पोखरा: आगामी फागुन पहिलो साता हुने सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथनलाई शान्ति निकेतन बोर्डिङ स्कुलले साथ र सहयोग गर्ने भएको छ । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा हुँदै आइरहेको अन्तर्राष्ट्रिय म्याराथनको १८ औं संस्करणमा शान्ति निकेतनले समेत साथ दिने भएको हो । प्रत्यक्ष रुपमा खेलाडी तथा विधार्थीको जिवनसँग समेत जोडिएको विषय खेल क्षेत्र भएकाले म्याराथनमा विधालयको समेत सहभागिता रहने भएको हो । शान्ति निकेतन बोर्डिङ स्कुलका प्रिन्सिपल महेश्वर पराजुलीले विधालय सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथनमा जोडिन पाउनु खुसीको कुरा भएको प्रतिक्रिया दिएका छन् । विधालय खेलकुदको माध्ययमबाट विधार्थीहरुमा शारिरीक एवं मानसिक विकास गर्ने कुरामा कटिबद्ध रहेको र सोही अनुरुप विभिन्न खेल गतिविधि समेत गर्दै आइरहेको सुनाए । पराजुलीले म्याराथनको सफलताको शुभकामना दिदैँ विधालयको तर्फबाट गर्न सक्ने सहयोग गर्नेसमेत बताए । म्याराथनको काउन्टडाउन सुरु भएसँगै मञ्चले तयारीलाई तिव्रता दिएको छ । मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले तयारीलाई तिब्रता दिएको बताएका छन् । उनले पोखराको मात्र नभई देशकै ठूलो इभेन्टको रुपमा रहँदै आएको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा विधालयहरुलाई समेत जोड्ने योजनाअनुरुप आफुहरु विधालयस्तरमा पुगिरहेको जानकारी दिए ।
काठमाडौं: युएईमा भइरहेको एसीसी यू–१९ एसिया कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज भारतसँग खेल्दैछ । नेपाल र भारतबीचको खेल दुबईस्थित आईसीसी क्रिकेट एकेडेमी मैदान–२ मा हुनेछ । समूह ए मा नेपाल यसअघि दुवै खेलमा पराजित भएको थियो भने भारतले एक जित र एक हारको नतिजा निकालेको छ । नेपाल पहिलो खेलमा पाकिस्तानसाग ७ विकेट र दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले पराजित भएको थियो । सेमिफाइनल पुग्न भारतलाई जितको आवश्यकता छ । तर नेपालले हकमा भने सेमिफाइनल पुग्न भारत विरुद्ध ‘मिराकल विन’ आवश्यक छ । अर्को खेलमा पाकिस्तानले अफगानिस्तानमाथि ठूलो जित निकाल्ने र नेपालले पनि भारत विरुद्ध सानदार जित निकाले मात्र सेमिफाइनल पुग्नेछ । यस समूहमा दुई खेल जितेको पाकिस्तान ४ अंकसहित शीर्ष स्थानमा छ र सेमिफाइनल पुग्ने बलियो सम्भावना छ । भारत र अफगानिस्तानको समान २ अंक छ भने नेपाल अंकविहीन छ । यू–१९ क्रिकेटमा नेपाल र भारतबीच पछिल्लो पाँच खेलमा भारतले चार खेल जितेको छ भने नेपालले एक खेल मात्र जितेको छ । सन् २०१७ मा भएको यू–१९ एसिया कपमा नेपालले भारतमाथि १९ रनको ऐतिहासिक जित हात पारेको थियो । २०१८ मा भएको खेलमा भने नपाल भारतसँग १७१ रनको फराकिलो अन्तरले पराजित भएको थियो ।
पोखरा: पोखरामा सोमबारबाट माविस्तरीय (कक्षा ९–१२) लक्षित प्याब्सन स्पोर्टस मिट २०८० सुरु भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) कास्कीको आयोजनामा उक्त स्पोर्टस मिट तिन दिन सम्म सञ्चालन हुने छ । उक्त प्रतियोगिताको एक कार्यक्रमका विच शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेशका निर्देशक अम्विका प्रसाद आचार्यले गरेका छन् । सो अवसरमा बोल्दै निर्देशक आचार्यले यस प्रकारका प्रतियोगिताले भाइचाराको सम्वन्धलाई बलियो बनाउने संगै समाजलाई समेत अनुशासनतर्फ डोर्याउन भूमिका खेल्ने बताए । विद्यार्थीहरुकमा रहेको अन्र्तनिहित क्षमता प्रस्फुटन गर्दै शिक्षकहरुका विच समेत यस प्रकारका कार्यक्रम ल्याइनुपर्ने कुरामा जोड दिए । पोखरालाई शैक्षिक गन्तव्यको रुपमा विकास गर्न सिकाई संगै यसका सर्वपक्षिय विषयहरुलाई समेटेर लैजानु पर्ने उनको भनाई थियो । कार्यक्रममा जिल्ला शिक्षा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्यले शिक्षाको विकासका लागि खेलकुद सिकाईको अभिन्न पाटो रहेको उल्लेख गर्दै खेलकुदले मानवजिवनका लागि आवश्यकताका रुपमा रहेको अनुशासनलाई समेत स्थापित गर्न भूमिका खेल्ने बताए । कार्यक्रममा प्याब्सनका केन्द्रिय उपाध्यक्ष कृष्ण केसीले बालबालिकाको सर्वाङ्गिण विकासका लागि खेलकुद अपरिहार्य रहेको बताए । त्यसै गरि एन प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले खेलकुदले विद्यार्थीहरुको सिकाईमा सकारात्मक प्रभाव पार्ने औंल्याउँदै राष्ट्रको गौरव बढाउन खेलकुद अपरिहार्य रहेको उल्लेख गरे । प्याब्सन कास्कीका अध्यक्ष मथुरा प्रसाद पौडेलको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा वरिष्ठ उपाध्यक्ष उमा लामिछाने र सचिव पुष्पराज पराजुलीले समेत आफ्ना भनाई राखेका थिए । सो अवसरमा प्याब्सन कास्कीले विभिन्न समयमा आयोजना गरेका अतिरिक्त कृयाकलापमा विजेता विद्यार्थी तथा विद्यालयहरुलाई ट्रफी तथा प्रमाणपत्र समेत वितरण गरिएको थियो । यसै विच पहिलो दिन भएको छात्र भलिबलमा सोसियल पव्लिकले वेष्ट पोइन्टलाई २५–१८, २५–१४ ले, पश्चिमाञ्चलले विद्या निकेतनलाई २५–११, २५–१४ ले, केफले प्रतिभालाई २६–२४, २८–२६ ले, टप्सले पोखरा लनर्सलाई २५–४, २५–९ ले, स्पाइरल ग्यालेक्सीले हाभर्डलाई २५–१२, २५–१८ ले, रेन्वोले एक्स आर्मीलाई २५–११, २५–१४ ले, ताराकुञ्जले बालप्रभातलाई १५–२५, २५–२१ र २५–१९ ले, गुरुकुलले पोखरा युनाइटेडलाई २५–१२ र २५–१५ ले जित्दै दोश्रो चरणमा प्रवेश गरेको भलिबल संयोजक मोहनलाल पौडेलले जानकारी दिए । त्यस्तै छात्रा भलिबलतर्फ टप्सले विभुतीलाई २५–४, २५–६ ले, गुरुकुलले पश्चिमाञ्चललाई २५–२२, २५–१४ ले, नेशनल इन्भेन्टिभले नेपाल आदर्शलाई २५–२१, २५–१४ ले, केफले पोखरा युनाइटेडलाई २५–१६, २५–१२ ले र प्रतिभाले सवलाइमलाई २५–१५, २५–१३ को सोझो सेटमा पराजित गरे । त्यसै गरि सोमबार पहिलो चरणका छात्र–छात्रा टेबुल टेनिसका खेलहरु जारी रहेको संयोजक विष्णु तिमिल्सिनाले जानकारी दिए । बास्केटबल छात्रतर्फ सोमबार ८ खेल सम्पन्न भएको बास्केटबल प्रतियोगिताका संयोजक विधान गौतमले जनाएका छन् । गौतमका अनुसार बास्केटबल उद्घाटन खेलमा प्रतिभा माविले पोखरा लनर्सलाई ३१–१४ ले पराजित गरेका छ भने अन्य खेलमा स्पाइरल ग्यालेक्सी, मेरीगोल्ड, केफ, स्टेप वाई स्टेप, कुमुदिनी, मनकामना र बालोदयले पहिलो चरणका खेलहरु जितेका छन् । स्पोर्टस मिट अन्तर्गत छात्र–छात्रा भलिबल, छात्र–छात्रा बास्केटबल र छात्र–छात्रा टेबुल टेनिस हुने स्पोर्टस मिट प्रचार प्रसार संयोजक डिल्लीराम अर्यालले जानकारी दिएका छन् । स्पोर्टस मिटमा छात्र भलिबलमा २२ टिम र छात्रातर्फ १३, बास्केटबल छात्रतर्फ २५ टिम र छात्रातर्फ १२, यसै गरी टेबुल टेनिस छात्र सिंगल्समा २६ र छात्रा तर्फ २४, टेबुल टेनिस छात्र(छात्रा डबल्समा १४–१४ टिमको सहभागिता रहेको छ ।
पोखरा: नेपाल भूतपूर्व खेलाडी मञ्च पोखरामा हुने सबैभन्दा ठूलो इभेन्ट सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारीमा जुटेको छ । पोखरामा आयोजना हुने लोकप्रिय अन्तर्राष्ट्रिय म्याराथनका लागि मञ्चले विभिन्न उपसमितिहरु गठन गरि तयारीमा जुटेको हो । हरेक वर्षको फागुन महिनामा हुने सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको १८ औं संस्करणको आयोजनाका लागि वैदेशिक समन्वयसहित विभिन्न उपसमितिसँगै आगामी शुक्रबार मञ्चले वृहत अन्तरक्रिया कार्यक्रमको समेत आयोजना गरेको छ । मञ्चले सोमबार बैठक बस्दै जिम्मेवारी बाडफाड गरेको अध्यक्ष हरि प्रसाद पराजुलीले जानकारी दिए । उनले म्याराथनको तयारी सँगै संस्थालाई अझ बढी प्रभावकारी बनाउनका लागि पोखरा उद्योग वाणिज्य संघमा शुक्रबार अन्तरक्रिया कार्यक्रमको आयोजना गर्न लागेको जानकारी दिए । संस्थाका निवर्तमान अध्यक्ष तेज बहादुर गुरुङले मञ्चको गरिमा उचाईमा पु¥याउने अग्रज तथा स्वर्गवास भएका व्यक्तिहरुका परिवारसँग थप सल्लाह र सुझाव ग्रहण गर्ने उदेश्यका साथ अन्तरक्रिया कार्यक्रम गर्न लागेको बताए । संस्थाका प्रथम उपाध्यक्ष दिल बहादुर गुरुङले सफल पोखरा म्याराथनलाई थप व्यवस्थित र सुरक्षित बनाउने लक्ष्यका साथ तयारी तिब्र पारिएको सुनाए । बैठकमा सडक सुरक्षा, खेलाडी व्यवस्थापन, स्वास्थ्य लगायत विभिन्न विषयमा गम्भिर छलफल भएको थियो । म्याराथनका लागि समारोह व्यवस्थापन संयोजकमा अध्यक्ष हरि प्रसाद पराजुली, विद्यालय व्यवस्थापनमा प्रथम उपाध्यक्ष दिल बहादुर गुरुङ, प्राविधिक अन्तर्राष्ट्रिय संयोजकमा संस्थापक अध्यक्ष खड्क रानाभाट र निवर्तमान अधयक्ष तेज बहादुर गुरुङ, अनुगमन तथा निरीक्षणमा दिद्धितीय उपाध्यक्ष खेम गुरुङ, स्वास्थ्य व्यवस्थापनमा महासचिव कृष्ण तिमिल्सिना, पर्यटनमा गणेश भट्टराई, आर्थिक व्यवस्थापनमा कोषाध्यक्ष महेश पौडेल, प्रचारप्रसार व्यवस्थापनमा केशव पाठक, सुरक्षा समन्वयमा हरि बहादुर बरुवाल, बसोबासमा दिनेश कुमार श्रेष्ठ, ,्स्वयमसेवक परिचानलमा ओमबहादुर गुरुङ, प्रमाणपत्र तथा मेडलमा पुष्पा श्रेष्ठ, खेलकुद संघ संस्थामा याम बहादुर गुरुङ, सांस्कृतिक कार्यक्रम व्यवस्थापनमा रामबहादुर क्षेत्री, खाजा व्यवस्थापनमा भरत कुमार आले, वस्तुगत प्रायोजक समन्वयमा हरिश्वर पोखरेल, फिजियोथेरापीमा डा। खड्ग सिंह गुरुङ, रुटमा पानी व्यस्थापनमा जुमप्रसाद गुरुङ, संघ संस्था समन्वयमा सम्मर बहादुर श्रेष्ठ, सेलिब्रेटि समन्वय निरज थापा, ह्विचियर र दृष्टिविहिन खेल व्यवस्थापनमा अमृत बराल संयोजक रहेका छन् । यस्तै वैदेशिक तर्फ सुके समन्वय संयोजकमा सल्लाहकार महेश गुरुङ, अमेरिका समन्वयमा सोम गुरुङ, अष्टे«लिया समन्वयमा चन्द्र प्रकास गुरुङ, सर्विया समन्वयमा खोप बहादुर गुरुङ र हङहङ समन्वयमा रक्स गुरुङलाई संयोजक रहेका छन् ।
काठमाडौं: नेपालले एसिसी यू–१९ एसिया कपमा आज अफगानिस्तानसँग खेल्दैछ । खेल बिहान ११ः१५ मा दुबईमा रहेको आइसिसी एकेडेमी ओभल–२ मैदानमा सुरु हुनेछ । नेपाल अफगानिस्तानलाई हराउँदै सेमिफाइनल पुग्ने सम्भावना कायमै राख्न चाहन्छ । आजको खेलमा यदि पराजित भएमा नेपालको सेमिफाइनल सम्भावना अंक गणीतिय बाँकी हुनेछ । नेपाल पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो । उता अफगानिस्तानले भारतसँग ७ विकेटले हारेको थियो । दुबै टोली पहिलो जितको सोचमा हुनेछन् । नेपालले अन्तिम खेल मंगलबार भारतसँग खेल्नेछ । पहिलो खेलमा हारपछि शीर्ष दुईमा रहँदै सेमिफाइनल खेल्न बाँकी दुबै खेलमा जित हात पार्नुपर्ने हुन्छ । समूह ए मा नेपाल, भारत, पाकिस्तान र अफगानिस्तान छन् । समूह बी मा युएई, जापान, बंगलादेश र श्रीलंका छन् । आजको अर्को खेलमा भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।
पोखरा: गण्डकी स्पोर्टस क्लबले आफना तीन जना पूर्व क्लब सदस्यसदलाई आज विशेष सम्मान गरेको छ । क्लबले गर्दै आएको गतिविधिमा आर्थिक सहयोग जुटाएका क्लबका पुर्व फुटबल खेलाडी पारस कुँवर,सचिन बाटाजू र दिपेश श्रेष्ठलाई विशेष सम्मान गरिएको हो । हिजाे आयोजित बनभोज कार्यक्रमको अवसरमा क्लबका अध्यक्ष उमेश सिकेले खादा लगाई सम्मानपत्रबाट सम्मानित गरिएको थियो । बनभोज कार्यक्रममा क्लबले आफनो वार्षिक गतिविधि सहित आर्थिक प्रतिवेदन समेत प्रस्तुत गरेको थियो । पोखराकै पुरानो मध्येको गण्डकी स्पोर्टस क्लब लामो समय खेलकुद गतिविधिबाट टाढा रहेको थियो । उमेश सिकेकै अध्यक्षतामा फेरी क्लबले जीवन्तता पाएको छ।
तनहुँ: सातौँ दक्षिण एसियाली कराँते च्याम्पियनसिपमा स्वर्ण पदक विजेता तनहुँको देवघाट गाउँपालिका निवासी पार्वती गुरुङलाई गाउँपालिकाले नगदसहित सम्मान गरेको छ । उक्त प्रतियोगितामा स्वर्ण पदक विजेता देवघाट गाउँपालिका–५ गैडाढुङ्गा निवासी गुरुङलाई गाउँपालिकाले शुक्रबार नगद २५ हजारसहित सम्मान गरेको हो । गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले गुरुङलाई २५ हजार रुपैयाँ नगद र प्रमाणपत्र प्रदान गरे । कराँते प्रतियोगितामा स्वर्ण पदक जितेर नेपाल तथा देवघाट गाउँपालिकाको नाम राख्न सफल भएकाले प्रोत्साहनस्वरुप सम्मान गरिएको गाउँपालिकाका अध्यक्ष थापाले बताए । उनले भने, ‘उहाँले खेलकुदमार्फत पालिकाको नाम राख्न सफल हुनुभएको छ । खेलाडीलाई प्रोत्साहन गर्नका लागि नगदसहित सम्मान गरेका हौँ ।’ सम्मानित भएपछि गुरुङले यसले आफूलाई प्रेरणा मिलेको बताइन् । गुरुङले ४५ केजीमुनिको समूहमा बङ्गलादेशकी अर्पा सलिहालाई हराउँदै स्वर्ण पदक जितेकी थिइन् ।
पोखरा: २३औ संस्करणको आहा रारा पोखरा गोल्ड कप फुटबल आगामी माघ महिनाको दोस्रो सातादेखि हुने भएको छ । सहारा क्लब पोखराको आयोजना तथा हिमश्री फुडस प्रा.लि.को प्रायोजनमा सञ्चालन हुने उक्त प्रतियोगिता आगामी माघको दोस्रो सातादेखि हुने क्लबका महासचिव रामजीप्रसाद अधिकारीद्धारा हस्ताक्षरित विज्ञप्ति मार्फत जानकारी गराईएको हो । खेलकुदको विकासमा सहकार्य गरौ, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौ भन्ने उद्देश्यद्धारा संञ्चालन हुने उक्त प्रतियोगितामा नेपालका ए डिभिजनका क्लब, विभागिय टिमहरु, सुपर लिगका टीम, विदेशी टिम, मोफसलको टिम सहित आयोजक सहारा क्लबको टिम समेतको सहभागिता रहने सोहि विज्ञप्तिमा उल्लेख छ । पोखरा महानगरपालिकाको प्रवर्द्धन, राष्ट्रिय खेलकुन परिषद, गण्डकी प्रदेश खेलकुद परिषद, अखिल नेपाल फूटबल संघ, जिल्ला खेलकुद विकास समिति कास्की र प्रदेश फुटबल संघ गण्डकी, कास्की जिल्ला फुटबल संघ,सहारा यु.के.,सहारा हङकङ, सहारा अष्ट्रेलिया समेतको बिषेश सहयोग, लुम्बिनी विकास बैक अफिसियल बैङ्क, बुद्ध एयर अफिसियल एयरलाईन्सको भुमिकामा रहँदै आईरहेको छ । प्रतियोगिताबाट बचत हुने रकम क्लब द्धारा संञ्चालित कठिन परिस्थिति एवम् विपन्नबर्गका बालकहरु सम्मेलित सूर्य बहादुर केसी स्मृति सहारा आवासिय फुटबल एकेडेमीमा रहेका बालकहरुको निशुल्क शिक्षादिक्षा, स्वास्थ्य फुटबल प्रशिक्षण लगायत भरणपोषणमा खर्च गरिदै आएको छ । पर्यटकीय शहर पोखरालाई स्पोर्ट हब सिटीको रुपमा विकास गर्ने,आन्तरीक तथा बाह्य पर्यटन प्रबर्धनमा टेवा पुर्याउनुको साथै पोखरालाई अन्तराष्ट्रियरुपमा परिचित यस प्रतियोगिताले ठुलो भुमिका खेल्ने आयोजकको विश्वास रहेको छ । साथै नवप्रतिभावान फुटबल खेलाडीहरुको अन्तरनिहित फुटबल खेलकौशल प्रदर्शन गर्ने उचित अवसर प्रदान गर्ने समेत आशा गरिएको छ । गत २२ औ संस्करणको आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता २०७९ को विजेता संकटा क्लब काठमाण्डौ र उपविजेता भुटनिज युथ स्पोर्टस क्लब, अमेरीका रहेको थियो ।
एसिसी यू-१९ एसिया कपमा नेपालले पाकिस्तानलाई १५३ रनको लक्ष्य दिएको छ। शुक्रबार युएईको दुबईमा पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपाल ४७.२ ओभरमा १५२ रनमा अलआउट भयो। नेपालका लागि उत्तम थापा मगरले अर्धशतक प्रहार गरे। उनले ७० बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ५१ रन जोडे। कुनै समय ५ विकेटको क्षतिमा ४६ रन मात्र जोडेको नेपालको रन उकास्न उनले धैर्यपूर्वक ब्याटिङ गरेका थिए। दिपेश कँडेलले बनाएको ३१ रन पनि नेपालका लागि महत्वपूर्ण सावित भयो। दिपेश र उत्तमबीच छैटौं विकेटका लागि ६८ रनको साझेदारी भएको थियो। कँडेलले ५९ बलमा २ चौका र १ छक्का प्रहार गरे। कँडेल आउट भएको दुई ओभरपछि विशाल विक्रम केसी आउट हुँदा १ रन मात्र जोड्न सके। यस्तै विकेटकिपर विपिन रावल पनि ३८ ओभरमा शून्यमा मोहमद जीशानबाट बोल्ड भए। त्यसअघि खराब ब्याटिङ गरेको नेपालका ओपनर अर्जुन कुमाल २१ रन जोडेर चौथो विकेटको रुपमा आउट भएका थिए। उनले ३७ बलमा ३ चौका प्रहार गरे। लगत्तै अर्को ओभरमा गुल्सन झा १ रनमै आउट हुँदा नेपालले १७ ओभरमा ४६ रन जोड्दा सुरुवाती ५ विकेट गुमायो। गुल्सनलाई पाकिस्तान अली अस्फानले १७ ओभरको अन्तिम बलमा बोल्ड गरेका थिए। त्यसअघि कप्तान देव खनाल १३ बल खेल्दा शून्यमा आउट भए। आकाश त्रिपाठी ६ रनमा पाकिस्तानका उबइद शाहको एलबिडब्लूको धरापमा परे भने तिलक भण्डारी ७ रनमा क्याच भएका थिए। अन्तिम विकेटको रुपमा आकाश चन्द ५ रनमा बोल्ड हुँदा सुवास भण्डारी ८ रनमा नटआउट रहे। बलिङमा पाकिस्तानका मोहमद जीशानले ६ विकेट लिए। उनले ९.२ ओभरमा १९ रन जोड्दा १ मेडन राखे। नेपाली टिम देव खनाल (कप्तान), अर्जुन कुमाल, तिलकराज भण्डारी,आकाश त्रिपाठी, विपिन रावाल, दिपेश कडेँल, विशालविक्रम केसी, आकाश चन्द, सुवास भण्डारी, गुल्सन झा, उत्तम थापामगर। समूह ‘ए’ मा नेपालसहित भारत, पाकिस्तान र अफगानिस्तान छन्। समूह ‘बी’मा युएई, जापान, बंगलादेश र श्रीलंका छन्। यू–१९ एसिया कपको आठ पटक विजेता भारत र एक पटक विजेता पाकिस्तान एकै समूहमा रहेकाले नेपालका लागि चुनौतिपूर्ण रहनेछ। नेपालले दोस्रो खेल अफगानिस्तानसँग मंसिर २४ र समूहको अन्तिम खेल भारतसँग मंसिर २६ मा खेल्नेछ। समूहका दुई शीर्ष टिम सेमिफाइनल पुग्नेछन्। फाइनल पुस १ मा हुनेछ।