बिरजंग स्मृति भलिबलका लागि गण्डकीकाे टोली घोषणा, घनश्याम टोलीमा फर्किए
पाेखरा | असोज १७, २०८०
पोखरा: काठमाडौमा भोलिदेखि असोज २१ गतेसम्म सञ्चालन हुने बिरजंग स्मृति खुल्ला पुरुष भलिबल प्रतियोगितामा गण्डकी प्रदेश भलिबल संघले सहभागिता जनाउने भएको छ ।
नेपाल गणतान्त्रिक खेलकुद महासंघले असोज १८ देखि २१ गतेसम्म सञ्चालन गर्ने बिरजंग स्मृति खुल्ला पुरुष भलिबल प्रतियोगिता गण्डकीले खोमप्रसाद पाण्डे हरीको कप्तानीमा १२ सदस्यीय टोली घोषणा गरेको हो ।
गण्डकी प्रदेश पुरुष भलिबलको टोली बाहिर रहेका ओपन स्पाइकर नवलपुरका घनश्याम चौधरीले टोलीमा पूनरागमन गरेका छन् ।
टोलीको कप्तानीमा खोमप्रसाद पाण्डे हरि, घनश्याम चौधरी, सुजन चोखाल, विवश आले मगर, हिमाल सुनारी मगर, रवि केसी, जीवन सुनार, इन्द वि.क, सरोज बर्देवा, सन्तोष रानामगर र टिम लिब्रोमा कुञ्जन शाही ठकुरी रहेका छन् ।
ढोरपाटन स्पोर्टस क्लब काठमाडौको खेलमैदानमा हुने प्रतियोगितामा गण्डकी प्रदेशसँगै दुई विभागीय क्लब नेपाल पुलिस क्लब, एपिएफ क्लब, नेपाल गणातान्त्रिक खेलकुद महासंघ, किङ्स क्लब काठमाडौं, न्युटन चिल्ड्रेन एकेडेमी, गलकोट स्पोर्टस क्लब र त्रिभुवन विश्वविद्यालयले सहभागिता जनाएका छन् ।
प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । दोस्रो हुनेले २ लाख ५० हजार, तेस्रोले १ लाख र चौथो हुनेले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।
सर्वोत्कृष्ट खेलाडीले २० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । व्यक्तिगत विधातर्फ स्पाइकर, ब्लकर, सेटर, सर्भर, डिफेन्डर र क्विकरले समान ५ हजार रुपैयाँ प्रदान गरिनेछ ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

