पोखरा: पोखरामा जारी केपी ओली कप टि–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि विभागीय क्लब त्रिभुवन आर्मी क्लब र मधेश प्रदेश भिड्ने भएका छन् । पोखरा रंगशालामा आज (बिहीबार) भएको दोस्रो सेमिफाइनल खेलमा नेपाल एपिएफ क्लबलाई ११ रनले पराजित गर्दै मधेश प्रदेशले फाइनलमा आर्मीसँगको भेट पक्का गरेको हो । टस जितेर पोखरा रंगशालामास्थित क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको मधेस प्रदेशले एपिएफ क्लबलाई १९८ रनको विशाल लक्ष्य दिएको थियो । १९८ रनको पछ्याएको एपीएफ २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ८६ रन मात्र जोड्न सक्यो । मधेसका लागि अनिल शाह ५७ र इम्रान शेखले ५० रन बनाएर आवट भए । पवन सराफले ३३, रुपेश सिंहले २१, हिमान्शु दत्तले १५ र कप्तान हरिशंकर शाहले १० रन बनाए । एपीएफलाई पराजित गर्न मधेस प्रदेशका विशाल पटेल ३ विकेट र हरिशंकर शाह र प्रदिप पासवानले समान २/२ विकेट लिए । एपिएफका लागि ओपनर प्रदिप एैरीले ५५ रन जोडेपनि त्यो जितका लागि पर्याप्त भएन । यस्तै सन्दीप जोराले विस्फोटक ब्याटिङ गर्दै ३१ बलमा ५ छक्का र ३ चौकाको सहयोगमा ५४ रन जोडे । लोकेश बम ३२, भुवन कार्कीले १४ र सुमित महर्जनले १३ रन बनाए । बलिङतर्फ एपीएफका मौसम ढकालले सर्वाधिक ३ विकेट लिए । अमर रौटेलाले २ विकेट र पुरन विकले १ विकेट लिए । प्रतियोगिताको फाइनल खेल शुक्रबार बिहान ११ बजेपछि हुने आयोजकले जनाएको छ । मदन भण्डारी स्पोटर्स एकेडेमी केन्द्रीय कमिटीको आयोजनामा पोखरा रंगशालामा जारी प्रतियोगिताका विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । म्यान अफ द सिरिजले नगद ३० हजार, बेस्ट बलरले नगद २० हजार र म्यान अफ द म्याचले नगद ५ हजार रूपैयाँ नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।
पोखरा: पोखरामा जारी केपी ओली कप टी– २० क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले बागमती प्रदेशलाई ४ विकेटले हराउँदै फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालास्थित क्रीकेट मैदानमा बागमती प्रदेशले दिएको १ सय २८ रनको लक्ष्य पछ्याएको आर्मीले १५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । आर्मीका लागि भीम सार्कीले उत्कृष्ट इनिङ खेले । उनले ३५ बलमा ३९ रन जोडे । सोमपाल कामीले १५ र राजेश पुलामीमगर १ रनमा अविजित रहे कुशल मल्लले ८ बलमा २७ रन जोडे । विनोद भण्डारीले २५, सन्तोष कार्कीले ७, बसिर अहमदले ५ र रोहित पौडेल शून्य रनमा आउट भए । बलिङतर्फ बागमतीका कप्तान सन्दीप लामीछानेले २, प्रतिश जिसीले १, इशान पाण्डे, रित गौतम र सोनु देवकोटाले ११ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २८ रन बनाएको थियो । बागमतीका लागी प्रतीक श्रेष्ठले सर्वाधिक ५० रन बनाएका थिए। कप्तान लामिछानेले १९, रित गौतमले १४, इशान पाण्डेले १२, सोनु देवकोटाले ९, शुभ कंशाकारले ३ र रोशन विकेले १ योगदान दिएका थिए । बलिङतर्फ आर्मीका साहब आलमले सर्वाधिक ४ विकेट लिएका थिए । ४ ओभर बलिङ गरेका आलमले १ मेडनसहित १४ रन खर्चेर ४ विकेट लिन सफल भए । सोमपाल कामी २ र विवेक यादबले १ विकेट लिएका हुन् । आर्मीले उपाधिका लागि मधेश प्रदेश र सशस्त्र प्रहरी बल (एपीएफ) बिचको विजेतासंग खेल्नेछ । फाइनल खेल शुक्रबार हुनेछ ।
तनहुँ: तनहुँको भिमाद नगरपालिका–६ मा आज सम्पन्न खेलमा भिमाद अर्ना कपको उपाधि पोखराको एलजी एशोसिएसनले जितेको छ । आयोजक भिमाद युवा क्लब (रातो) लाई पराजित गर्दै एलजीले उपाधि हात पारेको हो । फाइनल खेलको निर्धारित समयमा दुवै टोली गोल गर्नबाट वञ्चित भए । अतिरिक्त समयमा पनि गोल हुन पाएन र टुङ्गो ट्राइबेकरबाट लिनुपरेको थियो । ट्राइबेकरमा एलजीले भिमादलाई ४–२ गोलअन्तरले पराजित गरेको हो । एलजी एशोसिएसन तनहुँ ११ लाई सेमिफाइनलमा पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । त्यस्तै आयोजक भीमाद युवा क्लबले सङ्गम एफसी क्लबलाई पराजित गर्दै फाइनल पुगेको थियो । उपाधिसँगै एलजीले रु दुई लाख २२ हजार दुई सय २२ र उपविजेताले रु एक लाख एक हजार एक सय ११ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । हरिबोधनी एकादशीको अवसर पारेर सुरु भएको प्रतियोगितामा १२ टोलीको सहभागिता रहेको थियो ।
पोखरामा पाँचौ युनिप्स खेल महोत्सव अन्तर्गत सोमबार आजबाट पोखरा रंगशालामा भलिबलका प्रतिस्पर्धाहरु सुरु भएका छन् । संस्थागत एवं निजी विद्यालयहरुको छाता संस्था (युनिप्स) नेपालको आयोजनामा सुरु भएको छात्ररछात्रा भलिबलतर्फ १६ टिमले सहभागिता जनाएका छन् । प्रतियोगिता अन्तर्गत सेमीफाइनलका समिकरण पुरा भएको युनिप्सका अध्यक्ष शान्त बहादुर गुरुङले जानकारी दिए । पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा सुरु भएको प्रतियोगितामा छात्ररछात्रा दुवैतर्फ कालिका इङलिश बोर्डिङ फाइनलमा प्रवेश गरेको छ । फाइनलमा उपाधिका लागि छात्रतर्फ वेलनन एकेडेमी संग छात्रातर्फ होली एन्जल स्कुल संग प्रतिस्पर्धा गर्ने खेलकुद उपसमितिका संयोजक विनोद कुमार नेपालीले जानकारी दिए । यस अघि भएको सेमीफाइनलमा छात्रतर्फ कालिकाले एकता वोर्डिङलाई २५–९ र २५–१४ को सोझो सेटमा पराजित गरि फाइनलमा प्रवेश गरेको थियो भने छात्रातर्फ कालिकाले एकतालाई २५–१३ र २५–२२ ले जित्दै फाइनलको यात्रा तय गरेको थियो । छात्र÷छात्रा भलिबलमा कालिका, होली एन्जल, शिलशिला, स्माइल हेभन, गेफ, पिनाकल र एकता वोर्डिङ स्कुलको सहभागिता रहेको थियो । मंसिर १६ गते सम्म हुने खेल महोत्सव अन्तर्गत छात्ररछात्रा भलिबल, छात्र फुटबल, छात्रारछात्रा खोखो, कवड्डी र एथलेटिक्सका खेलहरु सञ्चालन हुने युनिप्सका अध्यक्ष शान्ता गुरुङले जानकारी दिएका छन् । महोत्सवको औपचारिक उद्घाटन १४ गते हुनेछ । प्रतियोगिता अन्तर्गत मावी स्तरिय ९कक्षा ९–१००,छात्र फुटबल छात्ररछात्रा मावी स्तरिय भलिबल, मावी स्तरिय छात्रा खोखो, आधारभुत तह ९कक्षा १–५० छात्ररछात्रा कवड्डी, एथलेटिक्स छात्र÷छात्रा सबै तह अन्तर्गत हुने खेलकुद उपसमितिका संयोजक नेपालीले जनाए । प्रतियोगितामा युनिप्समा आवद्ध रहेका १८ विद्यालयका ४ हजार भन्दा बढि खेलाडीहरुले सहभागिता जनाउने छन् । प्रतियोगितामा विभिन्न खेलका ६ सय खेलाडीहरुलाई पुरस्कृृत गरिने भएको युनिप्स सचिवालयका संयोजक सुवेदीले बताए । प्रतियोगिता सम्पन्न गर्न करिव १२ लाख खर्च हुने सुवेदीले जानकारी दिए ।
पोखरा: कास्की जिल्ला टेनिस संघको आयोजनामा सोमबारदेखि पोखरामा आइटीएफ जे–३० टेनिस प्रतियोगिता शुरु भएको छ । गण्डकी प्रदेशका सामाजिक, स्वास्थ्य तथा खेलकुद मन्त्री सुसिला सिंखडाले प्रतियोगिताका प्राविधिक निर्देशक प्रविण नायक र प्रतियोगिता निर्देशक अजय विष्टलाई बल हस्तान्तरण गर्दै उद्घाटन गरिन् । सो अवसरमा मन्त्री सिंखडाले टेनिस संघले आयोजना गर्दै आएको अन्र्तराष्ट्रिय प्रतियोगिताहरुले पोखराको पर्यटन विकासमा महत्वपूर्ण भूमिंका निर्वाह गरेको बताइन् । उनले टेनिस विकासका लागि मन्त्रालयको तर्फबाट अभिभावकको भूंमिका निर्वाह गर्ने मन्त्री प्रतिवद्धता जाहेर गरिन् । उद्घघाटन समारोहमा बोल्दै नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालयका निमित्त कार्यालय प्रमुख नविन पोखरेलले विदेशबाट आएका खेलाडीहरुलाई हिमाल मुनिको टेनिस कोर्टमा स्वागत गर्दै आफ्नों देशमा पनि पोखराको सौन्दर्यता सुनाइदिन आग्रह गरे । अन्र्तराष्ट्रिय क्षेत्रबाट पर्यटक भित्र्याउने कार्यक्रमलाई सरकारी स्तरबाटै सहयोगको खाँचो रहने उनले औल्याए । आयोजक संघका अध्यक्ष लोक गुरुङ्गको अध्यक्षतामा भएको उद्घाटन समारोहमा उपाध्यक्ष नविन चालिसेले स्वागत तथा सचिव नविन श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए । ब्वाइज सिंगलतर्फ भएको प्रतियोगिताको उद्घाटन खेलमा एलेक्जे सिभइवले भारतका एस पन्चाछरीलाई ६–०, ५–० (रिटायर्ट हर्ट)मा, भारतका प्रनिल शर्माले नेपालका निहाल जंगबहादुर थापालाई ६–४,६–१ ले, अमेरिकाका आरब सम्राट हाडाले भारतका सौर्य भारद्वाजलाई ६–२, ६–१ ले, भारतका अनिकेत बेन्करटामनले जापानका इपे माट्सुसिमालाई ६–३,६–१ ले, नेपालका प्रनव मानन्धरले भारतका आहन सेट्टीलाई ६–४,६–२ ले, नेपालकै आर्यन गिरीले भारतका आयन सेट्टीलाई ७–५,६–२ ले पराजित गर्दै दोश्रो चरणमा स्थान बनाए । त्यस्तै, भारतका आरब बर्माले क्वानडाका जसराज सिंह जगदेवलाई ६–७, ६–१ र ६–२ ले, जापानका रिकु हिगासीले भारतका डिगान्त एमलाई ६–४,२–६ र ६–० ले तथा नेपालका आयुषमान हजुर घलेले भारतका दक्ष कुक्रेटीलाई ६–३, ६–४ ले पराजित गरे । गल्र्स सिंगलतर्फ भारतका यासिका सोकिनले नेपालका सुनिरा थापालाई ६–१ ,६–१ ले पराजित गरिन् ।
पोखरा: पोखरामा जारी केपी ओली कप टी–२० क्रिकेट प्रतियोगितामा घरेलु टोली गण्डकी प्रदेश लुम्बिनीसँग ५ रनले पराजित भएको छ । लुम्बिनीको जितले नेपाल एपिएफ क्लबले समूह ‘बी’बाट सेमिफाइनलमा स्थान पक्का गरेको छ । समूह‘बी’बाट एपिएफ क्लब रनरेटका आधारमा सेमिफाइनल प्रवेश गर्दा गण्डकी र लुम्बिनी अन्तिम चार पुग्नबाट बञ्चित भए । १०४ रनको विजयी लक्ष्य पछ्याएको गण्डकी १८.५ ओभरमा ९८ रनमा नै समेटिएको थियो । लक्ष्य पछ्याउने क्रममा गण्डकीका सुदिप अर्यालले २४ बलमा ४ चौका र दुई छक्का प्रहार गर्दै ३५ रनको यागदान दिए पनि उनले टिमलाई जिताउन सकेनन् । १८ औं ओभरको अन्तिम बलमा छक्का प्रहार गर्ने क्रममा उनी लङ अफमा मोहमद हुसेनको बलमा ध्रुव सुनारको हातबाट क्याच आउट हुने पुगे । गण्डकीका लागि अमृत गुरुङले १९, कप्तान विपिन खत्रीले १९, दिनेश बुढामगरले १३, र कमल परियारले ११ रन बाहेक अन्य खेलाडी क्रिजमा जम्न सकेनन् । लुम्बिनीका लागि मोहमद हुसेनले ३ं.५ ओभरमा ९ रन दिएर ४ विकेट हात पारे । यस अघि टस हारेर पारीको सुरुवात गरेको लुम्बिनीले २० ओभरमा ८ विकेटको क्षतिमा १०३ रन बनायो । टिमका लागि नर कार्की र धुव्र सुनारले समान २३–२३ रनको योदना दिंदा, विराट भण्डारीले १६ र मिर्नाल गुरुङले ११ रन जोडे । वलिङतर्फ गण्डकीका अमृत गुरुङले ३ विकेट र चन्द्र पौडेलले २ विकेट लिए ।
पोखरा: पोखरामा जारी केपी ओली कप टी–२० क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बल भने सेमिफाईनल प्रवेश गरेको छ । आज भएको खेलमा लुम्बिनी प्रदेशलाई जित्नै पर्ने दबावमा रहेको गण्डकी प्रदेश ९८ रनमा समेटिदै ५ रनले पराजित हुदाँ सशत्र प्रहरीलाई मौका मिल्यो । सशस्त्र प्रहरी बललाई पराजित गरेको गण्डकीले लुम्बिनीसँग जित निकाल्न नसक्दा यात्रा टुंगियो भने सशत्र प्रहरी बलले अन्तिम चारमा स्थान बनायो । सशस्त्रले लुम्बिनीलाई ८४ रनले पराजित गरेको थियो । रनरेटकै आधारमा सशस्त्र अन्तिम चारमा सुरक्षित हुन पुग्यो । मदन भण्डारी स्पोर्टस एकेडेकीको आयोजनामा पोखरा रंगशाला क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनीले गण्डकीलाई ८ विकेटको क्षतिमा पुरा २० ओभर खेल्दै १०३ रनको लक्ष्य दिएको थियो । यद्यपी लक्ष्यलाई गण्डकीले पुरा गर्न सकेनन् । दशौं नम्बरमा आएका सुदीप अर्यालले १६ औं ओभरमा १९ रन जोड्दै जितको आशा जगाएका थिए । उनले २४ बलमा ३५ रन बनाउँदै जगाएको आशा १९ औं ओभर मोहम्मद हुसेनको बलमा क्याच आउट भएपछि गण्डकीको सेमिफाईनल पुग्ने यात्रा टुंगिएको थियो । ओपनर सुशान्त थापालाई शून्यमै गुमाएको लुम्बिनीले तेस्रो नम्बरका महेश रानालाई पनि २ रनमा आउट भएपछि दबावमा परेको थियो । अर्का ओपनर मृनाल गुरुङ ११ रनमा पभेलियन फर्किएपछि लुम्बिनीको इनिङ सम्हाल्ने प्रयास विराट भण्डारी र धुर्व सुनारको काँधमा आयो । भण्डारीले १६ रन बनाए । २२ बल खेल्दै ३ चौका हिर्काए । सुनारले २३ रन बनाउन २१ ब्ल खेले । २ चौका र १ छक्का हिर्काए । नर सार्कीले पनि १७ बलमा २३ रन बनाउँदै स्कोर उकास्ने प्रयास गरे । गण्डकीका अमृत गुरुङले तीन र चन्द्र पौडेलले २ विकेट लिए । गौरभ विक र किरण पौडेललाई दुई ओभरमा गुमाएको गण्डकीले मुस्कान थापालाई पनि एक रनमै आउट भएको हेर्न बाध्य भयो । दिनेश बुढामगरले १३ रनको स्कोर बनाए । कप्तान विपिन खत्रीको नाममा १४ बलमा १९ रन लेखियो । कमल परियार ११ रनमा आउट भए । मोहम्मद हुसैन र अजय लुनियाले समान ३ र रमेश कुर्मीले २ विकेट लिए । लुम्बिनीका मोहम्मद प्लेयर अफ दि म्याच घोषित भए ।
कास्की: पोखरामा आज सम्पन्न नेपाल–पोखरा अन्तर्राष्ट्रिय क्रसकन्ट्री दौड प्रतियोगितामा नेपाली टोली च्याम्पियन बनेको छ । चिनियाँ दूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा भएको प्रतियोगितामा टिम इभेन्टको ४० किलोमिटरको प्रतिस्पर्धामा नेपाली टोलीका सुमन कुलुङ, इन्द्रकला नेम्वाङ र रमेश लिम्बूको टोली च्याम्पियन बन्दै नगद रु तीन लाख ६० हजार पुरस्कार पायो । यसैगरी नेपालकै श्रेवी महर्जन, मुहेश थारू र वसन्त थारूको टोली द्वितीय भयो । उपविजेता टोलीले रु दुई लाख ८८ हजार पुरस्कार पायो । श्रीकास राई, तिलक सुनुवार र केशरी थापामगर (नेपाली सेना)को टोली तृतीय हुँदै रु दुई लाख १६ हजार पुरस्कार प्राप्त गर्न सफल भएको प्रतियोगिताका खेलाडी दर्ता एवं पुरस्कार संयोजक गोकर्ण कार्कीले जानकारी दिनुभयो । चिनियाँ टोली भने चौथो स्थानमा रहन सफल भयो । लिन सिआक्जी, याङ चुन्हेङ र होउ क्विङ टोली चौथो स्थानमा रहँदै रु एक लाख ४४ हजार पुरस्कार प्राप्त गरेको छ । यसैगरी ३८ किलोमिटरतर्फको एकल प्रतिस्पर्धामा नेपाली धावक होमलाल श्रीस च्याम्पियन बन्नुभयो । उहाँले रु एक लाख ४४ हजार पुरस्कार पाउनुभयो । बेदबहादुर सुनुवार द्वितीय हुँदै रु एक लाख आठ हजार पुरस्कार पाउनुभयो । तीर्थ तामाङ तृतीय र करन रावल चौथो हुनुभयो । उहाँहरूले क्रमशः रु ५४ हजार रु १८ हजार पुरस्कार पाउनुभयो । क्रसकन्ट्री दौडको टिम इभेन्टमा नेपालका १० टोली, चीनका तीन टोलीले प्रतिस्पर्धा गरेका थिए । एकल प्रतिस्पर्धामा ७६ जनाले सहभागिता जनाएका थिए । अन्तर्राष्ट्रिय क्रसकन्ट्री दौडकै छात्र–छात्रा दौड विधामा कुमुदिनी होम्सका छात्र कृष्णबहादुर परियार प्रथम र छोरेपाटन माविकी छात्रा नारायणी भण्डारी प्रथम हुँदै जनही नगद रु २५ हजार पुरस्कार पाउनुभयो । छात्रतर्फ कास्की मोडनाइज्डका तेन्जोन रोकामगर द्वितीय र बादल कार्की तृतीय हुँदै जनही रु २० हजार पुरस्कार पाउनुभयो । छात्रातर्फको प्रतिस्पर्धामा मेघराज आधारभूत विद्यालयकी एन्जिला जिटी द्वितीय र तालबाराही माविकी गीता श्रेष्ठ तृतीय हुँदै रु १५ हजार पुरस्कार पाउनुभयो । खेलकुदका माध्यमबाट दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउँदै पोखराको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको प्रतियोगिता संयोजक विश्वशङ्कर पालिखेले जानकारी दिनुभयो ।
पोखरा: कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा शनिबारदेखि आइटीएफ वल्र्ड टेनिस टुर जे–३० पोखरा हुने भएको छ । दुई साता सम्म चल्ने प्रतियोगितामा पुरुषतर्फ क्वालिफाइङ्ग र मेन ड्र गरि ६४ खेलाडीको सहभागिता रहने बताइएको छ । त्यसैगरि महिलातर्फ विभिन्न राष्ट्रका ४७ खेलाडीको सहभागिता रहने आयोजक संघले शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । पुरुषतर्फ भारतबाट ४४, रसियाबाट १, अमेरिकाबाट २, जापानबाट ४, नेपालबाट १०, क्यानडाबाट १, चाइनाबाट १ र श्रीलंकाबाट १ जना खेलाडीले भाग लिनेछन् । महिलातर्फ जापानबाट १, थाइल्याण्डबाट १ जना, अमेरिकाबाट १ जना, भारतबाट ३० जना, नर्वेवाट १ जना, काजकिस्तानबाट १ जना र नेपालबाट ७ जना खेलाडीले भाग लिने प्रतियोगितामा भाग लिने सो अवसरमा जानकारी दिइयो । प्रतियोगितामा विजेता खेलाडीले ३० अंक, उपविजेताले १८, सेमिफाइनलिष्टले ९, क्वाटरफाइनलिष्टले ५ र राउण्ट अफ सिक्टिनमा पुग्नेले आइटीएफको २ अंक पाउने टेक्निकल डाइरेक्टर अजय विष्टले बताए । आयोजक कास्कीले यसअघि आइटीएफका विभिन्न प्रतियोगिताहरु आयोजना गर्दै पोखराको खेल पर्यटन विकासमा महत्पूर्ण योगदान पु¥याएको संघ कास्कीका अध्यक्ष लोक गुरुङ्गले बताए । खेलाडी, प्रशिक्षक तथा अभिभावक सहित झण्डै ३ सय जना पाहुना २ साताका लागि पोखरा बस्ने गुरुङ्गले जनाए । एउटै प्रतियोगिता सम्पन्न गर्न झण्डै २० लाख खर्च लाग्ने गरेको संघ कास्कीका अध्यक्ष अनुजकुमार बाँस्तोलाको भनाई थियो । यसपटकको प्रतियोगिता सम्पन्न गर्न पनि झण्डै २५ लाख खर्चको अनुमान रहेको उनले बताए । नेपाल पर्यटन बोर्ड, प्रदेश सरकार, पोखरा महानगर लगायत विभिन्न सहयोगीहरुबाट सहयोगको अपेक्षा राखिएको बाँस्तोलाले पत्रकार सम्मेलनमा बताए । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दिननाथ बरालले प्रतियोगिता सफलताको शुभकामना व्यक्त गर्र्दै सञ्चार क्षेत्रबाट सहयोग रहने बताए ।