पोखरामा बिटी कप जारी, आज ८ खेल सम्पन्न
पाेखरा | फागुन २, २०८०
पोखरा: बुद्धटोल युवा (बिटी) क्लबको आयोजनामा जारी सातौं विरेन स्मृति १७ औं बिटी कप खुल्ला फुटबल प्रतियोगितामा आज (मंगलबार) ८ खेल सम्पन्न भएका छन् ।
पोखरा महानगरपालिका १ पुरानो टुंडिखेलमा आज भएको पहिलो चरण अन्तरगतकै खेलमा गण्डकी स्पोर्टस् क्लबलाई बेलीज् एफसीले ६–० गोलको फराकिलो अन्तरले पराजित गर्याे ।
बेलिजको जीतमा राकेश राईले ह्याट्रिक पूरा गरे भने दिपेश गुरुङले १ र साइमन तामाङले २ गोल गरे ।
क्लबका सचिव रेशम सापकोटाका अनुसार आज भएको दोस्रो खेलमा ह्याङओभरलाई दिव्यज्योतीकले १–० गोल अन्तरले हरायो । दिव्यज्योतीको जीतमा मन्जित थापाले निर्णायक गोल गरे ।
तेस्रो खेलमा माछापुच्छ्रे त्रिशक्ति क्लबले हरिचोक युनाइटेडमाथि ४÷१ गोल अन्तरले सहज जीत निकाल्यो । त्रिशक्तिको जीतमा मनिष ठकुरीले २ गोल गरे भने रविन नेपाली र आइत तामाङले समान १ गोलको योगदान दिए ।
चौथो खेलमा माइती गोर्खालाई कमलपोखरी एफसीले ३–० गोल अन्तरले पराजित गर्याे । कमलपोखरीको जीतमा प्रकाश तामाङ, विनम गुरुङ र अमित गुरुङले समान १ गोल गरे ।
पाँचौ खेलमा सिटी जिमलाई जिनाइन युनाइटेडले ५–० गोलको फराकिलो अन्तरले पाखा लगायो । जिनाइनको जीतमा बुद्धि तामाङ, दौलत गुरुङ, रोशन रानामगरले समान १ गोल गरे भने आशिष गुरुङले २ गोलको योगदान दिए ।
यसैगरी छैटौं खेलमा लिभिक कन्स्ट्रक्सन र शुक्लागण्डकी हेम्जाबीच भएको खेल गोलरहित भएपछि टाइब्रेकरमा शुक्लागण्डकीले ३–२ गोल अन्तरले पराजित गर्याे । सातौ खेलमा बगर युनाइटेडलाई भदौरे क्लबले ३–१ गोल अन्तरले हरायो ।
रामघाट क्लब र गार्डेन एफसीबीच भएको आजको अन्तिम खेल गोलरहित भएपछि टाइब्रेकरमा गार्डेनलाई ६–५ गोल अन्तरले हराउदै रामघाट दोस्रो चरणमा प्रवेश गर्याे ।
बुधबारपनि पहिलो चरणकै ८ खेल सञ्चालन गरिने आयोजकले जनाएको छ । आगामी १० गते सम्पन्न हुने प्रतियोगितामा कुल ५६ टिमको सहभागिता रहेको छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

