पोखरामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

पाेखरा | फागुन १९, २०८०

पोखरामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु सांकेतिक तस्वीर

पोखरा:   पोखरामा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा २ जना को मृत्यु भएको छ । पोखरा महानगरपालिका– ७ बुलौदीमा आज बिहान अन्दाजी ३ः४५ बजेको समयमा मोटरसाइकल दुर्घटना हुँदा गम्भिर घाइते भएका दुईजनाको उपचारको क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ । 


हल्लनचोकबाट जिरोकिलोमिटरतर्फ आउँदै गरेको बागमती प्रदेश ०२–३४ प ५६२१ नम्बरको मोटरसाइकल सडकको डिभाईडरमा ठोक्किदा गम्भिर घाइते भएका कैलाली सोरहनपुर ३ घर भएका २८ वर्षीय महेश आचार्य र ३० वर्षीय सैलेन्द्र कुमार उपाध्यायको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ । 

 

उनीहरुको शवलाई पोष्टमार्टमको लागि अहिले अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । दुर्घटनाको विषयमा अहिले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्