पोखरा:   पोखरामा जारी वात्सल्या एभरेष्ट महिला भलिबल लिगको मंगलबार हुने खेलहरु स्थगित गरिएको छ ।  आयोजक ईन्फिनिटी ड्रिम्स प्रालिले प्रेस विज्ञप्ती जारी गर्दै देशको विद्यमान परिस्थितिलाई मध्यनजर गर्दै...

पोखरा:     फेवातालमा आज देखि नेपाल–चीन ड्रागन बोट रेस फेस्टिभल सुरु भएको छ ।  चिनियाँ राजदूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा नेपाल–चीन ड्रागन बोट रेस फेस्टिभल सुरु भएको छ ।  २ सय र पाँच सय मिटरको दुरीमा हुने नेपाल–चीन ड्रागन बोट रेस फेस्टिभलमा चिनियाँ ४ समूह, नेपाली ४ समूहको सहभागिता रहेको छ । बंग्लादी घाटदेखि स्विमिङपुलघाटसम्म बोट रेस सञ्चालन भएको छ । ५ सय मिटरतर्फ विजेताले नगद ५ लाख, उपविजेताले नगद ३ लाख तथा तृतीय स्थान हाँसिल गर्नेले नगद २ लाख पुरस्कार प्राप्त गर्नेछन् । त्यसैगरि २ सय मिटर दौडतर्फ विजेताले नगद ३ लाख, उपविजेताले नगद २ लाख तथा तृतीय स्थान हाँसिल गर्नेले नगद १ लाख पुरस्कार प्राप्त गर्नेछन् ।   दक्षिण एसियामै पहिलोपटक आयोजना गरिएको बोट रेस फेस्टिभलमा सिचुवान डाइगन बोट टिम, युवान ड्रागन बोट टिम, एस.जी ड्रागन्स, सिंगापुर, चाइना–नेपाल फे्रण्डशिप ड्रागन बोट टिम पोखरा, नारा ड्रागन बोट टिम नेपाल, एनआरसिए बोट टिम नेपाल, फेवा लेक ड्रागन बोट टिम र पोखरा मेट्रोपोलिटिन ड्रागन बोट प्रतिस्पर्धा गरेका छन् । 

काठमाडौं:    आईसीसी एकदिवसीय विश्व कप क्रिकेट छनोटमा नेपाल वेस्ट इन्डिजसँग १ सय १ रनले पराजित भएको छ । जिम्बावेले दिएको ३ सय ४० रनको लक्ष्य पछ्याएको नेपाल ४९ ओभर ४ बलमा नेपाल २ सय ३८ रनमा अलआउट भयो । नेपालका लागि आसिफ शेखले सर्वाधिक ६३ रन बनाए । यस्तै गुलसन झाले ४२, कप्तान रोहित पौडेलले ३०, आसिफ शेख र करण केसीले समान २८ रन बनाए । बलिङतर्फ वेस्ट इन्डिजका जेसन होल्डरले ३ विकेट लिए ।  यसअघि हरारेमा टस हारेर ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ३९ रन बनायो । वेस्ट इन्डिजका शाई होप र निकोलस पुरनले शतक बनाए । होप १ सय ३२ र पुरन १ सय १५ रनमा आउट भए । बलिङतर्फ नेपालका ललित राजवंशीले ३ विकेट लिँदा करण केसी, सन्दीप लामिछाने, गुलसन झा र दीपेन्द्रसिंह ऐरीले १र१ विकेट लिए । यो जितसँगै वेस्ट इन्डिज २ खेलमा ४ अङ्कसहित समूह ‘ए’ को शीर्ष स्थानमा पुगेको छ । नेपाल ३ खेलमा २ अङ्कसहित चौथो स्थानमा छ । नेपालले अब पर्सि शनिवार नेदरल्यान्ड्ससँग खेल्नेछ ।  विश्व कप छनोटमा नेपाल रहेको समूह ‘ए’ मा वेस्ट इन्डिजसँगै जिम्बाब्वे, अमेरिका र नेदरल्यान्ड्स छन् । समूह ‘बी’ मा आयरल्यान्ड, श्रीलङ्का, यूएई, स्कटल्यान्ड र ओमान छन् । दुवै समूहका शीर्ष तीन टोली ’सुपर सिक्स’ मा पुग्नेछन् । ‘सुपर सिक्स’ मा अर्को समूहबाट आउने तीन टोलीसँग प्रतिस्पर्धा हुनेछ । त्यसपछि शीर्ष दुई टोलीले आउँदो अक्टोबरमा हुने विश्व कपमा स्थान बनाउनेछन् । अन्तर्राष्ट्रिय एकदिवसीयमा नेपाल र वेस्ट इन्डिजको यो पहिलो खेल हो । वेस्ट इन्डिज दुई पटकको एकदिवसीय तथा टी–ट्वान्टी विश्व कप च्याम्पियन हो ।

काठमाडौं:     आईसीसी एकदिवसीय विश्व कप क्रिकेट छनोटमा वेस्ट इन्डिजले नेपाललाई ३ सय ४० रनको विशाल लक्ष्य दिएको छ ।  हरारेमा टस हारेर ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ३९ रन बनायो । वेस्ट इन्डिजका शाई होप र निकोलस पुरनले शतक बनाए । होप १ सय ३२ र पुरन १ सय १५ रनमा आउट भए । बलिङतर्फ नेपालका ललित राजवंशीले ३ विकेट लिँदा करण केसी, सन्दीप लामिछाने, गुलसन झा र दीपेन्द्रसिंह ऐरीले १/१ विकेट लिए  ।    नेपालले केही बेरमा जवाफी ब्याटिङ थाल्नेछ । 

आईसीसी क्रिकेट विश्वकप छनोटअन्तर्गत वेस्ट इन्डिजविरुद्धको खेलमा टस जितेर फिल्डिङ थालेको नेपालले दोस्रो विकेट लिएको छ। बलिङमा राम्रो सुरुआत गरेको नेपालका गुल्शन झाले वेस्ट इन्डिजका लागि वान् डाउनमा क्रिजमा उत्रिएका जोन्सोन चार्ल्सलाई पभिलियन फर्काएका हुन्। यसअघि क्यारेबियन टिमका लागि ओपनिङमा उत्रिएका काइल मेयर एक रन बनाएर पभिलियन फर्केका थिए। मेयर दोस्रो ओभरको तेस्रो बलमा कुशल भुर्तेलको हातबाट क्याच भएका थिए। वेस्ट इन्डिजले ४।१ ओभर सकिँदा दुई विकेट गुमाएर ९ रन बनाएको छ। हरारे स्पोर्ट्स क्लबमा १२:४५ मा सुरु भएको खेलमा नेपाली कप्तान रोहित पौडेलले बलिङ रोजेका थिए। पहिलो खेलमा जिम्बाब्वेसँग आठ विकेटले पराजित नेपालले दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले जितेको थियो।

काठमाडौं:     आईसीसी क्रिकेट विश्वकप छनोटअन्तर्गत वेस्ट इन्डिजविरुद्धको खेलमा टस जितेर बलिङ रोजेको नेपालले पहिलो विकेट लिएको छ । करण केसीले पहिलो विकेट लिएका हुन् ।  क्यारेबियन टिमका लागि ओपनिङमा उत्रिएका काइल मेयर एक रन बनाएर पभिलियन फर्के। मेयर दोस्रो ओभरको तेस्रो बलमा कुशल भुर्तेलको हातबाट क्याच भए। वेस्ट इन्डिजले २.४ ओभर सकिँदा एक विकेट गुमाएर ४ रन बनाएको छ। हरारे स्पोर्ट्स क्लबमा १२÷४५ मा सुरु भएको खेलमा नेपाली कप्तान रोहित पौडेलले बलिङ रोजेका थिए। पहिलो खेलमा जिम्बाब्वेसँग आठ विकेटले पराजित नेपालले दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले जितेको थियो।

काठमाडौं:    नेपालले जिम्बावेमा जारी आइसिसी एकदिवसीय विश्वकप छनोटमा विश्वकप विजेता वेस्ट इन्डिजविरुद्ध टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएको छ । हरारे स्पोर्ट्स क्लबमा भर्खर सम्पन्न टसमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । नेपालले आजको खेलमा टोलीमा कुनैपनि परिवर्तन गरेको छैन । नेपालले अमेरिकासँगको प्लेइङ ११ लाई नै निरन्तरता दिएको कप्तान रोहित पौडेलले टसको समयमा जानकारी दिएका छन् । नेपालले वेस्ट इन्डिजसँग कुनैपनि खेलमा पहिलो पटक खेल्न लागेको हो । नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो । अमेरिकालाई नेपालले ६ विकेटले हराएको थियो । वेस्ट इन्डिजले पहिलो खेलमा अमेरिकालाई ३९ रनले हराएको थियो । नेपालले आफ्नो क्रिकेट इतिहासमा सबैभन्दा माथिल्लो स्तरको टोलीसँग खेल्न थालेको हो । नेपाल ओडिआई वरियतामा १४ औं र वेस्ट इन्डिज १० औं स्थानमा छ । वेस्ट इन्डिज सन् १९९५ र १९७९ विश्वकपको च्याम्पियन टोली हो । त्यस्तै २०१२ र २०१६ को पनि टि२० विश्वकप उपाधि जितेको थियो ।

काठमाडौं:   जिम्बावेमा जारी आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेपालले आज वेष्ट इन्डिजसँग खेल्दैछ । खेल दिउँसो पौने १ बजे जिम्बावेको हरारेमा सुरु हुनेछ । नेपालले पहिलो पटक विश्वकप विजेता टोलीसँग खेल्न लागेको हो । वेस्ट इन्डिज दुईपटकको एकदिवसीय तथा टी–ट्वान्टी विश्वकप च्याम्पियन हो ।  नेपालको लागि यो ऐतिहासिक अवसर भएको प्रशिक्षक मोन्टी देशाई र कप्तान रोहित पौडेलले बताएका छन् । समूह ‘ए’ मा आफ्नो पहिलो खेलमा वेष्ट इन्डिजले अमेरिकालाई हराएको थियो भने नेपाल जिम्बावेसँग पराजित भएको थियो । दोस्रो खेलमा नेपालले अमेरिकालाई हराएको थियो । लगातार दोस्रो जितसँगै जिम्बावे ४ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । समान २र२ अंक भएका वेस्ट इन्डिज दोस्रो र नेपाल तेस्रो स्थानमा छन् । त्यस्तै लगातार दोस्रो हार बेहोरेको अमेरिका चौथो र एक खेल खेलेको नेदरल्याण्ड्स पुछारमा छ । समूह ‘बी’ मा आयरल्यान्ड, श्रीलङ्का, यूएई, स्कटल्यान्ड र ओमान छन् । दुवै समूहका शीर्ष तीन टोली ’सुपर सिक्स’ मा पुग्नेछन् । त्यसपछि शीर्ष दुई टोलीले आउँदो अक्टोबरमा हुने विश्वकपमा स्थान बनाउनेछन् । 

काठमाडौं:     साफ च्याम्पियनशिप २०२३ अन्तर्गत पहिलो खेलमा नेपाल कुवेतसँग पराजित भएको छ । भारतको बेङ्गलोरमा रहेको कन्तिराभा रङ्गशालामा आज बुधवार भएको खेलमा नेपाल कुवेतसँग ३-१ गोलले पराजित भयो । पहिलो हाफमा २ गोल खाएको नेपालले दोस्रो हाफमा थप एक गोल खायो । कुवेतका लागि कप्तान खालेद हजियाले खेलको २३ औँ, शाइबाइबा अल्खाल्दीले ४१ औँ र मोहम्मद अब्दुल्लाहले ६५ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरे । नेपालका अञ्जन विष्टले ६८ औँ मिनेटमा सान्त्वना गोल फर्काए । साविक उपविजेता नेपालले अब आउँदो शनिवार असार ९ गते घरेलु टोली भारतसँग खेल्नेछ । समूह ‘ए मा नेपालसँगै भारत, पाकिस्तान र कुवेत छन् । समूह ‘बी’ मा लेबनान, माल्दिभ्स, भुटान र बङ्गलादेश छन् ।

काठमाडौ:   आइसिसी एकदिवसीय विश्वकप छनोटको दोस्रो खेलमा तीव्र गतिका बलर करण केसीको उत्कृष्ट बलिङ र भीम सार्कीको अर्धशतकमा नेपालले  अमेरिकामाथि ६ विकेटको सहज जित हात पारेको छ । यो जितसँगै नेपालले पहिलो जितका साथ शीर्ष तीनमा रहँदै सुपर सिक्समा स्थान बनाउने सम्भावना बलियो बनाएको छ । जितको लागि २ सय ८ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपालले ४३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा भीम सार्की १ सय १४ बलमा ७ चौका र १ छक्कासहित ७७ रनमा नट आउट रहे । दीपेन्द्रसिंह ऐरी ३२ बलमा ५ चौका र १ छक्कासहित ३९ रनमा अविजित रहे । दीपेन्द्रले सौरभ नेत्रवालकरलाई चौका हान्दै खेल सकाए । भीम सार्कीले ब्यक्तिगत ९ रनमा जीवनदान पाएका थिए । त्यसको भरपूर्ण फाइदा उठाए । तीव्र गतिका बलर कायल फिलिपेको १० औं ओभरको अन्तिम बलमा फस्ट स्लिपमा स्टिभ टेलरले क्याच छाड्न पुगेका थिए । भीमको यो ओडिआई करिअरको उच्च प्रदर्शन हो । यसअघि उनले लिग २ मा युएईविरुद्ध ७० रनको इनिङ खेलेका थिए । ओपनर कुशल भुर्तेल ५४ बलमा ४ चौका र १ छक्कासहित ३९ रनमा आउट हुन पुगे । कुशल स्पिनर नोष्तुश केन्जिगेको १७ औं ओभरको दोस्रो बलमा कट एण्ड बोल्ड आउट भए । अर्का ओपनर आसिफ शेख १२ रनमा सौरभ नेत्रवालकरको बलमा एलबीडब्लू आउट गरे । आसिफले चौथो ओभरको दोस्रो बलमा जीवनदान पाएका थिए । तीव्र गतिका बलर कायल फिलिपको चौथो ओभरको दोस्रो बलमा आसिफको क्याच ब्यक्तिगत ६ रनमा फाइन लेगमा निसर्ग पटेलले क्याच छाड्न पुगेका थिए । कप्तान रोहित पौडेल २९ बलमा २ चौकासहित १६ रनमा आउट भए । स्पिनर निसर्ग पटेलको बलमा रोहित जेसी सिंहबाट क्याच आउट भए । कुशल मल्ल १३ बलमा १ चौका र १ छक्कासहित १३ रनमा आउट भए । कुशल स्टिभ टेलरको बलमा लङअफमा सिंहबाट क्याच आउट हुन पुगे । अमेरिकाका सौरभ नेत्रवालकर, केन्जिगे, निसर्ग पटेल र स्टिभ टेलरले समान एक एक विकेट लिए । त्यसअघि जिम्बावेका ताकशिंगा स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अमेरिका ४९ ओभरमा २ सय ७ रनमा अल आउट भएको थियो । अमेरिकाका सातौं नम्बरका विकेटकिपर शायन जाहांगिरले ७९ बलमा १० चौका र ३ छक्कासहित १ सय रनको सानदार शतकीय इनिङ खेलेपनि जितको लागि पर्याप्त हुन सकेन । उनी बाहेक अन्य कुनैपनि अमेरिकाका ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । यो उनको अन्तर्राष्ट्रिय क्रिकेट करिअरको कुनैपनि खेलको पहिलो शतक थियो । सुशान्त मोदानी ७१ बलमा ३ चौका र १ छक्कासहित ४२ रनमा आउट भए । वेस्टइन्डिजविरुद्ध शतक हानेका गजानन्द ४१ बलमा २ चौका र १ छक्कासहित २६ रनमा आउट भए । उनी स्पिनर दीपेन्द्रसिंह ऐरीको २२ औं ओभरको तेस्रो बलमा फस्ट स्लिपमा आरिफ शेखबाट उत्कृष्ट क्याच आउट हुन पुगेका थिए । एक समय १८(४ को दयनीय अवस्थामा पुगेको अमेरिकालाई पाँचौं विकेटका लागि सुशान्त मोदानी र गजानन्दसिंहले ७३ बलमा ४७ रनको साझेदारी गर्दै पूनरागमन गराएका थिए । नेपालका तीव्र गतिका बलर करण केसीले पावर प्लेमा घातक बलिङ गरेका थिए । करण केसीले दोस्रो ओभरको पाँचौं बलमा ओपनर स्टिभ टेलरलाई ४ रनमा एलबीडब्लू आउट गरेका थिए । प्रमुख ब्याटर टेलर आउट भएपछि अमेरिका दबाबमा परेको थियो । नेपालविरुद्ध लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका टेलर सुरुवातमै आउट भएपछि नेपाल पावर प्लेमा हाबी बनेको थियो । लगत्तै अर्को बलमा युवा ब्याटर साइतेजा मुकामल्ला शून्यमा आउट भए । उनी आरिफ शेखबाट फस्ट स्लिपमा क्याच आउट भएका थिए ।   कुशल भुर्तेलले अमेरिका कप्तान आरोन जोन्सलाई दुई रनमा जीवनदान दिएका थिए । करण केसीको आठौं ओभरको पहिलो बलमा भुर्तेलले दुई रनमा क्याच छाड्न पुगेका थिए । तर पाँचौं बलमा उनी कुशलबाटनै आउट भए । करणले दशौं ओभरको दोस्रो बलमा नोष्तुश केन्जिगेलाई एक रनमा स्लिपमा आरिफ शेखबाट क्याच गराएपछि अमेरिका संकटमा पुगेको थियो । निसर्ग पटेलले ८ र जेसी सिंहले १२ रनमा आउट भए । नेपालका करण केसीले ९ ओभरमा ३ मेडनसहित ३३ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । गुलशन झाले १० ओभरमा ५२ रन खर्चेर ३ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले ५ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । ललित राजवंशीले १० ओभरमा २० रन खर्चेर १ विकेट लिए । सन्दीप लामिछानेले १० ओभरमा ५८ रन खर्चिदा विकेट लिन सकेनन् । सन्दीप पहिलो पटक लगातार दोस्रो ओडिआई खेलमा विकेट विहीन बनेका हुन् । सन्दीपले जिम्बावेविरुद्ध १० ओभरमा ७७ रन खर्चेर विकेट लिन सकेका थिएनन् । नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो । नेपालले आफ्नो तेस्रो खेल बिहीबार वेस्टइन्डिज र अन्तिम खेल शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ ।