पोखरामा प्रथम सहिद लखन थापामगरको १ सय ४७ औं स्मृति दिवसमा दीप प्रज्वलन
पाेखरा | फागुन २, २०८०
पोखरा: प्रथम सहिद लखन थापामगरको १ सय ४७ औं स्मृति दिवसको अवसरमामा पोखरामा दीप प्रज्वलन गरिएको छ ।
प्रथम सहिद थापामगरको १ सय ४७ औं स्मृति दिवसको अवसरमा पोखराको लखन चोकमा मगर विद्यार्थी संघ कास्की र पीएन क्याम्पस कमिटिको सयुक्त आयोजनामा दीप प्रज्वलन गरिएको हो ।
दीप प्रज्वलन कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशका सल्लाकार धनप्रसाद तामाङ, नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशका अध्यक्ष धर्मराज तमु, प्रदेश महासचिव सुजन लामा, नेपाल मगर संघ कास्कीका अध्यक्ष रामबहादुर थापा, नेपाल मगर विद्यार्थी संघ गण्डकी प्रदेशका सचिव शुसिल थापामगर र पीएन क्याम्पस कमिटि अध्यक्ष कृष्ण बुढामगर लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नेपाल मगर विद्यार्थी संघ कास्कीका अध्यक्ष महेश घर्ती मगरका अध्यक्षता र सचिव योगेन्द्र थापामगरको सञ्चालनमा सम्पन्न भएको थियो ।
बाँके: जेनजी आन्दोलनका क्रममा भएको आगजनीले यातायात व्यवस्था कार्यालय बाँकेमा अत्यधिक क्षति पुगेको छ । आगलागीका कारण नेपालगञ्जको बाँके गाउँस्थित कार्यालयको भौतिक संरचना पूर्ण रूपमा क्षतिग्रस्त ह...
काठमाडौं: नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले पार्टीभित्र वरिष्ठ र युवापुस्ताको मिलनविन्दु आफू भएको बताउनु भएको छ । उहाँले लामो समयदेखि पार्टीभित्र र बाहिरका ‘फोरम’मा युवापुस्त...
पोखरा: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनले एकताको सन्देश दिने बताउनु भएको छ। नेकपा एमालेको ११ औँ महाधिवेशन उद्घाटन समारोहलाई शनिबार भक्तपुरमा नेकपा...

