सुर्खेत जीप दुर्घटना अपडेट: मृत्यु हुनेको सङ्ख्या चार पुग्यो

सुर्खेत | जेठ १७, २०८१

सुर्खेत जीप दुर्घटना अपडेट: मृत्यु हुनेको सङ्ख्या चार पुग्यो

सुर्खेत:      सुर्खेतबाट कालीकोटतर्फ गइरहेको जीप सुर्खेत–दैलेख सडक खण्डअन्तर्गत वीरेन्द्रनगरको रातानाङ्गला नजिक दुर्घटनामा परि मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । बिहीबार बिहान भे १ च २५६० नम्बरको बोलेरो जीप उक्त सडकखण्डमा दुर्घटनामा परेको हो ।


जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार जीप सडकबाट तीन सय मिटर तल खसेको थियो । जीपमा ६ जना सवार रहेका थिए ।


ट्राफिक कार्यालय सुर्खेतका प्रहरी निरीक्षक राजन पौडेलले चार जनाको शव उद्धार गरेर सडकमा ल्याइएको जानकारी दिए । घाइते दुई जनाको प्रदेश अस्पतालमा उपचार भइरहेको छ । 


दुर्घटनाको विस्तृत विवरण प्राप्त भइनसकेको प्रहरीले जनाएको छ । दुर्घटनाबारे जानकारी प्राप्त हुनासाथ सुरक्षाकर्मीको एउटा टोली उद्धारका लागि परिचालन गरिएको छ ।

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्