पोखरामा जारी खुल्ला सेभेन ए साइड फुटबलको प्रिक्वाटरका खेल सम्पन्न
पाेखरा | असोज २१, २०८०
पोखरा: माछापोखरी खेलमैदानमा जारी खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगितामा प्रिक्वाटरफाइनलका खेल सम्पन्न भएका छन् । रग्वी खेलाडी यशोदा बोहोरा सहयोगार्थ एट टु नाइन गाइजले आयोजना गरेको प्रतियोगिताबाट आइतबार अन्तिम आठ टोलीको टुंगो लागेको छ ।
आइतबारको पहिलो खेलमा गन्नी एफसीले एनवाईसी एयरपोर्टलाई ३–० गोलको फराकिलो अन्तरले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ । दोस्रो खेलमा लामा गाउँले ए–सेभेन ब्रदर्शलाई ३–० को फराकिलो गोलअन्तरले पाखा लगाउँदै अन्तिम आठमा प्रवेश गरेको छ ।
प्रतिस्पर्धात्मक बनेको तेस्रो खेलमा भुजुङ फुटबल क्लबले नमस्ते फुटबल क्लबलाई टाइब्रेकरमा ३–२ गोलले हराउँदै अन्तिम आठमा स्थान सुरक्षित गरेको छ । निर्धारित समयको खेल गोलरहित बराबरीमै रोकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।
अत्यन्तै प्रतिस्पर्धात्मक बनेको चौथो खेलमा कमलपोखरीले विवाईसी–३३ लाई सडनडेथमा हराउँदै अन्तिम आठमा प्रवेश गरेको छ । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा समेत बराबरी भएपछि सडनडेथमा कमलपोखरीले ४–३ को जित हासिल गरेको हो
पाँचौ खेलमा रामघाट गुम्बाले रन्जन मेमोरियललाई सडनडेथमा ३–२ ले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ । निर्धारित समयको खेल गोलरहित बराबरीमा रोकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा समेत २–२ गोलको बराबरी भएपछि खेलको टुंगो सडनडेथबाट लागेको हो ।
छैटौं खेलमा बि–१३ ले सडनडेथमा भद्रकाली फुटबल क्लबलाई ५–४ गोलअन्तरले हराउँदै अन्तिम आठमा प्रवेश गरेको छ । अत्यन्तै प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित समय
१–१ गोलको बराबरीमा रोकिएपछि खेल टाइब्रेकरमा धकेलिएको हो । टाइब्रेकरमा समेत बराबरी भएपछि सडनडेथबाट खेलको टुंगो लागेको थियो । अन्तिम खेलमा माछापुच्छे« त्रिशक्ति युनाइटेडले गेमशालालाई २–० गोलले पाखा लगायो ।
प्रतियोगिताको विजेताले एक लाख रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेताले ६० हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै सर्वोत्कृष्ट खेलाडीलाई तीन हजार रुपैयाँ र ट्रफी तथा उत्कृष्ट गोलरक्षक र उच्च गोलकर्तालाई समान २÷२ हजार रुपैयाँको साथमा ट्रफी प्रदान गरिनेछ । असोज १७ देखी सुरु प्रतियोगितामा कुल ३९ टिमको सहभागिता रहेको छ । प्रतियोगिता २३ गते सम्पन्न हुने एट टु नाइनका अध्यक्ष लोक गुरुङले जानकारी दिए ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

