नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको दशौं अधिवेशन काठमाडौंमा हुने

नयाँ नेतृत्वको तयारी

पाेखरा | फागुन १८, २०८०

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको दशौं अधिवेशन काठमाडौंमा हुने

पोखरा:  नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको दशौं वार्षिक साधारण सभा एवम् अधिवेशन काठमाडौंमा हुने भएको छ । 


महासंघको दशौं साधारणसभा एवम् अधिवेशन काठमाडौं चैत २ र ३ गते हुने महासचिव किसान सुनारले जानकारी दिए । उनका अनुसार महासंघको दशौं वार्षिक साधारण सभा एवम् अधिवेशनमा देशभरबाट ४ सय बढी प्रतिनिधिहरुको सहभागिता रहनेछ । 


‘नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको दशौं वार्षिक साधारण सभा एवम् अधिवेशन काठमाडौंमा चैत २ र ३ गते गर्दै छौं, महासचिव सुनारले भने, ‘चैत २÷३ गते हुने साधारण सभा एवम् अधिवेशनको तयारी तीव्र पारेका छौं, देशभरबाट ४ सय बढी प्रतिनिधि काठमाडौं आउँदै हुनुहुन्छ ।’


उनले संघीयता कार्यान्वयनसँगै आभुषण महासंघको प्रथम प्रादेशिक विधान संसोधनपछि पहिलो अधिवेशन हुन लागेको बताए । ‘मुलुकले अख्तियार गरेको संघीय प्रणालीलाई आत्मसाथ गर्दै महासंघले नगर, उप–महानगर, जिल्ला, प्रदेश र संघीय गरी सबै तहमा सांगठनिक संचरना निर्माण गरी कार्य सम्पादन गरिरहेका छौं ।’ उनले भने । 


वि.स.२०३९ माघ २७ गते स्थापना भएको नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ मुलुकभर गहना व्यवसायीहरुको प्रतिनिधिहरुको अग्रज संघीय संस्था हो । 


नयाँ नेतृत्वको तयारी


नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको दशौं वार्षिक साधारण सभा एवम् अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने छ । 


अधिवेशनबाट ४१ सदस्यीय कार्यसमिति चयन हुनेछ । दशौं अधिवेशनबाट अध्यक्ष, विशिष्ट सदस्य, प्रथम उपाध्यक्ष, द्धितीय उपाध्यक्ष, तृतीय उपाध्यक्ष, महासचिव, सचिव,कोषाध्यक्ष सह–कोषाध्यक्ष १÷१ जना निर्वाचित हुनेछन् । 


यस्तै साधारणसभा एवम् अधिवेशनबाट १९ जना, एशोसिएटबाट ३ जना, महिला समूहबाट ३ जना र सात प्रदेशबाट १÷१ जना निर्वाचित हुनेछन् । 


निर्वाचन तालिका प्रकाशित


नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको दशौं वार्षिक साधारण सभा एवम् अधिवेशनका लागि निर्वाचन तालिका प्रकाशित भएको छ । 


निर्वाचन समिति संयोजक बद्री प्रसाद कोइरालाका अनुसार फागुन २२ गते मतदाता नामावली प्रकाशन, मतदाताउपर दाबी विरोध २३ गते, अन्तिम मतदाता नामावली प्रकाशन फागुन २४ गते, उम्मेदवारी मनोनयन दर्ता फागुन २७ गते, उम्मेदवारको प्रथम नामावली प्रकाशन फागुन १९गते, उम्मेदवारी मनोनयन पत्र माथि दावी विरोध फागुन ३० गते, दावी विरोध माथि छानविन गर्ने निर्णय फागुन ३० गते नै हुनेछ । 


यस्तै इच्छुक उम्मेदवारहरुले मनोनयन पत्र फिर्ता चैत १ गते लिन सक्नेछन् भने चैत १ नै उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन हुनेछ । 


आभुषण महासंघको चैत २ गते बन्द सत्रसँगै दिउँसो २ बजेपछि मात्र उद्घाटन सत्र सञ्चालन हुनेछ । महासंघको नयाँ नेतृत्व सर्वसम्मत नभए चैत ३ गते निर्वाचन हुने जनाइएको छ । 


 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्