२०८१ सालका सार्वजनिक बिदा (सूचीसहित)
काठमाडाैं | फागुन २, २०८०

काठमाडौं: नेपाल सरकारले आगामी २०८१ सालका लागि सार्वजनिक बिदाको विवरण सार्वजनिक गरेको छ । २०८१ वैशाख १ देखि चैत मसान्तसम्म दिइने बिदाको विवरण नेपाल राजपत्रमा प्रकाशन भएसँगै गृह मन्त्रालयले विभिन्न सार्वजनिक बिदा, पर्व बिदा र विभिन्न दिवसको मिति सार्वजनिक गरेको छ ।
२०८१ वैशाख १ देखि चैत मसान्तसम्म दिइने बिदाको विवरण नेपाल राजपत्रमा प्रकाशन भएसँगै मन्त्रालयले सो विवरण सार्वजनिक गरेको हो । मन्त्रालयले वर्षभरि हुने ५३ शनिबारबाहेक अन्य सार्वजनिक बिदाको सूची प्रकाशित गरेको छ ।
आगामी २०८१ साल मुलुकभर दिइने सार्वजनिक बिदामा वैशाख १ गते नयाँ वर्ष, वैशाख ५ गते रामनवमी, वैशाख १९ गते विश्व मजदुर दिवस, जेठ १० गते बुद्ध पूर्णिमाको दिन सार्वजनिक बिदा घोषणा गरिएको छ । जेठ १५ गते गणतन्त्र दिवसको बिदा दिइएको छ ।
भदौ ३ गते रक्षाबन्धन, भदौ १० गते श्री कृष्ण जन्माष्टमीको दिन पनि बिदा दिइएको छ ।
असोज ३ गते संंविधान दिवस, असोज १७ गते घटस्थापना, असोज २४ देखि असोज २८ गतेसम्म पाँच दिन दशैँ बिदा दिइएको छ । कात्तिक महिनामा १५ गतेदेखि १९ गतेसम्म तिहारमा पाँच दिन बिदा दिइएको छ भने २२ गते छठपर्वमा पनि बिदा छ । मङ्सिर ३० गते उधौली पर्व, योमरी पुन्हिको अवसरमा बिदा दिइएको छ ।
पुस १५ गते तमुु ल्होसार र पुस २७ गते पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदा दिइएको छ ।
माघी पर्वको अवसरमा माघ १ गते, सोनाम ल्होसारको अवसरमा माघ १७ गते बिदा हुनेछ । फागुन ७ गते प्रजातन्त्र दिवस, फागुन १४ गते महाशिवरात्री, फागुन १६ गते शेर्पाको ग्याल्पो ल्होसार, फागुन २४ गते अन्तर्राष्ट्रिय महिला दिवसमा पनि बिदा दिइएको छ । इस्लाम धर्मावलम्बीहरुको पर्व ईद (ईद उल फित्र) र बकर ईद (इद उल उजाह) का दिन पनि दुई दिन सार्वजनिक बिदा हुने राजपत्रमा उल्लेख छ ।
यस्तै, फागुपूर्णिमामा हिमाली र पहाडी ५६ जिल्लामा फागुन २९ गते र तराईका जिल्लामा चैत्त १ गते बिदा दिइएको छ ।
पाल्पा: पाल्पाको रम्भा गाउँपालिका– २ फोक्सिङकोट र वडा नं ३ रिमिघा लेकमा यार्सागुम्बा भेटिएको छ। राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार, ललितपुरमा गरिएको परीक्षणका क्रममा बहुमूल्...
पोखरा: पोखरा महानगरपालिका–१५ स्थित वन विज्ञान अध्ययन संस्थान नजिक एक युवकको हत्या भएको छ । वन विज्ञान अध्ययन संस्थान नजिकै घन प्रहार गरेर हत्या गरेको अवस्थामा अन्दाजी ३०/३५ वर्षीय युवकको ...
काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडी, पूर्व मुख्यसचिव वैकुण्ठ अर्याल लगायत विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । प्रबन्ध निर्देशक सङ्गीता पहाडीसहित...