पृथ्वी राजमार्गको गोरेचौतारामा दुई वटा बस ठोक्किदा २९ जना घाइते

तनहुँ | मंसिर २, २०८१

पृथ्वी राजमार्गको गोरेचौतारामा दुई वटा बस ठोक्किदा २९ जना घाइते

तनहुँ:    पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ नयाँपुल गोरेचौतारामा आज दिउँसो दुई वटा बस ठोक्किदा २९ जना यात्रु घाइते भएका छन् । 


गण्डकी जिएए ००७० नम्बरको बस र भे १ ख ३४८७ नम्बरको बस एक आपसमा ठक्कर खाँदा २९ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।


घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो । 


बसमा च्यापिएका यात्रुलाई मुग्लिन पोखरा सडक योजनाको डोजरको सहयोगमा उद्धार गरिएको छ । हाल घाइतेहरूको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

जुम्ला:    जिल्लाको सिञ्जा गाउँपालिकाले स्थानीयलाई सहज स्वास्थ्य सेवा दिने उद्देश्यले विभिन्न रोगसम्बन्धिका नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।  विशेषज्ञ चिकित्सकबाट पालिकास्थित स्वास्थ्य चौक...

थप पढ्नुहोस्

काठमाडौं:     गत कात्तिकमा देशभर ९७ हजार एक सय ९६ घर जग्गाको कारोबार भएको छ । चाडपर्वको बिदालगायत कारणले मालपोत कार्यालय तुलनात्मक रुपमा कम खुलेकाले कारोबारको सङ्ख्या घटेको हो । गत असोजमा ए...

थप पढ्नुहोस्

काठमाडौं:     नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार, अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डको मूल्य केही घटेको छ...

थप पढ्नुहोस्