विश्येश्वरी स्कुलमा त्रिदिवसीय खेलकुद प्रतियोगिता सुरु, पहिलो दिन १० खेल सम्पन्न
पाेखरा | मंसिर २, २०८१
पोखरा: पोखरा महानगरपालिका–१ स्थित विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा त्रिदिवसीय खेलकुद प्रतियोगिता सुरु भएको छ । मंगलबारसम्म सञ्चालन हुने प्रतियोगितामा पहिलो दिन १० खेल सम्पन्न भएका छन् ।
‘गुणस्तरीय शिक्षा अनुशासन र ज्ञान’’ भन्ने मूल नाराका साथ अगाडि बढिरहेको यस विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलले विद्यार्थीको शारिरीक विकास, मनोरञ्जन र उनीहरुभित्र रहेको प्रतिभालाई प्रस्फुटन गराउने उद्देश्यले तीनदिने खेलकुद प्रतियोगिता शुरु गरेको जनाएको छ ।
त्रिदिवसीय कार्यक्रममा मा.वि. तथा नि.मा.वि. तहमा श्री माया क्षेत्री, प्रा.वि. तहमा श्री उर्मिला परियार र पूर्व प्रा.वि. तहमा श्री हिरा थापा खेलकुद संयोजक रहेकी छिन् ।
उक्त त्रिदिवसीय खेलकुद प्रतियोगिताको आज पहिलो दिनमा विद्यालयले सम्पूर्ण विद्यार्थीहरुका लागि विभिन्न तहगत रुपमा करिब १० ओटा खेल आयोजना गरिएको थियो ।
ती खेलकुदहरु सदनात्मक र खुल्ला रुपमा खेलाइएको थियो । कक्षा नर्सरीमा बिन्स पोरिङ (सिमी खन्याउने) प्रतियोगितामा इप्सान परियार प्रथम, रिहाशा गदाल द्वितीय र अनामिका सापकोटा तृतीय भएका छन् ।
यसैगरी तातो आलु (हट पोट्याटो) मा परितोष पौडेल प्रथम, सुबासना तामाङ द्वितीय र अनिक शिट तृतीय भएका छन् । कक्षा एल.के.जी. बाट तातो आलुमा मेबल मगर प्रथम, कृष्ण मेट्या द्वितीय र दिवियाङ्का कार्की तृतीय भएका छन् ।
यु.के.जी. तर्फबाट गणित दौडमा यान्सिका नेपाली प्रथम, सुप्रिम थापा द्वितीय र प्रीतिकोना मोन्डल तृतीय भएका छन् । यसैगरी यु.के.जी.तर्फ कै अर्को खेल म्युजिकल चेयरमा सौजन्य गायन प्रथम, आरभ परियार द्वितीय र आशिका लामिछाने तृतीय भएका छन् ।
कक्षा एकबाट गणित दौडमा पारोमिता मोन्डल प्रथम, रिया भुजेल द्वितीय र आदित्यसुदन जोशी तृतीय भएका छन् । सोही कक्षाको म्युजिक चेयर खेलमा जेनिशा जि.सी. प्रथम, रुबी परियार द्वितीय र पारोमिता मोन्डल तृतीय भएका छन् ।
यसैगरी जुनियर प्रा.वि. तहमा कक्षा २ छात्र समूहबाट बोरा दौडमा अप्सन परियार प्रथम, रन्जन सुनार द्वितीय र आरुश पान्डे तृतीय भएका छन् । कक्षा २ छात्रा समूहबाट बोरा दौडमा एन्जिला थापा प्रथम, प्रतिक्षा थापामगर द्वितीय र सबनम देवकोटा तृतीय भएका छन् ।
कक्षा २ मा १०० मी. दौडमा केटी समूहबाट क्रेलिसा बि.क. प्रथम, साजिया क्षेत्री द्वितीय र प्रतिक्षा थापामगर तृतीय भएका छन् ।
सोही कक्षाका छात्र समूहबाट जेनिस लामिछानेमगर प्रथम, आरुश पान्डे द्वितीय र दिप्लव नेपाली तृतीय भएका छन् । मेमोरी पावर खेलमा रन्जन सुनार प्रथम, एन्जिला थापा द्वितीय र प्रतिक्षा थापामगर तृतीय भएका छन् ।
कक्षा ३ छात्र समूहबाट बोरा दौडमा युनेश रोका प्रथम, आयन बि.क. द्वितीय र सनिप श्रेष्ठ तृतीय भएका छन् ।
कक्षा ३ कै छात्र समूहबाट बोरा दौडमा सिवानी बि.क. प्रथम, रिहाना बि.क. द्वितीय र सुजिता बाल्कोटी तृतीय भएका छन् । कक्षा ३ बाट नै मेमोरी पावर खेलमा सौगात हमाल प्रथम, अंकित मन्ना द्वितीय र दिप्सना बि.क. तृतीय भएका छन् ।
सोही तहमा १००मी. दौडमा छात्र समूहबाट सनिप श्रेष्ठ प्रथम, आयान बि.क.द्वितीय र कपिल पौडेल तृतीय भएका छन् । छात्रा समूहबाट १००मी. दौडमा सिवानी बि.क. प्रथम, सुजिता बाल्कोटी द्वितीय र सइशा तामाङ तृतीय भएका छन् ।
भने सिनियर प्रा.वि.तह तर्फबाट केटा समूहबाट बोरा दौड खेलमा कक्षा ४ का युवराज बि.क.प्रथम, सोही कक्षाका सुप्रिम थापा द्वितीय र कक्षा ५ का नुयाल तामाङ तृतीय भएका छन् ।
छात्रा समूहबाट बोरा दौड खेलमा कक्षा ५ की युनिसा अधिकारी प्रथम, कक्षा ४ की युनिका खनाल द्वितीय र कक्षा ४ कै सुयोना गुरुङ तृतीय भएका छन् । १००मी. दौडमा केटा समूहबाट सनिश बि.क.प्रथम, मन्दिप सुनार द्वितीय र सौरभ परियार तृतीय भएका छन् । १००मी. दौडमा छात्रा समूहबाट युनिका खनाल प्रथम, श्रीषा तिमिल्सिना द्वितीय र क्रिसा लिम्बु तृतीय भएका छन् ।
त्यस्तै आधारभूत सिनियर तर्फ बोरा दौडमा कक्षा ६ की प्रेना नेपाली प्रथम, सोही कक्षाकी सबिता सुनार द्वितीय र कक्षा ७ की उर्मिला गुरुङ तृतीय भएका छन् ।
सोही तहमा १००मी. दौडमा केटी तर्फकै बिनिसा तामाङ प्रथम, अंकिता पौडेल द्वितीय र प्रेना नेपाली तृतीय भएका छन् । सोही तहमा केटातर्फको १००मी. दौडमा दिप्सन क्षेत्री प्रथम, सफल थापा द्वितीय र रुप्सन गुरुङ तृतीय भएका छन् ।
यसैगरी मा.वि. तहमा १००मी. दौडमा आविष्कार शाही प्रथम, सुजन राई द्वितीय र अस्दिप बर्देवा तृतीय भएका छन् । सोही तहको केटी समूहको बोरा दौडमा प्रशंशा कार्की प्रथम, स्टेला श्रेष्ठ द्वितीय र साइना बुद्धाचार्य तृतीय भएका छन् ।
विद्यालयका प्राचार्य श्री कृष्णकुमार श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्राचार्यले खेलकुद सामाग्री विभिन्न सदनका सदन प्रमुखलाई हस्तान्तरण गरेर शुरुवात गरे । कार्यक्रमलाई विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख श्री राजु बयलकोटीले सञ्चालन गर्नुभएको थियो भने शिक्षिका श्री माया क्षेत्रीले सहजीकरण गरेकी थिईन् ।
म्याग्दी: म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८१÷८२ मा तीन सय तीन वटा पूर्वाधार सम्बन्धी योजना कार्यान्वयन गर्दैछ । गत असारको नगरसभाबाट छनौट भई बजेट बिनियोजन भएका वडा स्तरीय ...
काठमाडौं: पूर्वसभामुख दमननाथ ढुङ्गानाको पशुपतिनाथस्थित आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । त्यस अवसरमा नेपाली सेनाको एक टुकडीले दिवंगत ढुङ्गानाको सम्मानमा शोक सलामी अर्पण गर...
डोल्पा: आँखा देख्न छाडेको धेरै समयपछि पुन: दृष्टि पाएपछि डोल्पाकी ६६ वर्षीया निलकुमारी थापाले नयाँ जुनी पाएको महसुस गर्नुभएको छ । उहाँ लामो समयदेखि आखाँको मोतिविन्दुका कारण देख्न न...