फलोअप: वन क्याम्पसमा मृत भेटिएका युवक भिमादका मनोज भुजेल रहेको खुलासा

ट्याक्टर चालक र सहचालक पक्राउ

पाेखरा | जेठ २६, २०८२

फलोअप: वन क्याम्पसमा मृत भेटिएका युवक भिमादका मनोज भुजेल रहेको खुलासा

पोखरा महानगरपालिका १५ स्थित वन विज्ञान अध्ययन संस्थान नजिकै सडकमा मृत फेला परेका युवक भिमादका २१ वर्षीय मनोज भुजेल रहेको खुलेको छ ।
 

ज्याला मजदुरी गर्दै आएका भुजेलको शव आज सोमबार बिहान भेटिएको थियो ।

 

त्यसपछि अनुसन्धान थालेको कास्की प्रहरीले  दिउँसो करिब ११ बजे ट्याक्टरका चालक वालिङका २० वर्षीय पवनकर रानासहित र १४ वर्षीय बालक (सहचालक) लाई पक्राउ गरेको  छ । 

 

अहिले उनीहरुमाथि प्रारम्भिक अनुसन्धान भइरहेको छ । 

 

सडकमा रक्ताम्मे अवस्थामा मृत भेटिएका भुजेललाई ह्यामर प्रयोग गरी हत्या गरिएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ  । 

 


 


 

कास्की ।    पोखराको चिप्लेढुङ्गामा सञ्चालित सफल निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टले २२ औं वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ ।   भोलिदेखि (अस...

थप पढ्नुहोस्

भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ।   गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या शनिबारसम्म ९२० पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था एसो...

थप पढ्नुहोस्

काठमाडौँ ।  नेपाल सरकारले साउदी अरबले कार्यान्वयन गर्न लागेको नेपाली श्रमिकको सीप प्रमाणीकरण (एसभीएफ) प्रक्रियालाई तत्काल स्थगन गर्न साउदी सरकारसँग आग्रह गरेको छ।   उक्त प्रक्रियाका कारण नेप...

थप पढ्नुहोस्