पहिरोमा पुँरिदा अछाममा १४ जनाको मृत्यु, ९ बेपत्ता

अछाम | असोज १, २०७९

पहिरोमा पुँरिदा अछाममा १४ जनाको मृत्यु, ९ बेपत्ता

अछाम:  अछामको विभिन्न भागमा पहिरो जाँदा १४  जनाको मृत्यु र ९ जना बेपत्ता भएका छन् ।

 

जिल्ला प्रशासन कार्यालयका अनुसार गए रातिदेखिको वर्षासँगै पहिरो जाँदा तुर्माखाँद गाउँपालिकामा दुई घर पुरिएर नौ जना बेपत्ता भएकामा दुई जनाको शव भेटिएको र बाँकीको खोजी भइरहेको निमित्त प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिनुभयो ।

 

वर्षातका कारण उक्त क्षेत्रको सञ्चार सेवासमेत अवरुद्ध भएको छ । त्यसैगरी यहाँको कमलबजार नगरपालिकामा पहिरो गएर घर पुरिँदा १४ जनाको मृत्यु भएको छ ।

 

ठाँटीखाँदका सातै जना घरको माथिबाट खसेको पहिरोमा पुरिएकामा सबैको शव फेला पारेको छ । पहिरोमा परी अन्य आठ जना घाइते भएका भएकामा चार जनाको अवस्था जटिल छ ।

 

त्यसैगरी पहिरोकै कारण ढकारी गाउँपालिकामा एक घर पुरिँदा तीन जना घाइते भएका छन् ।

 

अछामका विभिन्न स्थानमा पहिरोका कारण क्षति भएपछि स्थानीय प्रशासन, प्रहरी टोली बिहानैदेखि उद्धारमा खटिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नारायण डाङीले यहाँका अन्य ठाउँमा पनि पहिरोले घर पुरिएर क्षति भएको खबर आएकाले प्रहरीको टोली परिचालन गरिएको जानकारी दिनुभयो ।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्