पोखरामा दुई व्यक्तिले होहल्ला गर्दै प्रहरीको ठुलै व्यक्ति हौं भनेपछि...
पाेखरा | फागुन १८, २०८०
पोखरा: पोखरा लेकसाईडमा मादक पदार्थ सेवन गरेर हामीहरु प्रहरीको ठुलै व्यक्ति हौ भन्दै धम्की दिने २ जनालाई प्रहरीले प्रकाउ गरेको छ ।
लेकसाईडमा मादक पदार्थ सेवन गरेर होहल्ला गर्दै प्रहरीको ठुलै व्यक्ति हौ भन्दै धम्की दिदै हिडेको आरोपमा पोखराका ३२ वर्षीय नारायण गिरी र सप्तरी डाक्लेश्वरीका २१ वर्षीय विवेक ठाकुरलाई प्रहरीले प्रकाउ गरेको हो ।
प्रकाउ परेका दुईजनाको साथबाट रेडियो सेट (वाकिटाकी ) समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक सुर्य रानामगरले जानकारी दिए ।
‘लेकसाईडमा मादक पदार्थ सेवन गरेर होहल्ला गर्दै हामीहरु प्रहरीको ठुलै व्यक्ति हौं भन्दै रेडियो सेट (वाकीटाकी)देखाएर धम्की दिइरहेको सूचना आएको थियो’, निरीक्षक रानामगरले भने, ‘सूचना आएपछि डिउटीमा खटिएका प्रहरीलाई अपशब्द बोल्दै अभद्र व्यवहार गरेपछि नियन्त्रणमा लिएका हौं, अहिले म्याद थप गरेर अनुसन्धान अगाडि बढाइएको छ ।’
प्रकाउ परेका उनीहरुलाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट अभद्र व्यवहार सम्बन्धी मुद्धामा १० दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

