पोखरा:   पोखरामा जारी वात्सल्या एभरेष्ट महिला भलिबल लिगको मंगलबार हुने खेलहरु स्थगित गरिएको छ ।  आयोजक ईन्फिनिटी ड्रिम्स प्रालिले प्रेस विज्ञप्ती जारी गर्दै देशको विद्यमान परिस्थितिलाई मध्यनजर गर्दै...

काठमाडौं:    नेपालका तीव्र गतिका बलर करण केसीले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा सिंगापुरका कप्तान अरित्र दत्तको विकेट लिएका छन् । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको सिंगापुरले दुई ओभरमा एक विकेटको क्षतिमा १७ रन जोडेको छ ।    तीव्र गतिका बलर करणले दोस्रो बलमै अरित्रलाई बोल्ड आउट गरेका हुन् । नेपालले टोलीमा एक परिवर्तन गरेको छ । नेपालका सन्दीप लामिछाने टोलीमा फर्किदा ललित बेन्चमा छन् ।

काठमाडौं:  टी–२० विश्वकप फाइनल एसिया छनोटको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरसँग खेल्दैछ ।   त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा सिंगापुरले टस जितेर ब्याटिङ रोजेको छ । नेपालले फिल्डिङ गर्ने छ ।   नेपाली टोलीमा आज सन्दीप लामिछाने परेका छन् । त्रिकोणात्मक सिरिजको फाइनल खेलेको टोलीमा एक खेलाडी परिवर्तन भएका हुन् । ललित राजवंशीको स्थानमा सन्दीप आएका हुन् । सन्दीपले त्रिकोणात्मक सिरिज खेलेका थिएनन् । अरु खेलाडी परिवर्तन भएको छैन ।   एसिया छनोटमा एसियाका आठ देश सहभागी छन् । चार–चार टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।  १९ कात्तिकसम्म सञ्चालन हुने प्रतियोगितामा दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् ।     सेमिफाइनल जित्दै फाइनल पुग्ने दुई टोली अर्को वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टी-२० विश्वकपमा छनोट हुने छन् । आयोजक नेपाल समूह ‘ए’मा रहेको छ । यो समूहमा ओमान, मलेसिया र सिंगापुर रहेका छन् । समूह ‘बी’मा यूएई, बहराइन, कुबेत र हङकङ छन् ।   नेपाली टीम : रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, अविनाश बोहोरा, सन्दीप लामिछाने, विनोद भण्डारी (विकेट किपर), प्रतिश जिसी, बिबेक यादव, ललित राजबंशी   सिंगापुर टोली : अरित्र दत्त (कप्तान), रोहन रंगराजन, सुरेन्द्र चन्द्रमोहन, अनिश पराम, मनप्रीत सिंह, जनक प्रकाश, अक्ष रुपक पुरी, थिलिप ओमामदुराई थिलाप्पन, रमेश कलिमुथु, अनान्था कृष्णा, उत्सव रक्षित, आर्यन रसेल मेनन, अमार्त्य कौल, अर्याविर चौधरी, हर्ष भारद्धाज

काठमाडौं:    नेपालले आइसिसी टि२० विश्वकप एसिया फाइनल छनोटमा सिंगापुरविरुद्ध टस हारेको छ। टियु क्रिकेट मैदानमा सिंगापुरका कप्तान अरित्र दत्तले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । नेपालले फिल्डिङको निम्तो पाएको छ । उपाधिको प्रमुख दाबेदार नेपाल सिंगापुरलाई हराउँदै प्रतियोगितामा सानदार सुरुवात गर्न चाहन्छ । नेपालले त्रिकोणात्मक टि२० आई सिरिजको फाइनलबाट टोलीमा एक परिवर्तन गरेको छ । स्पिनर सन्दीप लामिछाने टोलीमा फर्किदा ललित राजवंशी बेन्चमा बसेका छन् । टोलीमा अन्य परिवर्तन गरेको छैन । उता सिंगापुरका ओपनर सुरेन्द्रन चन्द्रमोहन प्रमुख हतियार हुन् । उनको प्रदर्शन टोलीका लागि निकै महत्वपूर्ण हुनेछ । उनी टिकेको खण्डमा टोलीको जित सहज बन्नसक्छ । तीव्र गतिका बलर जनक प्रकाश, रोहन रंगराजन र अरित्र दत्त पनि घातक बन्न सक्छन् । २०१९ मा टिम डेविड अष्ट्रेलिया लागेपछि सिंगापुरको टोली कमजोर बनेको छ । हेड टु हेड: नेपाल र सिंगापुरबीच चार टी २० आई खेल भएका छन् । दुई खेल वर्षाको कारण रद्ध भएका थिए । समान एक खेलमा नेपालको जित र हार छ । नेपालको प्लेइङ ११: आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, सन्दीप लामिछाने र अभिनाश बोहरा ।

नेपाल बुद्धिचाल महासंघको कार्यवाहक अध्यक्षमा हेराकाजी महर्जन नियुक्त हुनुभएको छ । महासंघको नवौं कार्यसमितिको बैठकअघि अध्यक्ष विदुरप्रसाद गौतमले कार्य व्यस्तताको कारण देखाएर वरिष्ठ उपाध्यक्ष रहेका महर्जनलाई राजीनामा पत्र हस्तान्तरण गर्नुभएको थियो ।   गौतमको उपस्थित रहेको बैठकले राजीनामा स्वीकृत गरेपछि महासंघ विधान बमोजिम अध्यक्षले गर्ने सम्पूर्ण कार्यकारी अधिकारसहित महर्जनलाई अध्यक्षमा सर्व सहमतिले निर्णय महासंघले गरेको छ ।   २०५५ सालमा बुद्धिचाल  खेलाडीका रुपमा जीवन सुरु गरेका महर्जन २०६२ सालमा केन्द्रीय कार्यसमितिमा छिनुभएको थियो ।   त्यसपछि उहाँ संघको सचिव, महासचिव र उपाध्यक्ष हुँदै गत वैशाखमा सम्पन्न साधारणसभामा वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो । यसअघि, २०७२ देखि २०७६ सम्म उहाँले ललितपुर जिल्ला खेलकुद विकास समितिको अध्यक्षको जिम्मेवारी पनि सफलतापूर्वक निर्वाह गर्नुभएको थियो ।   कार्यवाहक अध्यक्षको पदभार ग्रहण गर्दै महर्जनले बुद्धिचाल खेल बिकास र विस्तार गर्ने कार्यमा सबैलाई समेतेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

काठमाडौं:      स्पिनर सन्दीप लामिछानेले राष्ट्रिय क्रिकेट टोलीमा फर्किएका छन् । नेपालले सोमबार देखी टियु र मुलपानी मैदानमा हुने आइसिसी टि–२० विश्वकप एसिया क्षेत्र छनोट फाइनल खेल्ने टोली घोषणा गर्दा सन्दीप टोलीमा छन् । सन्दीपले दुई साताअघि सामाजिक सञ्जालमार्फत परिवारलाई समय दिन चाहेको बताउँदै आगामी प्रतियोगिताबाट नाम फिर्ता लिएको बताएका थिए । त्यसैको कारण उनले हङकङ र युएईसँग त्रिकोणात्मक टि–२० आई सिरिज गुमाएका थिए । आइसिसी टि–२० विश्वकप एसिया क्षेत्र छनोट कार्तिक १३ देखि २० गते सम्म मुलपानी र टियु क्रिकेट मैदानमा हुँदैछ । समूह ए मा नेपाल, सिंगापुर, ओमान र मलेसिया छन् । समूह बी मा युएई, बहराइन, हङकङ र कुवेत छन् । फाइनलमा पुग्ने दुई टोलीले आगमी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टि–२० विश्वकप खेल्न पाउनेछन् ।   नेपालको टोली:   रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, प्रतिश जि।सी, विवेक यादव, सन्दीप लामिछाने, ललित राजवंशी र विनोद भण्डारी ।

काठमाडौं:     युएईले त्रिकोणात्मक टि२० आई सिरिजको फाइनल खेलमा घरेलु टोली नेपाललाई चार विकेटले हराउँदै उपाधि जितेको छ । जितको लागि १ सय ६३ रनको विजयी लक्ष्य पछ्याएको युएईले १९.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । युएईको जितमा बासिल हामिद १६ बलमा २ छक्कासहित २२ रनमा आउट भए । युएईका मोहम्मद वासिम २२ बलमा ७ चौका र २ छक्कासहित ४५ रनमा आउट भए । युएईलाई ओपनर वासिम र अर्यांश शर्माले ६।४ ओभरमा ७१ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । युएईलाई जितको लागि अन्तिम ६ बलमा ७ रन चाहिँएको थियो । पहिलो बलमा करण केसीलाई बासिल हामिदले कभरमा दुई रन प्रहार गरेका थिए । दोस्रो बल डट राखेपछि चार बलमा पाँच रन चाहिँएको थियो ।   तेस्रो बलमा एक दिँदा लगत्तै वाइड फ्याँले । चौथो बलमा आयनले एक रन बटुले । दुई बलमा दुई रन चाहिँएको थियो । पाँचौं बलमा स्टेटमा बासिलले छक्का हान्दै रोमान्चक जित दिलाए । त्यसअघि वासिमले दुई महत्वपूर्ण जीवनदान पाएका थिए । करण केसीको तेस्रो ओभरको चौथो बलमा प्वाइन्टमा कुशल मल्लले मोहम्मद वासिमको ब्यक्तिगत २३ रनमा क्याच छाड्न पुगेका थिए । ललितको चौथो ओभरको पाँचौं बलमा पुनः ३४ रनमा वासिमले दुई जीवनदान पाएका थिए । ललित कट एण्ड बोल्ड आउट गर्न चुकेका थिए ।   युएईले पहिलो ओभरमा १७ रन जोड्दै ड्रिम सुरुवात गरेको थियो । तीव्र गतिका बलर सोमपाल कामीले पहिलो बल गर्नेक्रममा खुट्टाले स्टम्प लागेपछि नो बल भएको थियो । त्यसपछि मोहम्मद वासिमले छक्का र दुई लगातार चौका हान्दै राम्रो सुरुवात दिलाएका थिए । वासिमलाई तीव्र गतिका बलर गुलशन झाले सातौं ओभरको चौथो बलमा बोल्ड आउट गर्दै नेपाललाई पहिलो पहिलो सफलता दिलाएका थिए । अर्का ओपनर अर्यांश शर्माले २६ बलमा २ चौकासहित २५ रन बनाए । उनी कुशल मल्लको बलमा सन्दीप जोराबाट क्याच आउट भएका थिए ।   आसिफ खान गुलशन झाको ११ औं ओभरको पाँचौं बलमा थर्डमा अभिनाश बोहराबाट ७ रनमा क्याच गराए । एलिशान शराफु १३ बलमा २ चौकासहित १३ रनमा आउट भए । उनी अभिनाश बोहराको १५ औं ओभरको तेस्रो बलमा लङअनमा कुशल भुर्तेलबाट क्याच आउट भए । १६ औं ओभरको चौथो बलमा दीपेन्द्रसिंह ऐरीले वृत्य अरविन्दलाई २५ रनमा डाइरेक्ट थ्रोमा रन आउट गरेपछि नेपालको जितको सम्भावना थियो । नेपालका अभिनाश बोहराले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । गुलशन झाले ३ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । कुशल मल्लले ३ ओभरमा १६ रन खर्चेर १ विकेट लिए ।   त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६२ रन बनाएको थियो । नेपालका लागि ओपनर कुशल भुर्तेलले २९ बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ५० रनको योगदान दिएका थिए । उनको यो टि२० आई करिअरको छैटौं अर्धशतक हो । नेपाललाई ओपनर आसिफ शेख र कुशल भुर्तेलले ५ ओभरमा ४३ रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए । स्पिनर आयन खानले पाँचौं ओभरको अन्तिम बलमा आसिफ शेखलाई ७ रनमा बोल्ड आउट गर्दै युएईलाई पहिलो सफलता दिलाएका थिए । आयनले सातौं ओभरको चौथो बलमा कुशल मल्ललाई एक रनमा बोल्ड आउट गरे । तीव्र गतिका बलर जहुर खानको आठौं ओभरको तेस्रो बलमा कुशल भुर्तेल बोल्ड आउट भएका हुन् । १३ औं ओभरको पहिलो बलमा कप्तान रोहित पौडेल प्याडल सर्ट खेल्ने धुनमा विकेटकिपर अर्यांश शर्माबाट क्याच आउट भएका थिए । रोहितले १७ बलमा १ चौकासहित १८ रन बनाए । तीन बलपछि दीपेन्द्रसिंह ऐरी २० रनमा बोल्ड आउट भए । दीपेन्द्रले १५ बलमा १ चौका र १ छक्का प्रहार गरे । इनस्वींग बल चाल पाउन नसक्दा दीपेन्द्र बोल्ड आउट भएका थिए । जहुर खानको १६ औं ओभरको पहिलो बलमा चोभार एन्डमा लङअनमा सर्ट खेल्न खोजेका सन्दीप जोरा मिडअनमा मोहम्मद वासिमबाट १० रनमा क्याच आउट भए । आयनले सोमपाल कामीलाई १३ रनमा बोल्ड आउट गरे । तल्लोक्रममा करण केसी १७ बलमा २ चौका र १ छक्कासहित २३ रनमा नट आउट रहे । अन्तिम ओभरमा जहुर खानले करणलाई लगातार पाँच बल डट राख्दा अन्तिम बलमा दुई रन दिएका थिए । अन्तिम ६० बलमा नेपालले ६७ रन बनाउँदा ५ विकेट गुमाएपछि विशाल योगफलमा पुग्न सकेको थिएन । युएईका आयन खानले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए । अली नासिरले ४ ओभरमा ३६ रन खर्चेर २ विकेट लिए । जहुर खानले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । जुनैद सिद्दिकले ४ ओभरमा ४४ रन खर्चेर १ विकेट लिए । नेपालले त्रिकोणात्मक टि२० आई सिरिजको लिगका चारै खेल जितेको थियो । अव सोमबार देखी आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोट सुरु हुनेछ । समूह ए मा नेपाल, ओमान, सिंगापुर र मलेसिया छन् । समूह बी मा हङकङ, युएई, बहराइन र कुवेत छन् । फाइनल पुग्ने दुई टोली २०२४ मा हुने टि२० विश्वकप खेल्न पाउनेछन् ।

काठमाडौं:     नेपालले त्रिकोणात्मक टि-२० आई सिरिजको फाइनल खेलमा युएईलाई उपाधि जित्न १ सय ६३ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६२ रन बनायो । नेपालका ओपनर कुशल भुर्तेल २९ बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ५० रनको योगदान दिए । उनको यो टि२० आई करिअरको छैटौं अर्धशतक हो । दोस्रो ओभरको दोस्रो बलमा ब्यक्तिगत पाँच रनमा जीवनदान पाएका उनले अर्धशतक प्रहार गरेका थिए । नेपाललाई ओपनर आसिफ शेख र कुशल भुर्तेलले ५ ओभरमा ४३ रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए । स्पिनर आयन खानले पाँचौं ओभरको अन्तिम बलमा आसिफ शेखलाई ७ रनमा बोल्ड आउट गरेका थिए । आयन खान तीन दिनअघि मलेसियामा नेपालसँग यू-१९ प्रिमियर कपको फाइनलमा युएईको कप्तानी गरेका थिए । पहिलो खेल खेलेका उनले पहिलो ओभरमै नेपालका ओपनर आसिफको विकेट लिएका थिए । आयनले सातौं ओभरको चौथो बलमा कुशल मल्ललाई एक रनमा बोल्ड आउट गरे । तीव्र गतिका बलर जहुर खानको आठौं ओभरको तेस्रो बलमा कुशल भुर्तेल बोल्ड आउट भएका हुन् । १३ औं ओभरको पहिलो बलमा कप्तान रोहित पौडेल प्याडल सर्ट खेल्ने धुनमा विकेटकिपर अर्यांश शर्माबाट क्याच आउट भए । रोहितले १७ बलमा १ चौकासहित १८ रन बनाए । तीन बलपछि दीपेन्द्रसिंह ऐरी २० रनमा बोल्ड आउट भए । दीपेन्द्रले १५ बलमा १ चौका र १ छक्का प्रहार गरे । इनस्वींग बल चाल पाउन नसक्दा दीपेन्द्र बोल्ड आउट भएका थिए । १३ औं ओभर युएई खेलमा फर्किने टर्निङ प्वान्ट बनेको थियो । नेपालले सुरुवाती १० ओभरमा ३ विकेट गुमाउँदै ९५ रन बनाएको थियो । थप २४ बलमा नेपालले दीपेन्द्र र रोहितको विकेट गुमाउँदा मात्रै १९ रन जोडेको थियो । त्यसपछि पनि नेपालले लगातार विकेट गुमायो । जहुर खानको १६ औं ओभरको पहिलो बलमा चोभार एन्डमा लङअनमा सर्ट खेल्न खोजेका सन्दीप जोरा मिडअनमा मोहम्मद वासिमबाट १० रनमा क्याच आउट भए । आयनले सोमपाल कामीलाई १३ रनमा बोल्ड आउट गरे । तल्लोक्रममा करण केसी १७ बलमा २ चौका र १ छक्कासहित २३ रनमा नट आउट रहे । अन्तिम ओभरमा जहुर खानले करणलाई लगातार पाँच बल डट राख्दा अन्तिम बलमा दुई रन दिएका थिए । अन्तिम ६० बलमा नेपालले ६७ रन बनाउँदा ५ विकेट गुमाएपछि विशाल योगफलमा पुग्न सकेको थिएन । युएईका आयन खानले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए । अली नासिरले ४ ओभरमा ३६ रन खर्चेर २ विकेट लिए । जहुर खानले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । जुनैद सिद्दिकले ४ ओभरमा ४४ रन खर्चेर १ विकेट लिए ।

काठमाडौं:    नेपालले त्रिकोणात्मक टि२० आई सिरिजको फाइनल खेलमा आज युएईसँग खेल्दैछ । खेल दिउँसो ११ बजे टियु क्रिकेट मैदानमा सुरु हुनेछ । नेपालले लिगमा युएईलाई ७ विकेट र ५ विकेटले हराएको थियो । नेपालले हङकङलाई पनि दुबै खेलमा ६ विकेट र ७९ रनले हराएको थियो । उता युएई अन्तिम खेलमा हङकङसँग ६९ रनले पराजित भएपनि नेटरनरेटको फाइनल खेलेको हो । दुबै टोलीको समान २ अंक थियो । उच्च लयमा रहेको घरेलु टोली नेपाल युएईमाथि ह्याट्रिक जितका साथ अपराजित रहँदै उपाधि जित्न चाहन्छ । युएई नेपाललाई फाइनलमा हराउने सोचमा हुनेछ । आईसीसी टी–२० विश्वकप छनोटको तयारी स्वरूप नेपाल क्रिकेट सङ्घ ९क्यान० ले त्रिदेशीय टी-२० क्रिकेट शृङ्खलाको आयोजना गरेको हो । नेपाल र यूएईबीच टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा अहिलेसम्म ७ खेल हुँदा नेपाल ४ र यूएई ३ खेलमा विजयी भएको छ ।

काठमाडौ:    एसीसी १९ वर्षमुनिको प्रिमियर कपको उपाधि विजेता नेपाली टोली स्वदेश फर्किएको छ । टोली आज स्वदेश फर्किएको हो । टोलीलाई स्वागत गर्न नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दसहितका पदाधिकारी बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । मलेसियामा भएको खेलमा नेपालले यूएईलाई हराउँदै उपाधि जितेको थियो । उपाधि विजेता नेपाल, उपविजेता यूएई र तेस्रो भएको जापान एसिया कपमा छनोट भएका छन् । एसिया कप आउँदो डिसेम्बरमा पाकिस्तानमा हुनेछ ।