काठमाडौं: आइसिसी एकदिवसीय विश्वकप छनोटमा अमेरिकाले नेपाललाई २ सय ८ रनको मध्यम लक्ष्य दिएको छ । ताकशिंगा स्पोट्र्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अमेरिका ४९ ओभरमा २ सय ७ रनमा अल आउट भयो । अमेरिकाका शायन जाहांगिरले ७९ बलमा १० चौका र ३ छक्कासहित १ सय रनमा नट आउट रहे । उनको यो अन्तर्राष्ट्रिय करिअरको कुनैपनि खेलको पहिलो शतक हो । उनले ७९ बलमा शतक पूरा गरेका थिए । एक समय १८–४ को दयनीय अवस्थामा पुगेको अमेरिकालाई खेलमा फर्काउन उनले सानदार शतक हानेका हुन् । सुशान्त मोदानी ७१ बलमा ३ चौका र १ छक्कासहित ४२ रनमा आउट भए । वेस्टइन्डिजविरुद्ध शतक हानेका गजानन्द ४१ बलमा २ चौका र १ छक्कासहित २६ रनमा आउट भए । उनी स्पिनर दीपेन्द्रसिंह ऐरीको २२ औं ओभरको तेस्रो बलमा फस्ट स्लिपमा आरिफ शेखबाट उत्कृष्ट क्याच आउट हुन पुगेका थिए । एक समय १८–४ को दयनीय अवस्थामा पुगेको अमेरिकालाई पाँचौं विकेटका लागि सुशान्त मोदानी र गजानन्दसिंहले ७३ बलमा ४७ रनको साझेदारी गर्दै पूनरागमन गराएका थिए । करण केसीले दोस्रो ओभरको पाँचौं बलमा ओपनर स्टिभ टेलरलाई ४ रनमा एलबीडब्लू आउट गरे । गतवर्ष टेलरले नेपालविरुद्ध आफ्नो घरेलु मैदानमा १ सय १४ रनको सानदार शतकीय इनिङ खेलेका थिए । नेपालविरुद्ध लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका टेलर सुरुवातमै आउट भएपछि नेपाल पावर प्लेमा हाबी बनेको थियो । लगत्तै अर्को बलमा युवा ब्याटर साइतेजा मुकामल्ला शून्यमा आउट भए । उनी आरिफ शेखबाट फस्ट स्लिपमा क्याच आउट भएका थिए । कुशल भुर्तेलले अमेरिका कप्तान आरोन जोन्सलाई दुई रनमा जीवनदान दिएका थिए । करण केसीको आठौं ओभरको पहिलो बलमा भुर्तेलले दुई रनमा क्याच छाड्न पुगेका थिए । तर पाँचौं बलमा उनी कुशलबाटनै आउट भए । करणले दशौं ओभरको दोस्रो बलमा नोष्तुश केन्जिगेलाई एक रनमा स्लिपमा आरिफ शेखबाट क्याच गराएपछि अमेरिका संकटमा पुगेको थियो । निसर्ग पटेलले ८ र जेसी सिंहले १२ रनमा आउट भए । नेपालका करण केसीले ९ ओभरमा ३ मेडनसहित ३३ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । गुलशन झाले १० ओभरमा ५२ रन खर्चेर ३ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले ५ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । ललित राजवंशीले १० ओभरमा २० रन खर्चेर १ विकेट लिए । सन्दीप लामिछानेले १० ओभरमा ५८ रन खर्चिदा विकेट लिन सकेनन् । सन्दीप पहिलो पटक लगातार दोस्रो ओडिआई खेलमा विकेट विहीन बनेका हुन् । सन्दीपले जिम्बावेविरुद्ध १० ओभरमा ७७ रन खर्चेर विकेट लिन सकेका थिएनन् ।
काठमाडौं: नेपालका स्पिनर ललितनारायण राजवंशीले आइसिसी एकदिवसीय विश्वकप छनोटमा अमेरिकाविरुद्ध छैटौं सफलता दिलाएका छन् । जिम्बावेको ताकशिंगा स्पोट्र्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अमेरिका २७.४ ओभरमा ६ विकेट गुमाउँदै ९४ रन बनाएको छ । ललितले सुशान्त मोदानीलाई ४२ रनमा बोल्ड आउट गरे । स्वीप खेलेका मोदानी मिस भएपछि बोल्ड हुन पुगेका थिए । उनले ७१ बलमा ३ चौका र १ छक्का प्रहार गरे । गजानन्द ४१ बलमा २ चौका र १ छक्कासहित २६ रनमा आउट भए । उनी स्पिनर दीपेन्द्रसिंह ऐरीको २२ औं ओभरको तेस्रो बलमा फस्ट स्लिपमा आरिफ शेखबाट उत्कृष्ट क्याच आउट हुन पुगेका थिए । आउट साइड एज लागेको बल विकेटकिपर आसिफ शेखको खुट्टामा लागेर आरिफ शेखले क्याच लिएका थिए । एक समय १८.४ को दयनीय अवस्थामा पुगेको अमेरिकालाई पाँचौं विकेटका लागि सुशान्त मोदानी र गजानन्दसिंहले ७३ बलमा ४७ रनको साझेदारी गर्दै पूनरागमन गराएका थिए । नेपालका तीव्र गतिका बलर करण केसीले चार विकेट लिँदै अमेरिकालाई दयनीय अवस्थामा पुर्याएका थिए । करणले ७ ओभरमा ३ मेडनसहित ११ रन खर्चेर ४ विकेट लिएका छन् ।
काठमाडौं: आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले अमेरिकाविरुद्ध चौथो सफलता पाएको छ । जिम्बावेको ताकशिंगा स्पोट्र्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अमेरिका ९.२ ओभरमा १८-४ को दयनीय अवस्थामा पुगेको छ । करण केसीले दोस्रो ओभरको पाँचौं बलमा ओपनर स्टिभ टेलरलाई ४ रनमा एलबीडब्लू आउट गरे । लगत्तै अर्को बलमा युवा ब्याटर साइतेजा मुकामल्ला शून्यमा आउट भए । उनी आरिफ शेखबाट फस्ट स्लिपमा क्याच आउट भएका थिए । कुशल भुर्तेलले अमेरिका कप्तान आरोन जोन्सलाई दुई रनमा जीवनदान दिएका थिए । करण केसीको आठौं ओभरको पहिलो बलमा भुर्तेलले दुई रनमा क्याच छाड्न पुगेका थिए । तर पाँचौं बलमा उनी कुशलबाटनै आउट भए । करणले दशौं ओभरको दोस्रो बलमा नोष्तुश केन्जिगेलाई एक रनमा स्लिपमा आरिफ शेखबाट क्याच गराएपछि अमेरिका संकटमा पुगेको हो । करण केसीले ४.३ ओभरमा २ मेडनसहित ७ रन खर्चेर ४ विकेट लिएका छन् ।
काठमाडौं: नेपालले आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा अमेरिकाविरुद्धको ३ विकेट लिएको छ । जिम्बावेको ताकशिंगा स्पोट्र्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अमेरिकाले ८ ओभरमा ३ विकेट गुमाउँदै १४ रन बनाएको छ । करण केसीले दोस्रो ओभरको पाँचौं बलमा ओपनर स्टिभ टेलरलाई ४ रनमा एलबीडब्लू आउट गरे । लगत्तै अर्को बलमा युवा ब्याटर साइतेजा मुकामल्ला शून्यमा आउट भए । उनी आरिफ शेखबाट फस्ट स्लिपमा क्याच आउट भएका थिए । कुशल भुर्तेलले अमेरिका कप्तान आरोन जोन्सलाई दुई रनमा जीवनदान दिएका थिए । करण केसीको आठौं ओभरको पहिलो बलमा भुर्तेलले दुई रनमा क्याच छाड्न पुगेका थिए । तर पाँचौं बलमा उनी कुशलबाटनै आउट भए ।
काठमाडौं: नेपालले आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा अमेरिकाका प्रमुख दुई विकेट लिएको छ । जिम्बावेको ताकशिंगा स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अमेरिका २ ओभरमा ६-२ को अवस्थामा छ । करण केसीले दोस्रो ओभरको पाँचौं बलमा ओपनर स्टिभ टेलरलाई ४ रनमा एलबीडब्लू आउट गरे । लगत्तै अर्को बलमा युवा ब्याटर साइतेजा मुकामल्ला आरिफ शेखबाट क्याच आउट भएका हुन् । अमेरिकाका आरोन जोन्स र सुशान्त मोदानी क्रिजमा छन् । अमेरिका नियमित कप्तान मोनांक पटेल बिरामीको कारण आजको खेल गुमाउने भएका छन् । त्यसैको कारण अमेरिकाको कप्तानी आरोन जोन्सले गर्ने छन् । मोनांकको स्थानमा अमेरिकाले स्पिन अलराउन्डर निसर्ग पटेललाई मैदान उतारेको छ । यता नेपालले टोलीमा एक परिवर्तन गरेको छ । घाइते सोमपाल कामीको स्थानमा बायाँ हाते स्पिनर ललितनारायण राजवंशी टोलीमा फर्किएका छन् । आइतबार जिम्बावेसँगको खेलको क्रममा घाइते भएका सोमपाल अमेरिकासँगको खेलमा फिट नभएका हुन् ।
काठमाडौं: नेपालले आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा अमेरिकाविरुद्ध टस जितेको छ । जिम्बावेको ताकशिंगा स्पोर्ट्स क्लबमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका छन् । अमेरिका कप्तान मोनांक पटेलले नेपालविरुद्धको खेल गुमाउने भएका छन् । त्यसैको कारण टसमा अमेरिकामा उपकप्तान आरोन जोन्स आएका थिए । आज कप्तानी जोन्सले नै गर्नेछन् । नेपालका तीव्र गतिका बलर सोमपाल कामी नखेल्ने रोहितले पक्का गरेका छन् । नेपाल अमेरिकालाई हराउँदै सुपर सिक्समा पुग्ने बलियो सम्भावना बनाउन चाहन्छ । दुबै टोली पहिलो जितको खोजीमा हुनेछन् । नेपाल पहिलो खेलमा जिम्बावेसाँग ८ र अमेरिका वेस्टइन्डिजसँग ३९ रनले पराजित भएको थियो । नेपाल र अमेरिका दुबैले टेस्ट टोलीविरुद्ध सानदार प्रदर्शन गरेको हुँदा उच्च मनोबलका साथ मैदान उत्रर्नछन् । आइतबार जिम्बावेसँगको खेलको क्रममा घाइते भएका सोमपाल अमेरिकासँगको खेलमा फिट नभएको बुझिएको छ । त्यसैले उनको स्थानमा नेपालले ललितलाई खेलाएको छ । ३४ औं ओभरको तेस्रो बलमा जिम्बावेका ब्याटर सन विलियम्सले प्रहार गरेको शट रोक्नेक्रममा उनको दायाँ हातको बुढी औंलामा लाग्न पुगेको थियो । त्यसैले नेपालले आजको खेलमा सोमपालको स्थानमा ललितलाई खेलाएको छ । नेपालको प्लेइङ ११ : कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने, भीम सार्की र ललित राजवंशी ।
काठमाडौं: आईसीसी एकदिवसीय विश्व कप छनोटमा नेपालले आज (मङ्गलवार) अमेरिकासँग खेल्दैछ । नेपाल र अमेरिकाबीचको खेल नेपाली समयअनुसार दिउँसो पौने १ बजे हरारेको टाकासिंगा स्पोर्ट्स क्लबमा हुनेछ । नेपाल र अमेरिकाबीच अहिलेसम्म ६ वटा एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेल भएको छ । जसमा नेपाल तीन खेलमा विजयी, दुई खेलमा पराजित र एक खेलमा बराबरी भएको छ । आईसीसी विश्व कप लिग–२ अन्तर्गत सन् २०२० मा घरेलु मैदानमा भएको दुवै खेलमा नेपालले अमेरिकालाई हराएको थियो । नेपाल पहिलो खेलमा ३५ रन र दोस्रो खेलमा ८ विकेटले विजयी भएको थियो । यस्तै सन् २०२१ मा ओमानमा नेपाल र अमेरिकाबीच दुई वटा खेल भएको थियो । जसमा नेपाल र अमेरिकाले १/१ वटा खेल जितेका थिए । पहिलो खेलमा नेपाल ५ विकेटले विजयी भएको थियो भने दोस्रो खेलमा अमेरिका ६ विकेटले विजयी भएको थियो । यस्तै सन् २०२२ मा अमेरिकामा नेपाल र घरेलु टोलीबीच दुई वटा खेल भएको थियो । पहिलो खेल बराबरीमा सकिएकोमा दोस्रो खेलमा अमेरिका ३९ रनले विजयी भएको थियो ।
पोखरा: पोखरा क्रिकेट एकेडेमीको आयोजना तथा युकेको मेरलिबोन क्रिकेट फाउण्डेशन र किडासाको सहयोगमा ब्रेकिङ बाउण्ड्रिज कास्की जिल्ला स्तरीय अन्तर सामुदायिक विद्यालय स्तरिय टी–२० क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा छात्रतर्फ त्रिभुवन मावि तथा छात्रातर्फ बाराही मावि च्याम्पियन भएको छ । पोखरा रंगशालामा छात्रतर्फ सोमबार भएको फाइलन खेलमा त्रिभुवनले जनप्रिय माविलाई ८ विकेटले पराजित गर्दै च्याम्पियन बनेको हो । पहिला ब्याटिङ गरेको जनप्रियले १०.३ ओभरमा सम्पूर्ण विकेट गुमाएर ३२ रन मात्रै बनाउन सक्यो । जनप्रियका प्रतिक सर्माले ८ रन बनाए । त्रिभुवनका बलर करण यादवले ३ र संगम सुवेदीले २ विकेट लिए । जितका लागि ३३ रनको लक्ष्य पछ्याएको त्रिभुवनले ३ ओभर २ विकेट गुमाएर जित हाँसिल ग¥यो । त्रिभुवनका करण यादवले २५ रन हाने । छात्रातर्फ बाराहीले सिद्ध माविलाई २ विकेटले पराजित गर्दै प्रथम स्थान हाँसिल ग¥यो । पहिला ब्याटिङ गरेको सिद्धले १५ ओभरमा ४ विकेट गुमाएर ७९ रन बनायो । सिद्धका रचना चौधरीले २० तथा सानिया तामाङ्गले १५ रन जोडे । जितका लागि ८० रनको लक्ष्य सहित मैदान उत्रिएको बाराहीले ११.३ ओभरमा ८ विकेटको क्षतिमा जित हाँसिल ग¥यो । बाराहीका कमला बुढाले १३, सफलता भुजेलले ५ रन बनाए । प्रतियोगितामा छात्रतर्फ त्रिभुवन माविका करण यादव बेष्ट ब्याट्स्म्यान, जनप्रियका समिर भट्टराई बेष्ट बलर भए । छात्रातर्फ सिद्धका रचना चौधरी बेष्ट व्याटर तथा सिद्धकै सुसिला तामाङ्ग बेष्ट बलर भइन् । विजेता तथा उपविजेता टोलीले ट्रफि, मेडल सहित प्रमाण पत्र पुरस्कार प्राप्त गरे । नेपाल क्रिकेट संघका केन्द्रिय सदस्य ऋषिराम गौतम, प्रदेश क्रिकेट संघ गण्डकीका अध्यक्ष देवेन्द्र प्रजु, कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देल, सहयोगी एमसिसी प्रतिनिधी सचिन शाक्य, आयोजक पोखरा क्रिकेट एकेडेमीका अध्यक्ष बोबिन कुँवर लगायतले विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।
काठमाडौं: आईसीसी एकदिवसीय विश्व कप क्रिकेटको छनोटमा नेपाल टेस्ट राष्ट्र जिम्बावेसँग ८ विकेटले पराजित भएको छ । नेपालले दिएको २ सय ९१ रनको लक्ष्य घरेलु टोली जिम्बावेले ४४ ओभर १ बलमा मात्रै २ विकेट गुमाएर भेटायो । जिम्बावेका कप्तान क्रेग इरभाइन र सेन विलियम्सले शतक बनाए । इरभाइनले १ सय २१ र विलियम्सले १ सय २ रन बनाए । बलिङतर्फ सोमपाल कामी र गुलसन झाले १र१ विकेट लिए । हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९० रन बनायो । नेपालका लागि कुशल भुर्तेलले ९९, आसिफ शेखले ६६, कुशल मल्लले ४१ र कप्तान रोहित पौडेलले ३१ रन बनाए । बलिङतर्फ जिम्बावेका रिचार्ड नगारभाले ४ र वेलिङ्टन मस्कादाले २ विकेट लिए । आजदेखि सुरु भएको विश्व कप छनोटमा नेपाल रहेको समूहमा जिम्बाब्वेसँगै वेस्ट इन्डिज, अमेरिका र नेदरल्याण्ड्स रहेका छन् । नेपालभन्दा निकै बलिया देश भएकाले नेपाललाई पछिल्लो समयको उत्कृष्ट लय कायमै राख्न मुख्य चुनौती छ । समूह ुबीु मा आयरल्यान्ड, श्रीलङ्का, यूएई, स्कटल्यान्ड र ओमान छन् । दुवै समूहका शीर्ष तीन टोली ’सुपर सिक्स’ मा पुग्नेछन् । ‘सुपर सिक्स’ मा अर्को समूहबाट आउने तीन टोलीसँग प्रतिस्पर्धा हुनेछ । त्यसपछि शीर्ष दुई टोलीले आउँदो अक्टोबरमा हुने विश्व कपमा स्थान बनाउनेछन् ।