नेपाललाई कबड्डीमा कास्य पदक पक्का

काठमाडाैं | असोज १७, २०८०

नेपाललाई कबड्डीमा कास्य पदक पक्का

चीन:  १९औं एसियाली खेलकुद (एसियाड) मा नेपालले महिला कबड्डीमा कम्तीमा कांस्य पदक पक्का गरेको छ । 

 

समूह ‘बी’ अन्तर्गत हाङझाउस्थित साओशन गुआली स्पोर्ट्स सेन्टरमा बुधबार इरानले बङ्गलादेशलाई ५४–१६ ले हराएपछि नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो ।

 

सेमिफाइनलमा प्रवेश गर्ने टोलीले कम्तीमा कांस्य पदक सुनिश्चित गर्नेछ । 

 

महिला कबड्डीको समूह ‘बी’ मा रहेको नेपालले पहिलो खेलमा बङ्गलादेशलाई ३७–२४ ले हराएको थियो ।

 

दोस्रो खेलमा भने मङ्गलबार नेपाल साविक विजेता इरानसँग ४३–१९ ले पराजित भएको थियो । लगातार दुई जितसँगै इरान समूह विजेता र नेपाल उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । बङ्गलादेश बाहिरिएको छ । 

 

नेपालले महिला कबड्डीलाई पहिलो पटक एसियाडमा सहभागी गराएको हो । जारी एसियाडमा अन्य खेलमा पदकको सम्भावना क्षिण बन्दै जाँदा महिला कबड्डीले नेपालको पदक खडेरीलाई टारेको छ । सेमिफाइन र फाइनलमा समेत राम्रो गर्न सके नेपालले महिला कबड्डीबाट कांस्यभन्दा माथिको पदक समेत हात पार्नेछ ।

 

सात टोली सहभागी एसियाड महिला कबड्डीमा समूह ‘ए’ मा दक्षिण कोरिया, भारत, चाइनेज ताइपेइ र थाइल्यान्डले प्रतिस्पर्धा गरेका थिए । 

 

एसियाडमा नेपालबाट सहभागी २९ खेलमध्ये पदकको आशा गरिएको मार्सल आर्ट्स खेलहरु तेक्वान्दो, कराते, उशु, जुडो लगायतका खेलाडी पदकविहीन बनेको छ । 

 

नेपालले पदक आशा गरेको पुरुष क्रिकेटको सम्भवना पनि भारतसँग क्वार्टरफाइनलमा पराजित भएसँगै सकिएको छ । नेपालले अब कराते, डान्सिङ र कुस्तीका खेल खेल्न बाँकी छ । 

 

यि हुन् नेपाली महिला कबड्डी टोली 

 

मेनुका राजवंशी (कप्तान), अनुजा राई, जयन्ती बडु, गङ्गा घिमिरे, रविना चौधरी, अर्पना चौधरी, सिर्जनाकुमारी थारु, कलावती पन्त, इशा राई, सुनीता थापा, नितु गुरुङ र मनमती विष्ट ।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्