औपचारिक स्रोतविना समाचार सम्प्रेषण नर्गन कास्की प्रहरीको आग्रह
पाेखरा | मंसिर १३, २०८१
पोखरा: जिल्ला प्रहरी कार्यालयले अनुसन्धानको क्रममा रहेका विषयको बारेमा संवेदनशील भएर समाचार सम्प्रेषण गर्न अनुरोध गरेको छ ।
कास्की प्रहरीका प्रवक्ता डिएसपी बसन्त कुमार शर्माद्वारा हस्ताक्षरित विज्ञप्ती जारी गर्दै औपचारिक स्रोतका आधारमा सही सूचना सम्प्रेषण गर्न अनुरोध गरेको हो ।
‘सूचनाको हक सम्बन्धि ऐन, २०६४ मा व्यवस्था भए बमोजिम अपराध अनुसन्धान, तहकिकात तथा अभियोजनमा प्रत्यक्ष असर पार्ने सूचना प्रवाह गरिने छैन भन्ने प्रावधान अन्र्तगत गोपनीयता कायम राख्नुपर्ने विषयहरुमासमेत केही सञ्चार माध्यममा अनुसन्धानको क्रममा रहेका विषयबस्तुहरुमा समाचार बनाउनका लागि यस जिल्ला प्रहरी कार्यालय कास्कीको कुनै पनि आधिकारिक र औपचारिक स्रोत विना नै यस कार्यालय र अनुसन्धानमा खटिएका अधिकृत भनी स्रोतको रुपमा उद्धृत गर्दै गरिएको समाचार सम्प्रेषण प्रति यस कार्यालयको ध्यानाकर्षण भएको छ, विज्ञप्तीमा भनिएको छ, ‘अपराध अनुसन्धान तथा कारवाही जस्तो संवेदनशील विषयमा संवेदनशील भई सूचना सम्प्रेषण गरिदिनु हुन जिल्ला प्रहरी कार्यालयको अनुरोध छ ।'

गत मंगलबार कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई काठमाडौं लगिने विषयबारे केही सञ्चार माध्यमहरुले समाचार प्रकाशित गरेका थिए ।
त्यसपछि लामिछानेलाई कास्की प्रहरीले काठमाडौं पठाउनेबारे कुनै पनि तयारी नभएको पुष्टी गरेको थियो ।
लामिछानेविरुद्ध सहकारीको रकम हिनामिला, संगठित अपराध तथा सम्पत्ती शुद्धिकरण मुद्धामा कास्की प्रहरीले अनुसन्धान गरिरहेको छ ।
कास्की जिल्ला अदालतले उनलाई गत ९ गते पाँचौ पटक १५ दिनका लागि म्याद थप गरेर हिरासतमै राखेर थप अनुसन्धान गर्न अनुमति दिएको थियो ।
कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई रातारात कास्की ल्याइएको थियो ।
यो पनि पढ्नुहोस
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने स्पष्ट कार्यादेश दिइएको बताउँदै त्यसतर्फ सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताउनुभएको छ। ...
काठमाडौं: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र अझैपनि ढुक्क भएर लगानी गर्नसक्ने अवस्थामा नरहेको प्रष्ट पार्नुभएको छ । बुधवार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गर...
अन्र्तराष्ट्रिय: नयाँ वर्षको पूर्वसन्ध्यामा बुधबार विश्वले २०२५ लाई बिदाइ दियो । सन् २०२५ डोनाल्ड ट्रम्पको पुनः राष्ट्रपतित्व, गाजामा युद्धविराम र युक्रेनमा शान्तिका व्यर्थ प्रयासको वर्षको रूपमा चिनिन्थ्यो । यो ...


