पुनहिल कपको उपाधि माछापुच्छ्रे र समीर सुनचाँदीलाई
पाेखरा | माघ २१, २०८०

पोखरा: पुन समाज नेपालको आयोजनामा भएको खुल्ला पुरुष, महिला तथा भेट्रान भलिबल प्रतियोगिताको उपाधि माछापुच्छ्रे, पोखरा भेट्रान र समीर सुनचाँदीले उचालेको छ ।
शनिबार सम्पन्न महिलातर्फको फाइनल खेलमा माछापुच्छ्रे गाउँपालिकाले पुन समाज कावासेतीलाई ३–१ को सेटमा हराउँदै उपाधि चुमेको हो ।
माछापुच्छ्रेले पहिलो सेटमा २५–८ को सहज निकाल्दा दोस्रो सेट १७–२५ ले गुमायो । तेस्रो सेट २५–१७ ले र चौथो सेट २५–२० ले आफ्नो पक्षमा पार्दै उपाधि चुमेको हो । माछापुच्छ्रेले ६६ हजार ६६६ रुपैयाँ, मेडल, ट्रफि र प्रमाणपत्र तथा कावासेतीले ३३ हजार ३३३ रुपैयाँको साथमा मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गरेको छ ।
भेट्रानतर्फको फाइनल खेलमा पोखरा भेट्रानले सिद्धीकाली शुक्लागण्डकीलाई ३–१ को सेटमा हराउँदै उपाधि चुम्यो । पोखरा भेट्रानले पहिलो सेट २६–२४ र दोस्रो सेट २५–१३ ले जितेपनि तेस्रो सेटमा २८–३० को हार व्यहो¥यो । चौथो सेटमा २५–२१ को जित निकाल्दै उपाधि आफ्नो पोल्टामा पारेको हो ।
पोखरा भेट्रानले ३३ हजार ३३३ रुपैयाँसँगै मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त ग¥यो भने उपविजेताले २० हजार रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो ।
विधागत पुरस्कारमा समेत माछापुच्छ्रेको एक्लौटी रह्यो । महिलातर्फ सर्वोत्कृष्ट खेलाडी माछापुच्छे गाउँपालिकाकी कविता गर्वुजा पुन घोषित भइन् । उनी उत्कृष्ट स्पाइकर समेत भइन् । यस्तै उत्कृष्ट ब्लकर ममता राना, उत्कृष्ट लिफटर निरु पुन र उत्कृष्ट डिफेन्स सरिना गुरुङ घोषित भइन् । कावासेतीकी धिमा पाइजा उत्कृष्ट सेटर घोषित भइन् । भेट्रान तर्फ सन्तोष श्रेष्ठ , ब्लकर रविन केसी, डिफेन्डर गुप्तराज गुरुङ, सेटर भीम बहादुर गुरुङ र स्पाइकर सन्तोष श्रेष्ठ घोषित भए ।
पुरुषतर्फको फाइनल खेलमा समीर सुनचाँदीे टसमा विजयी भयो । पुरुषतर्फको खेलको खेल प्रकाश अभावका कारण रोकिएपछि अन्तिम टुंगो टसमार्फत भएको हो ।
पुरुषतर्फ ले पहिलो सेट २५–२० र दोस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको थियो भने तेस्रो सेटमा समीर सुनचाँदीेले २५–२० को नतिजा निकालेको थियो । तर प्रकाश अभाव भएपश्चात खेल स्थगित भएसँगै निर्णय टस मार्फत भएको हो ।
पुरुषतर्फको विजेताले १ लाख ११ हजार १११ रुपैयाँको तथा उपविजेताले ५५ हजार ५५५ रुपैयाँ प्राप्त गर्नेभएपनि पुरस्कार राशी भने आधा आधा बाडेका छन् ।
बागलुङ: बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...
गुल्मी: गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ । मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...