ठगी मुद्धामा फरार रहेका लेकसाइडका मिलन प्रकाउ

पाेखरा | पुस १९, २०८०

ठगी मुद्धामा फरार रहेका लेकसाइडका मिलन प्रकाउ

पोखरा:   फेवातालस्थित फुटट्र्याकमा फोटोग्राफी काम गर्नेसँग रकम उठाई ठगी गरेको प्रकरणमा फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

पोखरा महानगरपालिका ६ बैदाम बस्ने वर्ष ४० का मिलन पहारीलाई  जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलीले प्रकाउ गरेको हो । 

 

विभिन्न किसिमबाट धम्काई फोटोग्राफी व्यवसायी दर्ता नगरी ठगी गरेको भन्ने जाहेरीका आधारमा पहारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।


उनलाई मंगलबार पक्राउ गरि बुधबार अदालत पेस गरिएकोमा बयान नसकिएपछि हिरासतमै राखिएको प्रहरी प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए ।


यसअघि यसै प्रकरणमा पक्राउ परेका वडा सदस्यसहित चार जना पुर्पक्षका लागि जेल चलान भइसकेका छन् ।

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्