्ने निर्णय गरेको हो ।
गत वर्ष कोभिड-१९ का कारण कार्यक्रम स्थगन भएपछि दुई वर्षको सम्मान एकैसाथ प्रदान गर्न लागिएको हो । यही भदौ ११ गते मोती जयन्तीका अवसरमा आयोजना हुने समारोहमा सम्मान प्रदान गरिने प्रकाशनका अध्यक्ष काजी रोशने जानकारी दिनुभयो ।
साहित्यको उत्थानमा पुर्याएको योगदानवापत स्रष्टाद्वयलाई सम्मानित गर्न लागिएको हो । पौडेलको मुक्तक कृति प्रकाशित छ भने सुवेदी जैमिनी साहित्य मञ्चका अध्यक्ष हुनुहुन्छ । प्रकाशनले हरेक वर्ष मोती जयन्तीका अवसर पारेर साहित्य सिर्जनामा सक्रिय युवालाई उक्त सम्मान प्रदान गर्दै आएको छ ।
सोही समारोहमा सार्थक प्रकाशनका तर्फबाट ‘सार्थक मोती सम्मान’, धवल कला मन्दिरका तर्फबाट ‘धवल मोती सम्मान’ प्रदान गर्ने कार्यक्रम तय भएको जनाइएको छ । मोती जयन्तीमा कला, सङ्गीत र साहित्य क्षेत्रमा क्रियाशील व्यक्तित्व सम्मानित हुँदै आएका छन् ।
पोखरा: पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...
पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...
म्याग्दी: म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

