जाजरकोटमा टिप्पर दुर्घटना एकको मृत्यु, दुईजना घाइते
जाजरकोट | माघ २२, २०८१
जाजरकोट: जाजरकोटमा टिप्पर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको । यो दुर्घटनामा दुईजना घाइते भएका छन् ।
मध्यपहाडी लोकमार्गअन्तर्गत छेडागाड नगरपालिका(११ मा मंगललबार बिहान भे १ प १०५५ नम्बरको टिप्पर दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार मृतकको पहिचान खुल्न बाँकी छ । दुर्घटनामा गम्भीर घाइते टिप्पर चालक र सहचालकको छेडागाड नगर अस्पताल, थलहमा उपचार भइरहेको छ ।
प्रहरी नायव उपरीक्षक (डीएसपी) पुरुषोत्तम प्रसाद पाण्डेका अनुसार मृतक मध्यपहाडी राजमार्ग निर्माण गरिरहेको सुरुकृति कम्पनीका ट्याक्टर चालक हुन् ।
‘टिप्पर ओरालो सडकमा आउँदै गर्दा ब्रेक फेल भएर भित्तामा ठोक्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ’, डीएसपी पाण्डेले भने ।
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषध कारोबार, सेवन र समाजमा अशान्ति फैलाउने गतिविधि नियन्त्रण गर्न १० घण्टा लामो विशेष ‘स्वीप अपरेसन’ चलाएको छ । उक्त अपरेसनबाट १० घण्...
पोखरा महानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई ४ महिना १५ दिन जेल सजाय हुने भएको छ । जिल्ला अदालतको आदेशलाई उच्च अदालत पोखराले सदर गरिदिएको हो । जातीय भेदभाव...
गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन् । २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले पछिल्लो समय नागरिक स्तरबाट आफ्नो शेयरलगायतका विषयमा उठेका प्रश्न र जनचासोलाई...

