कास्की प्रहरी भन्छ: रविलाई काठमाडौं लाने तयारी छैन
पाेखरा | मंसिर ११, २०८१
पोखरा: रास्वपाका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई काठमाडौं पठाउनेबारे केही तयारी नभएको जिल्ला प्रहरी कार्यालय कास्कीले स्पष्ट पारेको छ ।
कास्की प्रहरीका प्रवक्ता डिएसपी बसन्त कुमार शर्माले तत्काल लामिछानेलाई काठमाडौं लैजानेबारे केही कुरा नभएको स्पष्ट पारे ।
‘अहिले केही छैन । मलाई यस विषयमा केही जानकारी छैन । बिहानदेखि काम गर्न पाएको छैन । यो फेक न्यूज कस्ले लेख्यो, किन लेख्यो थाहा छैन ।’ डिएसपी शर्माले सुनगाभा न्यूजसँग भने ।
उनले दोहोर्याउदै अहिलेसम्म लामिछानेलाई काठमाडौं पठाउनेबारे ऐकिन नभएको बताए । ‘तयारी भन्ने अहिलेसम्म केही छैन । सबै गर्ने काठमाडौंले हो । पठाइदे भन्यो भने हाम्रो काम पठाइदिने मात्रै हो । अहिलेसम्म केही छैन ।’
गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछाने अहिले कास्की प्रहरीको हिरासतमै छन् ।
संगठित अपराध, सहकारीको रकम अपचलन तथा सम्पत्ति शुद्धिकरण मुद्धामा अनुसन्धानका लागि हालसम्म कास्की जिल्ला अदालतबाट पाँच पटक म्याद थपिएको छ ।
उनीविरुद्ध कास्की जिल्ला अदालतले गत ९ गते १५ दिनका लागि म्याद थप गरिएको थियो ।
उनलाई यसबीचमा काठमाडौंको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोप लागेपछि बयानका लागि काठमाडौं लगिने भनिएपनि हालसम्म तयारी नभएको कास्की प्रहरीले बताएको छ ।
पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...
बन्दीपुर । पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ । गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...
पोखरा — नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

