काठमाडौंबाट बेनी जाँदै गरेको बस कास्कीमा दुर्घटना, चालकसहित ८ जना घाइते
पाेखरा | जेठ १७, २०८१
पोखरा: काठमाडौंबाट बेनी जाँदै गरेको बस कास्कीको लेवाडेमा दुर्घटना हुँदा ८ जना यात्रु घाइते भएका छन् ।
काठमाडौंबाट बेनी जाँदै गरेको बा ५ ख २८५ नम्बरको बस कास्कीको अन्नपूर्ण गाउँपालिका–१ लेवाडेमा आज बिहान अन्दाजी ३:४० बजेको समयमा दुर्घटना हुँदा ८ जना यात्रु घाइते भएका हुन् ।
बस दुर्घटना हुँदा बसमा सवार १३ जना यात्रु मध्ये ७ जना यात्रु भएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ ।
घाइते ७ जनाको गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
बस दुर्घटना हुँदा बसका चालक पर्वतको जलजला गाउँपालिका–८ बस्ने ३६वर्षीय बलबहादुर फगामीमगर, म्याग्दीको मालिका गाउँपालिका घर भएका ३९ वर्षीय टकबहादुर कामीघाइते भएका छन् ।
यस्तै मंगला गाउँपालिका घर भएका ४५ वर्षीय प्रेम पुन, ५७ वर्षीय तिलक शर्मा, म्याग्दी घरका रञ्जना हमाल, मालिका दर्बाङ घर भएका १५ वर्षीय सबिता हमाल, ५७ वर्षीय हरी केसी म्याग्दीको मालिका गाउँपालिका–६दर्वाङ बस्ने १७ वर्षीय भिमसेन अधिकारी घाइते भएका छन् ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

