स्याङ्जाको टक्सारमा ‘पुतलीबजार खुल्ला भलिबल प्रतियोगिता’ हुने, विजेतालाई ५० हजार
स्याङ्जा | असोज १७, २०८०
स्याङ्जा: बडा दशैंको अवसरमा स्याङ्जाको पुतलीबजार नगरपालिका ६ टक्सारमा ‘प्रथम खुल्ला भलिबल प्रतियोगिता’ आयोजना हुने भएको छ ।
‘समाजका लागि युवा, युवाका लागि खेलकुद’ भन्ने मुल नारासहित माछापुच्छ्रे युवा क्लबले खुल्ला भलिबल र छेलो प्रतियोगिता आयोजना गर्न लागेको क्लबका अध्यक्ष विजय गुरुङले जानकारी दिए ।
उनका अनुसार प्रतियोगिता आगामी कार्तिक १ गतेदेखि ३ गतेसम्म संञ्चालन हुने छ । भलिबल प्रतियोगितातर्फ प्रथम हुने टोलीलाई रु ५० हजार नगदसहित शिल्ड तथा प्रमाणपत्र प्रदान गरिनेछ ।
त्यसैगरी, दोस्रो हुने टोलीले रु ३० हजार नगदसहित शिल्ड तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।
प्रतियोगिताबाट उत्कृष्ट हुने खेलाडीलाई रु ३ हजारले पुरस्कृत गरिने उनले बताए ।
यस्तै छेलोतर्फ प्रथम हुनेलाई ५ हजार सहित मेडल तथा प्रमाणपत्र र द्वितियलाई ३ हजार नगदसहित मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ ।
खेलकुदको माध्यमबाट समाजमा सकारात्मक परिवर्तन गर्न र खेलकुद विकासको लागि प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।

नेकपा (एमाले) ले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारको टु...
पोखरा: ११६ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारी पर्यटन व्यवसायी महिला संघ(टेवान) पोखराले समाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा आज पोखरामा महिलालाई लक्षित गरी मेनोपज सचेतना ...
काठमाडौंः नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर आधा रु ९५५ मा बिक्री वितरण गर्ने निर्णय गरेको छ । निगमले बिहीबार विज्ञप्ति जारी गरी हालको परिस्थितिला...

