प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता
काठमाडाैं | जेठ २, २०८१
काठमाडौं: सभामुख देवराज घिमिरे र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेटवार्तामा संसदको अवरोध कसरी हटाउने भन्ने बिषयमा छलफल भएको सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिनुभयो ।
हिजो राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएपछि बस्ने प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठकमा राष्ट्रपतिलाई धन्यवाद दिने कार्यसूची थियो । तर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण दुवै सदनले राष्ट्रपतिलाई धन्यवाद दिन पाएको थिएन ।
संसद अवरूद्ध हुँदा राष्ट्रपतिको कार्यालयबाट आएका विभिन्न पत्रहरू, समितिबाट पास भएर आएका विधेयक लगायतका विषयहरू संसदमा पेस हुन पाएन । सभामुख र प्रधानमन्त्रीबीच यिनै विषयमा छलफल भईरहेको बताईएको छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

