पोखरा २९ मा गाँजा कारोबार: सुकुम्बासी टोलबाट गणेश पक्राउ

पाेखरा | जेठ २, २०८१

पोखरा २९ मा गाँजा कारोबार: सुकुम्बासी टोलबाट गणेश पक्राउ

पोखरा:  इलाका प्रहरी कार्यालय शिशुवाको टोलीले गाजाँसहित एक जनालाई पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा पोखरा महानगरपालिका २९ स्थित नयाँबस्ती सुकुम्बासी टोल बस्ने वर्ष ३३ वर्षीय गणेश गुरुङ रहेका छन् ।

 

उनलाई घरको कोठाबाट लागूऔषध गाँजा ३ किलो ७०० ग्राम, मोबाइल थान १ र नगद  रु. ९ हजार ७ सय ४५ बरामद गरेको छ ।

 

कास्की प्रहरी प्रवक्ता तथा डिएसपी बसन्त कुमार शर्माका अनुसार गणेशले नयाँबस्तीमा गाँजा सञ्चय गरी विक्री वितरण गर्दै आएका थिए ।

 

हाल पक्राउ परेका उनीविरुद्ध कास्की जिल्ला अदालतबाट लागूऔषध सम्बन्धि मुद्दामा पन्ध्र (१५) दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको कास्की प्रहरीले जनाएको छ ।

काठमाडौं:   ‘घरज्वाइँ’ फेम्ड निर्देशक अनिल बुढामगरको दोस्रो कथानक फिल्म ‘मीतज्यू’ को निर्माण सुरु भएको छ । शनिबारदेखि फिल्मको अभिनय कार्यशाला सुरु भएको छ ।   कार्...

थप पढ्नुहोस्

काठमाडौं: मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले भोलि संयुक्त आन्दोलन गर्ने घोषणा गरेको छ।   आइतबार पत्रकार सम्मेलन गर्दै जेनजी समूहले सडकमा रहेका सबै जेनजी अभियन्ता,घाइते तथा सहिद परिवारलाई समेटे...

थप पढ्नुहोस्

पोखरा:   तमु समुदायको मुख्य पर्व ल्होछार/ल्होसारको अवसरमा कास्कीको माछापुच्छ्रे गाउँपालिका ८/९ स्थित घलेलमा २७ औं घलेल ल्होछार उत्सव हुने भएको छ ।   बौद्ध सृजना युवा क्लबको आयोजनामा आगामी ...

थप पढ्नुहोस्