एसियाली खेलकुदको करातेमा एरिका गुरुङ फाइनलमा

काठमाडाैं | असोज २०, २०८०

एसियाली खेलकुदको करातेमा एरिका गुरुङ फाइनलमा

काठमाडौं:    नेपाली कराते खेलाडी एरिका गुरुङ १९ औं एसियाली खेलकुदको महिला ६८ केजी तौल समूहको फाइनलमा प्रवेश गरेकी छिन् ।


सेमिफाइनलमा हङकङकी यान काइ होलाई पराजित गर्दै एरिका फाइनलमा प्रवेश गरेकी हुन् । उनले ८(४ को अन्तरमा जित दर्ता गर्दै स्वर्ण पदक भिडन्त पक्का गरिन् ।


फाइनलमा एरिकाले कजाकस्तानकी सोफ्या बेर्लुत्सेभाको सामना गर्नेछिन् । उनले भने फिलिपिन्सकी एरियान ब्रितोलाई पराजित गरेकी थिइन् ।


यसअघि क्वाटरफाइनलमा एरिकाले जापानकी युजुकी सावाएलाई हराएकी थिइन् । उनले १(१ को बराबरी हुँदा सेन्शु ९पहिलो अंक जोडेको० आधारमा जित निकालेकी थिइन् ।


यससँगै नेपालको १९ औं एसियाडमा दोस्रो पदक पक्का भएको छ । यसअघि महिला कबड्डीले कास्य पदक जितेको थियो ।

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्