पोखरामा दुई व्यक्तिले होहल्ला गर्दै प्रहरीको ठुलै व्यक्ति हौं भनेपछि...

पाेखरा | फागुन १८, २०८०

पोखरामा दुई व्यक्तिले होहल्ला गर्दै प्रहरीको ठुलै व्यक्ति हौं भनेपछि...

पोखरा:    पोखरा लेकसाईडमा मादक पदार्थ सेवन गरेर हामीहरु प्रहरीको ठुलै व्यक्ति हौ भन्दै धम्की दिने २ जनालाई प्रहरीले प्रकाउ गरेको छ । 


लेकसाईडमा मादक पदार्थ सेवन गरेर होहल्ला गर्दै प्रहरीको ठुलै व्यक्ति हौ भन्दै धम्की दिदै हिडेको आरोपमा पोखराका ३२ वर्षीय नारायण गिरी र सप्तरी डाक्लेश्वरीका २१ वर्षीय विवेक ठाकुरलाई प्रहरीले प्रकाउ गरेको हो । 


प्रकाउ परेका दुईजनाको साथबाट रेडियो सेट (वाकिटाकी ) समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक सुर्य रानामगरले जानकारी दिए । 


‘लेकसाईडमा मादक पदार्थ सेवन गरेर होहल्ला गर्दै हामीहरु प्रहरीको ठुलै व्यक्ति हौं भन्दै रेडियो सेट (वाकीटाकी)देखाएर धम्की दिइरहेको सूचना आएको थियो’, निरीक्षक रानामगरले भने, ‘सूचना आएपछि डिउटीमा खटिएका प्रहरीलाई अपशब्द बोल्दै अभद्र व्यवहार गरेपछि नियन्त्रणमा लिएका हौं, अहिले म्याद थप गरेर अनुसन्धान अगाडि बढाइएको छ ।’



प्रकाउ परेका उनीहरुलाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट अभद्र व्यवहार सम्बन्धी मुद्धामा १० दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ । 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्