पुनहिल कपको उपाधि माछापुच्छ्रे र समीर सुनचाँदीलाई
पाेखरा | माघ २१, २०८०
पोखरा: पुन समाज नेपालको आयोजनामा भएको खुल्ला पुरुष, महिला तथा भेट्रान भलिबल प्रतियोगिताको उपाधि माछापुच्छ्रे, पोखरा भेट्रान र समीर सुनचाँदीले उचालेको छ ।
शनिबार सम्पन्न महिलातर्फको फाइनल खेलमा माछापुच्छ्रे गाउँपालिकाले पुन समाज कावासेतीलाई ३–१ को सेटमा हराउँदै उपाधि चुमेको हो ।
माछापुच्छ्रेले पहिलो सेटमा २५–८ को सहज निकाल्दा दोस्रो सेट १७–२५ ले गुमायो । तेस्रो सेट २५–१७ ले र चौथो सेट २५–२० ले आफ्नो पक्षमा पार्दै उपाधि चुमेको हो । माछापुच्छ्रेले ६६ हजार ६६६ रुपैयाँ, मेडल, ट्रफि र प्रमाणपत्र तथा कावासेतीले ३३ हजार ३३३ रुपैयाँको साथमा मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गरेको छ ।
भेट्रानतर्फको फाइनल खेलमा पोखरा भेट्रानले सिद्धीकाली शुक्लागण्डकीलाई ३–१ को सेटमा हराउँदै उपाधि चुम्यो । पोखरा भेट्रानले पहिलो सेट २६–२४ र दोस्रो सेट २५–१३ ले जितेपनि तेस्रो सेटमा २८–३० को हार व्यहो¥यो । चौथो सेटमा २५–२१ को जित निकाल्दै उपाधि आफ्नो पोल्टामा पारेको हो ।
पोखरा भेट्रानले ३३ हजार ३३३ रुपैयाँसँगै मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त ग¥यो भने उपविजेताले २० हजार रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो ।
विधागत पुरस्कारमा समेत माछापुच्छ्रेको एक्लौटी रह्यो । महिलातर्फ सर्वोत्कृष्ट खेलाडी माछापुच्छे गाउँपालिकाकी कविता गर्वुजा पुन घोषित भइन् । उनी उत्कृष्ट स्पाइकर समेत भइन् । यस्तै उत्कृष्ट ब्लकर ममता राना, उत्कृष्ट लिफटर निरु पुन र उत्कृष्ट डिफेन्स सरिना गुरुङ घोषित भइन् । कावासेतीकी धिमा पाइजा उत्कृष्ट सेटर घोषित भइन् । भेट्रान तर्फ सन्तोष श्रेष्ठ , ब्लकर रविन केसी, डिफेन्डर गुप्तराज गुरुङ, सेटर भीम बहादुर गुरुङ र स्पाइकर सन्तोष श्रेष्ठ घोषित भए ।
पुरुषतर्फको फाइनल खेलमा समीर सुनचाँदीे टसमा विजयी भयो । पुरुषतर्फको खेलको खेल प्रकाश अभावका कारण रोकिएपछि अन्तिम टुंगो टसमार्फत भएको हो ।
पुरुषतर्फ ले पहिलो सेट २५–२० र दोस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको थियो भने तेस्रो सेटमा समीर सुनचाँदीेले २५–२० को नतिजा निकालेको थियो । तर प्रकाश अभाव भएपश्चात खेल स्थगित भएसँगै निर्णय टस मार्फत भएको हो ।
पुरुषतर्फको विजेताले १ लाख ११ हजार १११ रुपैयाँको तथा उपविजेताले ५५ हजार ५५५ रुपैयाँ प्राप्त गर्नेभएपनि पुरस्कार राशी भने आधा आधा बाडेका छन् ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। छैटौँ तहका इन्जिनियर खड्काले पुलको...
पोखरा । युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ । भगवती युवा ...
फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ। अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

