पोखरामा ‘एसइई कप फुटसल’ हुँदैं, उत्कृष्ट ७ जनालाई न्यू ग्यालेक्सीमा स्कलरसीप दिइने

विजेतालाई नगद रु १५ हजार

पाेखरा | जेठ २७, २०८२

पोखरामा ‘एसइई कप फुटसल’ हुँदैं, उत्कृष्ट ७ जनालाई न्यू ग्यालेक्सीमा स्कलरसीप दिइने

पोखरामा पहिलो संस्करणको ‘एसइई कप फुटसल’ प्रतियोगिता आयोजना हुने भएको छ ।

 

फुटबलर सुदिप सुनारको नेतृत्वमा आगामी असार ३ गते पोखरा महानगरपालिका ४ गणेशटोलस्थित बि–फिट फुटसल जोनमा प्रतियोगिता आयोजना गरिने भएको हो ।

 

उक्त प्रतियोगिताको मुख्य उद्देश्य ट्यालेन्ट हन्टमार्फत उत्कृष्ट ७ जना विद्यार्थीलाई न्यू ग्यालेक्सी माविमा छात्रवृत्ति (स्करलरसीप) प्रदान गर्ने रहेको सुदिप सुनारले जानकारी दिए । 

 

उनले सो प्रतियोगितामा ८, ९ र कक्षा १० का विद्यार्थीहरुले सहभागिता जनाउन पाउने बताउदै छात्रवृत्तिको व्यवस्था भने एसइई दिएका विद्यार्थीलाई मात्र प्रदान बताए ।

 

‘यो पहिलो संस्करणको प्रतियोगिता हो । यसले निरन्तरता पाउँछ । प्रतियोगिता राख्नुको मुख्य उद्देश्य भनेको क्षमतावान र प्रतिभावान खेलाडीको खोजी गर्नु हो, उनले भने, ‘यो प्रतियोगिताको उत्कृष्ट ७ जना खेलाडीलाई कक्षा ११ र १२ मा अध्ययन गर्नका लागि शत प्रतिशत छात्रवृत्तिको व्यवस्था गरेका छौ । त्यसका लागि न्यू ग्यालेक्सी माविसँग समन्वय गरेका छौं ।’

 

 

उनले विद्यार्थीको इच्छा अनुसार जुनसुकै विषय अध्ययन गर्न पाउने गरी छात्रवृत्तिको व्यवस्था गरेको स्पष्ट पारे ।

 

‘यो प्रतियोगितालाई ट्यालेन्ट हन्टको रुपमा पनि लिएको छु, उनले भने, ‘बेस्ट ७ जनालाई स्कलरसीपको व्यवस्था गरेकाले कक्षा ११ र १२ मा उनीहरुले चाहे अनुसारकै विषय पढ्न पाउँनेछन् ।’

 

सो प्रतियोगिताको विजेताले नगद रु १५ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । 

 

यस्तै उपविजेताले  रु ७ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछन् । विधागत तर्फ सर्वाेत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकलाई स्पोर्टस् क्यासलमा र रत्नश्रीमा निशुल्क जिमको साथमा आकर्षक पुरस्कार प्रदान गरिने उनले बताए ।

 

प्रतियोगितामा सहभागिता जनाउनका लागि दर्ता शुल्क नगद रु १ हजार निर्धारण गरिएको छ । भने, टिम दर्ता फोनमार्फत (९८०२८०८६९८ र ९८००६९२१४१) पनि गर्न सकिनेछ । 

 

प्रतियोगिताको फाइनलमा स्पेशल गेष्टका रुपमा राष्ट्रिय फुटसल तथा फुटबल खेलाडी सुमित श्रेष्ठ र पूर्व राष्ट्रिय फुटबल खेलाडी इश्वर गुरुङको सहभागिता रहनेछ ।

 

सो प्रतियोगितामा न्यू ग्यालेक्सी मावि, युनाइटेड बगर, स्पोर्टस् क्यासल प्रालि, बगर भाइखलक, सविन मेमोरियल र रत्नश्री जिमले साथ दिएको छ । यस्तै ब्रोडकास्टिङ पार्टनरको रुपमा स्पोर्ट भाइब्स नेटवर्क रहेको छ भने, मिडिया पार्टनरमा सुनगाभा न्यूज रहेको छ । 
 

कास्की ।    पोखराको चिप्लेढुङ्गामा सञ्चालित सफल निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टले २२ औं वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ ।   भोलिदेखि (अस...

थप पढ्नुहोस्

भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ।   गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या शनिबारसम्म ९२० पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था एसो...

थप पढ्नुहोस्

काठमाडौँ ।  नेपाल सरकारले साउदी अरबले कार्यान्वयन गर्न लागेको नेपाली श्रमिकको सीप प्रमाणीकरण (एसभीएफ) प्रक्रियालाई तत्काल स्थगन गर्न साउदी सरकारसँग आग्रह गरेको छ।   उक्त प्रक्रियाका कारण नेप...

थप पढ्नुहोस्